आफ्नै बाउको हत्या गर्ने छोरो पक्राउ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १५, सोमबार

 बाउको हत्या गर्ने छोरो पक्राउ

आफ्नै बाबुको हत्या अभियोगमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ थानसिंगका एक युवा पक्राउ परेका छन् । 
थानसिंगका २६ वर्षिया विनोद सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । उनले आफ्ना ५५ वर्षिया बाबुको हत्या गरेको अभियोग लागेको छ । असार ९ गते चन्द्रबहादुर सुनारलाई उनका छोरा विनोद सुनारले फलामको गलले प्रहार गरी गम्भिर घाइते बनाएका थिए । उपचारको क्रममा चन्द्रबहादुर सुनारको असार १२ गते मृत्यु भएको थियो । बाबुको मृत्यु पछि फरार रहेको विनोदलाई गाउँमै लुकिबसेको अवस्थामा १३ गते प्रहरी पक्राउ गरेको हो । आईतबार जिल्ला अदालत नुवाकोटमा पेश भएको उनीमाथी अनुसन्धान गर्न प्रहरीलाई अदालतले चार दिनको समय दिएको छ । 
सामान्य घरायसी विवदाका क्रममा विनोद सुनारले आफ्ना बाबु चन्द्रबहादुरमाथि आक्रमण गरेका थिए । टाउँकोमा ठूलो चोट लागेका उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो । 
यसै बीच, काठमाडौंको स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बालाजु बस्ने विदुर नगरपालिका वडा नं. १३ का ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान प्रहरीले बरामद गरेको छ ।
 

You may also like: