अझै चुटाउँछौ, फुटाउँछौ पत्रकार र क्यामराहरु ः काँग्रेस सचिव अधिकारी 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार ११, विहिबार

त्रकार र क्यामराहरु

तारकेश्वर गाउँ सभाको समाचार संकलन गर्न तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिङ पुगेका पत्रकारमाथी दुब्र्यबहार भएको छ । साथै समाचार संकलनमा प्रयोग भइरहेको क्यामेरा नेपाली काँग्रेसका वडा अध्यक्षहरुले खोसेर तोडफोड गरेका छन् । तोडफोड भएको क्यामेरा अहिले पनि उनीहरुले नियन्त्रणमा लिइराखेका छन् । 
तारकेश्वर गाउँपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु वडा नं. १ का अध्यक्ष दयानिधी अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले पत्रकारमाथी दुब्र्यबहार गर्दै क्यामेरा तोडफोड गरेका हुन् । टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारी र त्रिशुली खबरका प्रकाशक नवदिप श्रेष्ठको साथबाट खिचिरहेको क्यामेरा जवरजस्ती नियन्त्रणमा लिएर तोडफोड भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

त्रकार र क्यामराहरु

त्यस्तै, तोडफोड भएको क्यामेरा वडा अध्यक्षहरुले आफ्नै नियन्त्रणमा राखेका छन् । घटनाका विषयमा जानकारी लिनका लागि हामीले सम्र्पक गर्दा क्यामेरा जफत गरिएको र आफुले खिच्न आदेश नदिईकन खिचेकोले तोडफोड गरेको वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले बताएका छन् । अन्य वडा अध्यक्ष सुर्यमान श्रेष्ठ र दयानिधि अधिकारीले घटना स्विकार गरेका छन् । क्यामेरा नफुटाएको तर पत्रकारको हातबाट खोसेर बाहिर नारावाजी गरिरहेको भिडमा फालिएको उनीहरुले नै बताएका छन् । 
गाउँपालिका अध्यक्ष रमेश वस्तीले घटना निन्दनिय भएको र कानून अनुसार वडाअध्यक्षहरुलाई दण्डित गरिने प्रतिक्रिया दिनुभएको छ । साथै मिक्स एफएमका पत्रकार बिष्णु अधिकारीको मोटरसाईकलमा समेत क्षती पु¬¥याएका छन् । 
यस बिषयमा काँग्रेसका जिज्ला सचिव सुरेन्द्र अधिकारीले सामाजिक सञ्जालमा पत्रकारबिरुद्ध तारकेश्वर काँग्रेसले क्यामरा फुटाएको घटना प्रति खुसी व्यक्त गर्दे यस्ता क्यामराहरु अझै फुटाउने धम्की दिनुभएको छ । 
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ः नेकपाको भजन गाउने तपाईको काममा मेरो बिरोध छैन । तर स्थानिय सरकारका प्रबक्ता कोहि बन्छ र बिपक्षीको मान मर्दन गर्छन भने फुट्छन क्यामराहरु ।  उहाँले पत्रकारहरुलाइ “काँडा” को संज्ञा दिदै नेपाली काँग्रेसको बदनाम गराउने “काँडा” पन्छाउने योजनामा नेपाली काँग्रेस रहेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । 
यस्तै तारकेश्वरमा भिड जम्मा गरी क्यामरा फुटाएर पत्रकार चुटाउने योजनामा काँग्रेसका नेता हरी श्रेष्ठ अग्रस्थानमा देखिएको प्रतक्ष्य दर्शीहरुले बताएका छन् । तारकेश्वर काँग्रेसका जिम्मेवार नेता केशव अर्यालले पनि क्यामरा फुटेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । अर्यालले समाजिक सञ्जालमा गैर जिम्वेवार तर्क दिएर लेख्नुभएको छ ः क्यामरा फुटेको तर काँग्रेसले फुटाएको हैन । गाँउपालिकाको भवनको २ तला माथीबाट काँग्रेसका वडा अध्यक्षहरुले बाहिर नारावाजी गरिरहेका काँग्रेसको हुलमा फालेको क्यामरा फुटाएको हैन भनेर गैर जिम्वेवार तर्क दिएका छन् । 
यस बिषयमा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले भने घटना निन्दनिय भएको बताउनुभएको छ । आफ्नो समस्याको धारणा राख्ने खुलमखुला अबसर हुँदाहुदै पत्रकारमाथिको आक्रमण र क्यामरा तोडफोड गर्नु निन्दनिय रहेको उहाँले बताउनुभएको छ । 
लोकतन्त्रमा प्रतिपक्षको आवाजलाई दवाउन खोज्ने सरकार, स्वतन्त्र पत्रकार माथी हमला गरी क्यामरा तोडफोड गर्नेे प्रतिपक्ष दुवैको निन्दनिय कार्य रहेको उहाँले टेलिफोन मार्फत बताउनुभएको छ ।  

समाचार संकलनका लागि तारकेश्वर गाउँपालिका पुगेको पत्रकारहरुले आफुहरु असुरक्षित रहेको जानकारी दिएपछि प्रहरीको गाडीमार्फत बुधबार राती १२ वजे विदुर ल्याईएको प्रहरीले जानकारी दिएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी पुगेको छ । 

त्रकार र क्यामराहरु

You may also like: