विदुरका मेयर र उपमेयरको दैनिकि ः विकास निर्माणको अनुगमन, सिलान्यास र क्वारेन्टाईन निरिक्षण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १५, सोमबार

मेयर पण्डित

फोटो फिचर 

असार मसान्त आउन अब केहि दिन मात्रै बाँकी रहँदा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित कार्यालयमा भन्दा फिल्डमा बढि दौडिरहनुभएको छ ।  कार्यालयमा अत्यावश्यक काम भएमात्र बस्ने नत्र नगरको विभिन्न वडामा निर्माण भईरहेको सडक, खानेपानी, कुलाकुलेसा लगायत नगरवासीहरुको समस्याको समाधानको लागी विभिन्न वडाहरुमा आफै पुगिरहनुभएको छ । क
मेयर पण्डितले सोमबार मात्र वडा नम्बर ५ मा खानेपानीको समस्या समाधानको डिप बोरिङको सिलान्यास गर्नुभएको छ । साथमा वडा नं. ५ का वडा अध्यक्ष शिव चित्रकार, वडा नं. ३ का अध्यक्ष बद्री रिमाललगायत जनप्रतिनिधी एवं स्थानीय नागरिकहरुको उपस्थितिमा डिप बोरिङको सिलान्यास गर्दे कार्य अगाडी बढाउन निर्देशन दिनुभएको छ । 

मेयर पण्डित

केहि समयपछि विदुर नगरपालिका मार्फत सञ्चालन भइरहेको वडा नमबर ५ मा अवस्थित क्वारेन्टाइन (सुरक्षित वासस्थान)मा पुगेर व्यवस्थापनको बारेमा बुझनुभएको छ । सुरक्षित वासस्थानमा रहनु भएका व्यक्तिहरुको बासस्थान, खानपान, स्वास्थ्य परिक्षण लगायत सम्पूर्ण व्यवस्थापनको बारेमा  नगर प्रमुख सञ्जु पण्डितले अबलोकन गर्नुभएको छ ।
मेयर पण्डितले सोमबार नै विदुर नगरपालिका वडा नं. ९ जफतीबाट भैरमकोट जाने बाटो निर्माण स्थलमा पनि आफै पुग्नुभएको छ ।  ढलान कार्य भैरहेको उक्त मोटर बाटोको आफै उपस्थित भएर नगरप्रमुख पण्डितले अनुगमन गर्नुभएको छ । 
मेयर पण्डितलाई कुनै बबार र समयको प्रवाह हुदैन । उहाँ भन्नुहुन्छ जनताको प्रतिनिधी भएपछि आईतबार न शनिबार केहि भन्दिन । यतिबजे उतिबजे केहि भन्दिन । जुनसुकै समयपनि नगरबासिको समस्याको समाधानको लागी आफु अग्रस्थानमा नै रहने गरेको उहाँको भनाई रहेको छ । 
 

मेयर पण्डित

शनिबार १३ गते विदुर नगरपालिका वडा नं. ५ गंगटेमा निर्माण भैरहेको गंगटे पिस एण्ड चिल्ड्रेन पार्कका गतिबिधी र अनुगमन गर्नुभएको थियो । साढे २ करोड रुपैयाको लगानीमा निर्माणाधिन गंगटे पिस एण्ड चिल्ड्रेन पार्कको अनुगमनमा नगर प्रमुख सञ्जु पण्डितसंगै वडा नं. १ का अध्यक्ष लेनिन रञ्जितको पनि सहभागिता रहेको थियो । सोहि दिन वडा नं. ८ र १३ जोड्ने खुर्साने खोलामा निर्माण भएको कल्भर्ट पुलको अनुगमन पनि गर्र्नुभएको थियो । अहिले प्रयोगमा आउन थालेको सो पुल वर्खामा समेत पुर्ण रूपमा आवत जावत गर्न सहज बनाउन द्रुत गतिमा काम भैरहेको मेयर पण्डितले बताउनुभएको छ । 
यसपुल निर्माण पश्चात विदुरको वडा नम्बर १३, म्यागङ गाउँपालिका साथै धादिङ जिल्लाका सिमानाका गाउँपालिकाहरूका नागरिकहरलाई विदुर नगरपालिका आवतजावत गर्न सहज भएको छ ।
 

मेयर पण्डित

यतिबेला नगरप्रमुख सञ्जु पण्डित र उपप्रमुख गिताकुमारी दाहाल दैनिकजसो विकास निर्माणको कार्यको अनुगमनलगायत क्वारेन्टाईनमा बसेका नागरिकहरुको समस्याको समाधान र कोभिड १९ नियन्त्रण र रोकथामको लागी सक्रिय रहनुभएको छ । 
साथै कोरोना भाईरसको अहिलेको माहामारीको अबस्थामा नुवाकोट जिल्लामै पिसिआर मेसिन खरिद गरी नुवाकोटे नागरिकहरुको स्वास्थ्य चेकजाँचको लागी अन्य स्थानिय तहको भन्दा दोब्बर खर्च गर्न तयार रहेको केहि दिन अगाडीको सिएमसिको बैठकमा मेयर पण्डिततले घोषणा समेत गर्नुभएको थियो । 

मेयर पण्डित मेयर पण्डित मेयर पण्डित

You may also like: