पत्रकारले दिए वडा अध्यक्षहरु बिरुद्ध प्रहरीमा उजुरी, घटनास्थलबाट तिन दिनमा आइपुग्यो मोटरसाइकल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १२, शुक्रबार

तारकेस्वर गाँउपालिका

पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने काँग्रेसका तीन जना वडाअध्यक्षहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ । 
शुक्रबार टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता गर्नुभएको हो । तारकेश्वर गाउँपालिकाको वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा उजुरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस विषयमा अनुसन्धान र छानविन सुरु गरेको छ । प्रहरीलाई समेत आक्षेप लगाएर पत्रकारको क्यामेरा तोडफोड भएको अभिव्यक्ति दिने वडाअध्यक्ष पक्राउका लागि प्रहरीले सूचना संकलन थालिसकेको छ । 
असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनको क्रममा पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गर्ने तीनै जना वडाअध्यक्षहरुलाई हदैसम्मको कारबाही र क्षतिपुर्तीको माग गरिएको छ । सोही कार्यक्रममा समाचार संकलनका लागि पुगेका त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई समेत हातखुट्टा भाच्ने धम्की उनीहरुले दिएका थिए । 
घटनाको जिम्मा लिनुको सट्टा वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले हिजो विज्ञप्ती जारी गरी पत्रकारको हातबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको क्यामेरा तोडफोड कसरी भयो प्रहरीले जानुन् भनेका छन् । पत्रकार भण्डारीको हातबाट खोसेर बाहिर फालिएको क्यामेरा बाहिर लात्तिभकुण्डो भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अहिलेसम्म फिर्ता  नभएको उक्त क्यामेरा गाउँसभा भएको स्थल वरपर क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी श्रोतले बताएको छ ।

घटनास्थलको र क्षति पुगेको क्यामेराको अवस्थाको प्रहरीले मुचुल्ला तयार गरेको छ । क्यामेराका अवस्था दखेकाहरुका अनुसार त्यसमा प्रयोग हुने मेमेरिकार्ड, ब्याट्री हराएको छ । क्यामेरामा जडित शिशाका भागहरु पूर्णरुपमा ध्वस्त भएको छ । 
प्रेस स्वतन्तत्रताको हनन् र जनप्रतिनिधिहरुले गरेको गुण्डागर्दी शैलीको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघ जिल्ला, प्रदेश, केन्द्रिय समितिले घटनाको तत्काल छानविन गरि कारबाही गर्न माग गरिरहेको छ । क्षतिपुर्ती अविलम्ब दिलाउन समेत महासंघले माग गरिरहेको छ । त्यस्तै, आदिवासी जनजाती पत्रकार संघ जिल्ला र प्रदेश समिति, फोटो पत्रकार महासंघ जिल्ला, प्रेस संगठन नेपाल नुवाकोट लगायतका पत्रकारिता पेशाका छाता संस्थाहरुले घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्न वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।  

तीन दिनमा आइपुग्यो मोटरसाइकल

तारकेस्वर गाँउपालिका

असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका अहिले विहान मात्रै विदुर आइपुगेको छ । १० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२ बजे प्रहरीको गाडीमा पत्रकार विदुर फर्किएका थिए । टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई हातपात गर्दै गाउँसभा छायाङ्कन भइरहेको क्यामेरा वडाअध्यक्षहरुले तोडफोड गरेका थिए । 
१० गते दिनभरि पत्रकारहरुलाई बाहिर निस्कन समेत नदिएर उनीहरुले मानसिक त्रासमा राखेका थिए । शौचालय जानसमेत प्रहरीको सहायतमा माग्नुपर्ने अवस्थाको सृजना गराएका काँग्रेसका वडा अध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङका कारण पत्रकारले समाचरा सकलन गर्न समेत पाएका थिएनन् । 
१० गते राती १२ बजे प्रहरीको गाडी चढेर पत्रकार भण्डारी विदुर आइपुगेका थिए । आफ्नो सवारी साधन (मोटरसाइकल)मा आउन नसक्ने अवस्थामा र व्यक्तिगत रुपमै इंकित गरेर आक्रमणको प्रयास भएपछि मोटरसाइकलको साँचो गाउँपालिकाको कार्यालयमा जिम्मा लगाएर उनी फर्किएका थिए । शुक्रबार बिहान साढे नौ बजे गाँउपालिकाले सो मोटरसाइकल विदुर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

मोटरसाइकल नम्वर नै नोट गरेर क्षती पु¥याउने योजनामा बसेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुका कारण १० गतेदेखि शुक्रबार बिहान सम्म भण्डारीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाको कार्यालयले लुकाएको थियो । 

You may also like: