क्रिकेट संघ नुवाकोटका अध्यक्ष पाठक केन्द्रिय आर्थिक विभागमा मनोनित

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १६, मंगलबार

क्रिकेट संघ नुवाकोट

क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक क्रिकेट संघ नेपालको केन्द्रिय आर्थिक विभागमा मनोनित हुनुभएको छ । क्यानको सोमबार भएको बैठकले उहाँलाई केन्द्रिय आर्थिक विभागमा सदस्यको जिम्मेवारी दिएको हो । केन्द्रिय कोषध्यक्षको संयोजकत्वमा बनेको आर्थिक समिति तीन सदस्यिय रहेको छ । खेलकुद क्षेत्रमा बिशेष चासो राख्ने पाठक मृदुलभासी, समाजसेवामा अग्रसर र खेल क्षेत्रको विकासको लागी सधै अग्रभागमा देखिदै आउनुभएको छ ।