आज असार १५ ः “कालो पत्रे गराइदे, हाम्रो बाटो बनाइदे” नारा लगाउँदै सडकमै धान रोपियो 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ असार १५, सोमबार

असार १५

आज असार १५ गते । ककनी गाउँपालिकाका स्थानियले पासाङ्ग ल्हामु राजमार्गको हिलाम्मे सडकमा धान रोपाई गरेका छन् । ठेकेदारले सडकको काम समयमा नगरेको, बाटोमा कुनै किसिमको चासो नदेखाएको, वेवास्ता गरिएको र आवतजावत गर्न कठिनाई ब्यहोर्नु परेकोले संघर्ष समिती नै गठन  स्थानिय वासिन्दाहरुले सडकमानै धान रोपेका हुन । 
स्थानियहरुले पासाङल्हामु राजमार्ग संघर्ष कालो पत्रे दवाव अभियान सुरु गकरेका छन् । कालो पत्रे गराइदे, हाम्रो बाटो बनाइदे’ भन्ने मुल नाराका साथ ककनी गाउँपालिकाका स्थानिय बासिन्दाहरुले कालो झण्डा बोकेर नारा लगाउँदै पासाङ ल्हामु राजमार्गको ओखरपौवा स्थित सडकमा धान रोपेर विरोध प्रदर्शन गरेका हुन । 

असार १५

तिसक्दो छिटो यस सडकको काम सुरुहुनुपर्ने माग राख्दै ठेकदार लाई दवाव दिनको लागी असार १५ गते पारेर सडकमा रोपाई गरिएको ककनी गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । यो अभियान जबसम्म मागको सुनुवाइ हुँदैन तबसम्म चलिरहने उहाँको भनाई रहेको छ । 
सडकमा धान रोपर सरकारलाई यो विषयमा विशेष ध्यानाकर्षण गराइएको छ । आज असार १५ गते पासाङ्ग ल्हामु राजमार्गमा धान रोपि मङ्सिरमा धान भित्रयाउनको लागी सैलुङ कन्ट्रक्सनका ठेकेदार शारदा अधिकारी लाई ध्यानाकर्षण गराईएको स्थानिय संघषृ समितिले जनाएको छ । स्थानिय सबै एक भएर शारदा अधिकारी जस्तो ठेकेदारहरुको बिरोध र बहिस्कार गरी समयमै सडक निर्माणको लागी सरकारलाई पहलकदमी चाल्न चेतावनी दिएका छन् । अन्यथा मन्त्रालयसम्म जुलुस जाने तयारी ककनीबासीको रहेको छ । 

 

असार १५ असार १५

You may also like: