एमसीसी सम्झौताको विरोधमा नुवाकोटका विद्यार्थीहरुले  गरे आन्दोलन 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार ११, विहिबार

एमसीसी सम्झौता

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा नुवाकोटका विद्यार्थीहरुले  आन्दोलन गरेका छन् । 
सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु सहित नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगायतका अन्य विद्यार्थीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै र यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । 
देशभक्त नागरिक आन्दोलनको नाम दिइएको विद्यार्थीहरुको संयुक्त संघर्षको बिहिबार जिल्ला सदरमुकाम विदुरको लोकतान्त्रिक चोकबाट थालनी गरिएको छ । राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ भन्ने नाराका साथ सुरु गरिएको आन्दोलन एमसीसी खारेज नभएसम्म निरन्तर जारी रहने विद्यार्थी नेता विनोद कोईरालाले बताउनुभएको छ । 

एमसीसी सम्झौता


राज्यले आफ्नै मुलुकमा खबौँ भन्दा माथिको राजस्व असुल गर्नपनि आनाकानी गरिरहेको तर, एमसीसीको ५५ अर्ब रुपैयाँ रकम संसदबाट पारित गराउन मरिहत्ते गरिरहनु दुर्भाग्यपूर्ण भएको देशभक्त विद्यार्थी संयुक्त आन्दोलनका अगुवा तथा अनेरास्ववियुका अर्का नेता राजेन्द्र पनेरुले बताउनुभएको छ । अमेरीकाले नेपालमा सहयोगको बहानामा राजनीतिक दलहरुलाई प्रयोग गरी सार्वभौम राष्ट्रको स्वाधीनतामाथि नै कब्जा जमाउने षड्यन्त्र भइरहेको आन्दोलनमा सहभागी बिद्यार्थीहरुको आवाज रहेको छ । 

एमसीसी सम्झौता एमसीसी सम्झौता

You may also like: