दलित समुदाय, थिचोमिचो र उत्पीडनको यथार्थ चित्रण  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १७, शनिबार

दलित समुदाय, थिचोमिचो र उत्पीडनको यथार्थ चित्रण

सल्मा बेगम मिया
“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” लक्ष्मीप्रसाद देबकोटाको यो भनाइ जती लोकप्रिय भएतापनि यो वाक्यले व्यवहारिकता भने आजसम्म पाउन सकेको छैन । अन्धबिस्वास र जातीय भ्रमले आक्रान्त नेपाली समाज अहिले सम्म पनि वास्तविक सदभाबलाई जीवन्त प्रदान गराउन सकेको छैन । धर्म एवम परम्पराको नाममा कथित उपल्लो जातले तल्लो एबं अछुतोको दर्जा दिएर सामाजिक अपहेलना, घृणा दमन तथा दुस्क्रम गर्ने पद्दतिलाई आजको वैज्ञानिक युगले किनारा समेत गर्न सकेको छैन । नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने गरिएता पनि यो साझा भनिने शब्दलाई निष्कृय गराई, कुसंस्कारी व्यभिचारी र दमनकारी शासन नीतिलाई अवलम्बन गरी जातित्वको दम्भ बोकेको समाज भनेर बुझ्न सक्दछौं ।

ग्त जेठ १० गते घटेको पुर्ब रुकुमको घटना पक्कै पनि सानो घटना थिएन, मानबता भन्ने शब्दलाई लत्याइय जस्तै क्रुरता र असभ्यताको प्रतीक थियो । हुन त नेपालको लागि तेस्तो घटना कुनै नौलो र पहिलो त थियन तर पनि २१औ सताब्दिमा आइपुग्दा पनि अन्तर जातिय प्रेम र बिबाहको इच्छा राखेकै कारण दिनप्रतिदिन तल्लो जातको मानिने मानिसको जीवनले ज्यान कै बलि चडाउनु पर्ने घटना अकल्पनिय छ । हामी आजपनि सुन्दै आइरहेका छौ धारामा पानी छोएकै निउमा कुटिएका, अन्तरजातिय प्रेम र बिबाहका कारण शारीरिक तथा मानसिक यातना दिएका,गरिब तथा एकल महिलालाई बोक्सीको नाउमा कुटपिट र गुमुत्र ख्वाएर समाज बहिस्कार गरिएका, गरिब पीडितका छोरी चेलीका अस्मिता लुटिएका बलात्कार र हत्याका कुरा, पक्कै पनि यस्ता घटना दिन प्रतिदिन बढ्दै जानु भनेको शोसितहरुको आवाज कसैले नसुनिदिनु र शोषक हरु आफ्नो क्रुर मानसिक्ताबाट बाहिर निस्कनु नसक्नु नै हो । आज पनि समाजले दुई फरक जात कहलियका ब्यक्तिहरुको सम्भन्ध पटक्कै स्वीकार गर्दैन जब कि सृष्टिकर्ताले संसारमा मात्र दुई जात जन्मायका छ्न, एक महिला र अर्को पुरुष  र मानबताको धर्मलाइ कुल्चियर अमानबिय दानबरुपी स्वरुपमा उत्रिहाल्छ्न, अबिबेकी मानवरुपि दानवहरु । 

नमराज बिक र सुस्मा ठकुरी मल्ल बिच केबल प्रेम थियो,बिश्वास थियो, जिन्दगीको हरेक मोडमा हासिखुसी सङै रहने एउटा सपना थियो, उनीहरु प्रेम भन्दा अगाडि कुनै जात हुन्न कुनै घर्म हुन्न भन्ने मानसिकतामा कुसंस्कार र कुपरम्पराको खोक्रो समाजलाइ लत्याएर मायाको घर बसाउन चाहान्थे र येहि चहानानै नमराजको लागि मृत्युबरण गर्ने कारण बन्न पुग्यो।कथित उपल्लो जातकि धनी केटि सङ प्रेम गर्नुको मुल्य आफ्नो जीवन तिलान्जलि दिदै चुकाउन पर्यो,चरम यातना ,चोट,कुटाइ खायर अन्तत त भेरीको भेलमा जीवन उत्सर्ग पर्यो । तेतिखेर नमराजको लास मात्र बगेको थिएन, सङसङै गरिब दुखी आमाको एउटा मात्र बुढेसकालको साहारा पनि बगेको थियो, उस्का दिदीबहिनीका ममता  र आसाका आँसु बगेको थियो, देशको एक कर्मठ बलिया साहसी युबा बगेको थियो । उपल्लो जात कहलिनेको खोक्रो औकात ले बगाउदै थियो,आडम्बर को भेल ले थैथै पार्दै थियो, दलित सानो जात भयर ठुलो जातकि केटिमा आँखा लगाउने भन्ने अहंकारले बगाउदै थियो।

तेस्तै, जातिय बिभेद र उत्पिडनका घटना खोल्दै गर्दा रुपन्देही को अङना पासीको घटना पनि कम मर्मा्हित छैन।ज्ञघबर्सिय दलित बालिकालाई द्दछबर्सिय पुरुषले बलात्कार गर्दा समाज बाट उक्त बालिकाको न्यायको लागि उक्त पुरुषकै श्रीमती बनाइ पठाइदियको घटना झन मुटुमा चसक्क घोच्ने खाल्को छ।के नेपालको कानुन ठुला अनि पहुच भयकाहरुको लागि मात्र हो ?समाजले यत्ति पनि आकलन गर्न सकेनन कि बलात्करिलाइ सजाय दिनु पर्छ भनेर, के ज्ञघबर्सिय बालिका कसैको श्रीमती बनेर जान सक्छिन, नेपाल को कानुन मा ज्ञघबर्सिय बालिकालाई बिबाह गर्न मिल्ने नियम छ ?  येस्ता घटनाले ती साना कलिला मस्तिष्कलाई कस्तो असर पर्ला?इन्का फक्रदै गरेका अङ्ले पुरुषत्तोको घिन लाग्दो उत्तेजना लाई थेग्न सक्लान?छि सोच्दा पनि घिन लाग्ने निर्णय एउटा अबोध बलिकाको न्यायको लागि अरे। बलत्कारिलाइ पटक पटक बलात्कार गर भनेर प्रोत्साहन गर्नको लागि एस्तो न्यायको नाममा अमानवीय धब्बा लगायको हामी सजिलै बुज्न सक्छौ।अन्तत ती दलित कहलियकी अबोध बालिकाले पनि उच्च महत्व्कान्छी,बिभेद्कारी,सामन्ति समाजको अगाडि ज्यानको बाजि चडाइ यो संसारबाट बिदा भइन ।

नेपालमा २०६८ सालमा नै जातिय छुवाछूत विरुद्धको एन बनिसकेको छ । जातिय छुवाछूत बिरुद्द कानुन बनेको एक दशक हुन लाग्दा पनि नेपालमा यस्ता घटना घटिरहनु र येस्ता  पिडितको समस्या सुन्वाइ नहुनु निकै रिस उठदो र लाज मर्दो कुरो हो।दलित समुदयलाई गैरदलितहरुले हेयको दृस्टिकोणले हेरिनु र उनिहरुलाई कहिले अगाडि बड्न प्रोत्साहन सहयोग नगरिनु सामन्तबाद को प्रतीक हो।२०६८सालको जनगणना हेर्ने हो भने नेपालको कुल जनसंख्याको ज्ञघ.ट५ दलितहरु रहेका छन । जतिनै आधुनिक बैज्ञानिक युगमा समाज दौडेको ढोङ गरे पनि नेपालले दलित हरुलाइ हेर्ने नजर बदल्न सकेको छैन।आज सम्म पनि दलित समुदाय समाजमा अछुतो नै छ। अत दलित शब्दले केबल यौटा जातलाई मात्र नभै सीमान्तकृत, अल्पसंख्यक, पिछडिएका, बर्गलाइ समेत प्रतिनिधित्व गरेको छ । स्वास्थ, शिक्षा, रोजगार, राजनिती, हरेक क्षेत्रमा यो समुदाय पछाडी रहि आएको छ । २०६८ साल कै तथ्यांक अनुसार उच्च शिक्षासम्म अध्ययन गर्ने दलितको संख्या २९५ रहेको छ्, जबकि गैर दलित अन्तरगत ब्राह्मण छेत्री ७३८५ र जनजाति २२५ रहेको छ, यसैगरि दलित समुदाय को प्रतिब्यक्ती औसत आय १२००० को हाराहारीमा छ भने गैरदलित  समुदायको ३८००० को हाराहारीमा रहेको छ । यस्तो तथ्यांक लाई बिषलेसण  गर्ने हो भने हामी सजिलै दलितको अहिलेको अबस्था बारे बुझन सक्छौ, समाजमा उनिहरुको अबस्था कस्तो छ, उनिहरुको जीवन शैली कस्तो होला,किन राज्यले दलित समुदाय उत्थानका लागि अनेकन प्रयास गर्दा पनि समुदायमा दलित किन अगाडि बढन सकेनन् भनेर चिन्तन गर्ने हो भने, पहिलो नम्बरमा समुदायले दलितहरुलाइ समुदायको अङ्गको रूपमा स्वीकार गर्ने नसक्नु नै आउँछ । परापुर्बकाल देखि ठुला बडाको घरमा दास ,लुगा सिउने,जुत्ता सिउने, भाडाकुडा तथा हतियार बनाउने, टोल गल्ली सरसफाइ गर्ने, खेतबरिमा अधियामा काम गर्ने आदि इत्यादी तल्लो स्तरका काममा लाधायाइयका इनिहरुलाइ, कथित ठुलो जात सङ बराबरी गराउन हुन्न भन्ने कुन्ठित मानसिकताको पराकाष्ठा नै हो।नत्र नेपाल सरकारले दलितकै लागि छुट्टाइयको आरक्षण कोटा किन कहिले भरिदैन?किन समुदाय शिक्षाको न्यानो ज्योतिले झलमल हुदैन? किन पिडा  दमन उत्पिडन सहेरै बस्छ्न, किन आफ्नो हक र अधिकारको लागि बोल्न सक्दैन?किन तिनका अवाज सुनिदैन?किन तिनका समस्या सम्बोधन हुदैनन? यस्ता धेरै प्रस्न हरुको जबाफ खोज्न जरुरी छ । आजको युग सम्म पनि पुर्खौली पेसामा अल्झिएर कम आयश्रोतको कारण गरिबीकै रेखामुनि रहेका समुदायले आफ्ना सन्ततीलाई उचित लालनपालन, रेखदेख, शिक्षादिक्षा दिन नसकेकै कारण समाजले तल्लो दर्जा भनी अगाडि बढन नदिदा हामीले उल्टै परिणाम भोग्नुपर्छ, हत्या हिंसा, असामजिकता अनि द्वन्द्व ।

रापुर्व कालमा पेसाको आधारमा जातीय विभाजन गर्नु त्यो बेलाको समय अनुकुल शासन व्यवस्था थियो तर आजको समयमा कानुन व्यवसथा बमोजिम समाजको मानसिकता परिवर्तन हुन जरुरी छ।किनकि आजका मान्छे परिवर्तनका लागि जन्मिएका हुन।कोही पनि व्यक्ति दास बन्नकै लागि, अपहेलित र अछुतो बन्नकै लागि जन्मिएका हुदैनन।मानव जीवन प्राप्त गरे पछि साधारण जीवन व्यतीत गर्न पाउनु पर्छ नत्र किन जन्माउनु? नेपालको संविधानको धारा द्दद्ध ले छुवछूत तथा भेदभाबविरुद्धको हकको व्याख्या गरेको छ . कुनै पनि व्यत्तिकोलागि निजको उत्पत्ति,जातजाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्व्जिक स्थान मा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन । त्यस्तै धारा १६ म ा सम्मानपूर्वक बाँच्न पाउने हकलाई मौलिक हक को रूपमा उल्लेख गरेको छ,धारा १७ मा स्वतंत्रताको हक,धारा ज्ञडमा समानता को हक,जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव विरुद्दको हक, धारा  २९ मा शोषण विरुद्धको हक,र धारा ४० मा दलितको हक भनेर दलितलाई समानुपातिक समावेशी सिद्दान्तअनुसार समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभगिताको लागि विशेष कानुनी ब्यबस्था रहेको छ ।
यति हुँदाहुँदै पनि यदि नेपालको कानून अन्धो छैन भने, कानून संविधानका पन्ना सजाउन मात्र बनेको हैन भने, न्याय दिलाउनुस नमराज विक र उनका साथीहरूलाई जसले आफ्नो स्वतंत्रताको हक उपयोग गर्न खोजेका थिए, सम्मानपूर्वक बाच्न पाउने हक,जातीय र सामाजिक छुवाछुत को लागि लडेका थिए,।मात्र आफ्नो हक उपयोग गर्दा संकीर्ण मानसिकता भयका हत्यारालाई कानूनको दायरामा ल्याउनुस्,सजाय सुनाउनुस,किनकि एक नेपालीले अर्को नेपालीलाई बीभत्स हत्या गर्न पाउने अधिकार संविधनको कुनै पन्नामा उल्लेख गरिएको छैन । कसैलाई अधिकार छैन अरूको ज्यान लिने ।योजनबद्ग  खुल्लम खुल्ला हत्या गरेको छर्लङ्ग देखिँदा पनि किन प्रशासन आँखामा पट्टि चडायर नदेखे झै मौन छ।आज यस्ता हत्यारा र बलात्कारी लागि सजाय दिन नसक्नु भनेको यस्ता घटनाहरू गर्दै गर तिमी स्वतन्त्र छौं अपराधीकरणको लागि भने जस्तै हो।
पछिल्लो पूर्व रुकुम र रुपन्देहीको घटनाका पीडित परिवारलाइ केही आर्थिक क्षतिपूर्ति दिलाई केस रफादफा गर्न दिनु हुन्न।किनकि जीवनको कुनै मूल्य हुँदैन।यस्तो घटना को निष्पक्ष छानबिन र अपराधीलाई कानुनको दायरामा ल्याउन नसक्नु पक्कै पनि सामन्तबाद, नश्लबाद, अहङ्कारी,व्यभिचारी मनस्थितिको उदाहरण हो।उपल्लो जातको प्रेमिका संग विवाह गर्ने प्रयासमा जिन्दगी नै गुमाउनु पर्ने शासन व्यवस्था देशकै सुरक्षाको निम्ति घातक हो।नेपालको संविधान र कानुनको व्यवस्थाको बलात्कार हो। सामन्तबाद शब्दले मात्र होइन,मन मस्तिष्क व्यबहारबाट हटाइ अहङ्कारी, उच्च महत्वकाँक्षी नश्लबादी, विभेदकारी, सोचहरु कुल्चिएर सामाजिक एकता र राष्ट्रियहित, संविधान रक्षाका निम्ति उठ्नु पर्छ । अब पनि हामी कालो र गोरो वर्ण, चुच्चे र थेप्चे नाक, धोती र टोपी, टुप्पी र दारी अनि धनी गरीब बीचनै लडिरहेमा हाम्रा सन्ततिले के सिक्लान, उनीहरुले समाजलाई कस्तो  दिशामा डोहोराउने होला । विचार गरौं त एकपटक ।
त्यसै ले फेरि पनि नेपाल मा जातीय द्वन्द हुन नदिन,जातीय क्रान्तिको नाममा रगत का खोला बग्न बाट रोक्ने हो भने, यस्ता घटनामा अपराधीलाई कानूनको दायरामा ल्याउन सबैले सहयोग गर्नु पर्छ । मृतकलाइ सहिद घोषणा गरेर, परिवार लाई उचीत क्षतिपूर्ति दिनु पर्छ । हत्यारा अपराधीलाई खोजीखोजी प्रचलित कानून अनुसार हदै सम्मको सजाय दिलाउनु पर्छ । तबमात्र मृतकको आत्माले शान्ति पाउने छन् ।
लेखकको निजि बिचार
सल्मा बेगम मिया
जन्मस्थान ः नुवाकोट, त्रिशुली
हाल काठमाडौ
। 

You may also like: