गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणमा तिब्रता

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १३, मंगलबार

गल्छी देखि मैलुङसम्म

रणनीतिक महत्वको आयोजनाको रुपमा रहेको गल्छी देखि मैलुङसम्मको सकडमा पर्ने ८ वटा पक्कि पुल निर्माण तिब्रता भएको छ ।
बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अधिकांश ठाउँहरुमा कामदार अभाबमा निर्माणका गतिविधिहरु रोकिएपनि रणनीतिक महत्वको रुपमा परिचित रहेको गल्छी देखि मैलुङसम्मको ८ वटा पक्कि पुल निर्माणले तिब्रता पाएको हो । यो आयोजना अन्र्तगत ११ वटा पुन निर्माण हुनेपर्ने छ ।  स्थानिय कामदार भएका कारण आवश्यक सामाग्री जुटाएसँगै पुल निर्माणको कामले तिब्रता पाएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । 
 धादिङको गल्छी स्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला, रातामाटे स्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोलामा पुन निर्माणको काम भइरहेको छ । यस्तै, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङ स्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको छ । 
११ मिटर चौडाई र १० मिटर देखि ६० मिटर लम्बाइको पुल निर्माण भइरहेको भण्डारीले बताउनुभएको छ । उक्त पुलको स्टिम ढलान, नदी नियन्त्रण पहुँच सडक फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम भइरहेको छ ।
गल्छी देखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भएपनि अहिले ८ स्थानमा मात्र पुल निर्माणको काम सुरु भएको भण्डारीले बताउनुभयो । नुवाकोटको देविघाट स्थित तादी खोला, रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशुली खोलामा पुल निर्माण रोकिएको उहाँको भनाई छ । मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागि पुन डिजाइन गर्नुपर्ने र तादीखोलाको पुल निर्माणका लागि मुआब्जा विवादका कारण सुरु हुन नसकेको भण्डारीले बतानुभयो । 
मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागि १० मिटरको मात्रै डिजाइन भएको थियो । त्यहाँ ठुलो ठुलो ढुङ्गाहरु रहेकाले बढाउनुपर्ने हुदाँ पुन डिजाइन गर्नुपर्ने देखिएको छ । तादी खोलामा भने पुल भत्काउदा व्यक्तिको घर भत्किने हुदाँ उहाँहरुलाई मापदण्ड अनुसारको मुआब्जा दिएका थियौ तर स्थानियको विवादले निर्माण सुरु हुन् नुकेको आयोजनाले जनाएको छ । 
८ वटा पक्कि पुल निर्माणका लागि एक सय ५० जना कामदारले अहिले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ । सुरक्षाको सामाग्री प्रयोग गरि सुरक्षित तवरमा काम गरिरहेको समेत बताइएको छ । कालिका तुन्दी हिम्दङु एण्ड थोकर जेबीले ५८ करोडको लागतमा धादिङको गल्छी देखि रसुवाको मैलुङसम्मको पक्कि पुल निर्माणका लागि ठेक्का पाएको छ । आगामी पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बताइएको छ । पास उपलब्ध गराई निर्माण सामाग्री ल्याउनका लागि सहजीकरण गरिरहेको आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
    नुवाकोटसम्म निर्वात रुपमा सामाग्री ल्याउन दिइएपनि रसुवा तर्फ भने कोरोना रोकथामका लागि गरिएको कडाईले समयमा निर्माण स्थलमा सामाग्री पुर्याउन समस्या भएको ठेकेदार कम्पनीले जनाएको छ । रातको समयमा मात्र आवतजावत गर्न पाइने र २४ घण्टे क्वारेन्टाइनमा सवारी राख्नुपर्दा ढिलाई हुन थालेको बताइएको छ । लकडाउका समयमा त्रिदेशीय मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक कालोपत्रे गर्न सुरु भएको छ । 
    धादिङको गल्छीको महेशखोलादेखि पृथ्वीराज मार्गसँग जोड्ने सडकमा कालोपत्रेको काम सुरु भएको हो । सरकारले लकडाउनको समयमा तोकेको शर्तलाई पालना गरेर पिच गर्न थालिएको आयोजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । आयोजनाले अहिलेसम्म धादिङ महेशखोला वारि र नुवाकोट तर्फ कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पिपलटार र माझिटार गरी २० किमी सडकको तल्लो लियर पीच गरिसकेको आयोजनाकाले जनाएको छ । 
    काठमाडौ–गल्छी–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढीको दुरी १ सय ५२ किलोमिटर छ । तर मैलुङबाट सडक निर्माण भएपछि त्यो दूरी २३ किमी दूरी छोटिन्छ । आयोजनाको लागत ९ अर्ब ५० करोड रुपैया रहेको छ ।
 

You may also like: