तारकेश्वर लफडा ः स्वतन्त्र प्रेसको रक्षामा उभिनु पर्ने जनप्रतिनिधिहरु अराजक शैलिमा प्रस्तुत हुनुप्रति गम्भिर ध्यानाकर्षण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार ११, विहिबार

पत्रकार आक्रमण र क्यामेरा तोडफोड

बुधबार तारकेश्वर गाउँपालिकामा समाचार संकलनका क्रममा भएको पत्रकार माथीको आक्रमण र क्यामेरा तोडफोडको नेपाल पत्रकार महासंघ नुवाकोटले निन्दा गरेको छ । दोषिमाथि कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै पत्रकार महासंघले प्रेस स्वतन्त्रताको धज्जी उडाएको प्रति दुःख व्यक्त गरेको छ । पत्रकार राती प्रहरीको सवारी साधनमा आउनु परेको र आफुले चढेर गाउँपालिका कार्यालय पुगेको मोटरसाइकल अहिलेसम्म विदुर ल्याउने वातावरण नबनेकोमा पत्रकार महासंघले गम्भिर चासो व्यक्त गरेको छ । साथै वडा अध्यक्षहरुले खोसेर तोडफोड गरेको क्यामेर अहिलेसम्म पत्रकार भण्डारीलाई फिर्ता गरिएको छैन । 
गाउँसभाको समाचार छायाङ्कन गरिरहेका टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तीन जना वडाअध्यक्षले तोडफोड गरेका थिए । काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु वडा नं. १ का दयानिधि अधिकारी, वडा नं. ३ का सुर्यमान श्रेष्ठ र वडा नं. ६ का ज्ञानेन्द्र तामाङले क्यामेरा तोडफोड गरेका थिए । गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि पत्रकारले खिच्न थालेका थिए । त्यसपछि पत्रकारको हातबाट सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले क्यामेरा खोसेका थिए । क्यामेरा तोडफोड गर्दै अर्का वडा अध्यक्ष दायानिधि अधिकारीले क्यामेरा बाहिर फालेका थिए । 
 

पत्रकार आक्रमण र क्यामेरा तोडफोड

यसै बीच, तीनै जना वडा अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गरेर घटनाको जिम्मा गाउँपालिकाले लिनुपर्ने र क्यामेरा प्रहरीको हातबाट तोडफोड भएको आशय व्यक्त गरेका छन् । 
यस घटनाको विषयमा तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले दुःख व्यक्त गर्नुभएको छ । स्वतन्त्र प्रेसमाथि भएको आक्रमण र क्यामेरा तोडफोडले आफुलाई पिडा दिएको र स्वतन्त्र प्रेसको पक्षमा तारकेश्वर गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । 
यस विषयमा नेपाली काँग्रेसले आधिकारीक धारणा सार्वजनिक नगरेपनि जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले दुःख व्यक्त गर्नुभएको छ । राजनैतिक वहश र विवादमा स्वतन्त्र रुपमा काम गरिरहेको प्रेसलाई विवादमा मुछ्नु, आक्रमण हुनु र सञ्चारका सामग्री तोडफोड गरिनु निन्दनीय रहेको उहाँको प्रतिक्रृया रहेको छ । 
यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले विज्ञप्ति जारी गर्दे पत्रकार दुव्यवहार र सञ्चार सामग्री तोडफोड गर्नु  निन्दनिय रहेको जनाएको छ । महासचिव रमेश विष्टद्धारा जारी गरिएको बिज्ञप्तिमा स्थानिय राजाहरु मार्फत स्वतन्त्र प्रेशमाथीको हमला हुनु प्रेस स्वतन्त्रताको धज्जी उडाएको संज्ञा दिईएको छ ।

 

पत्रकार आक्रमण र क्यामेरा तोडफोड

यसैगरी, नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशले पनी बिज्ञप्ति जारी गर्दै पत्रकार माथिको साङघातिक हमला र सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गरेको छ । स्वतन्त्र प्रेसको रक्षामा उभिनु पर्ने जनप्रतिनिधिहरु आफै सञ्चार क्षेत्र माथी अराजक शैलिमा प्रस्तुत हुनु प्रति गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका महासचिब कृष्ण सारु मगरले बिज्ञप्ति जारी गर्दै दोषि उपर कडा कारबाहिको माग गर्नुभएको छ । 
यसरी पत्रकारमाथि भएको दुब्यबहार र सञ्चार सामाग्री तोडफोडको प्रेस संगठन नेपाल जिल्ला कार्य समिति नुवाकोटले भत्र्सना गरेको छ । नियोजित हिसाबले पत्रकारमाथी आक्रमण गरेको भन्दै प्रेस संगठन नुवाकोटका संयोजक भोलाराज पौडेल र सहसंयोजक रामहरी गजुरेलले बिज्ञप्ति जारी गरि घटनामा संलग्न वडा अध्यक्षहरुलाई तत्काल पक्राउ गरि कारबाहि गर्न माग गरेको छ । अबिलम्ब क्षतिपुर्तिको दिलाउन समेत संगठनले माग गरेको छ । 
यसैबिच,  फोटो पत्रकार महासंघ नुवाकोट शाखाले पनी बिज्ञप्ति जारी गर्दै पत्रकार र क्यामेरा माथि भएको आक्रमण प्रति आपत्ति ब्यक्त गरेको छ । आफु अनुकुलवको समाचार संकलन गर्नुपर्ने आफुले भनेकै मान्छेको फोटो खिच्नु पर्ने काँग्रेसका वडा अध्यक्षहरुको अभिब्यक्ति निन्दनिय र आपत्तिपुर्ण रहेको जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठद्धारार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

You may also like: