जिल्ला अस्पताल त्रिशुलीमा १ थान पिसिआर मेसिन उपलब्ध हुँदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १८, विहिबार

पिसिआर मेसिन

 जिल्ला अस्पताल त्रिशुलीमा १ थान पिसिआर मेसिन उपलब्ध हुने भएको छ । 
अस्पतालको भौतिक संरचना निर्माण गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था कोरियन सहयोग नियोग कोईकाले पिसिआर मेसिन खरिद प्रक्रिया अगाडी बढाएको छ । कोईकाको आर्थिक सहयोगमा गुड नेभर्स ईन्टरनेसनल मार्फत पिसआर मेसिन जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध हुने भएको हो । गुड नेभर्स ईन्टर नेसनल नेपालका प्रतिनिधिले मेसिन खरिद प्रक्रियामा गैसकेको बताउनुभउको छ ।  
मेसिन उपलब्ध गराउनको लागी स्वाथ्य मन्त्रालय र स्वाथ्य बिभागसँग स्विकृति माग गरेको छ । अस्पातलमा पिसिआर मेसिन आबाश्यक रहे नरहेको बिषयमा अध्ययन सम्पन्न भएको र आवश्यक प्रकृयामा गैसकेको गुड नेभर्स ईन्टरनेसनलका प्रतिनिधि राम नरेशले बताउनुभएको छ ।  
यसभन्दा अगाडी नै कोईकाले गुड नेभर्स मार्फत पिसिआर मेसिन उपलब्ध गराउनको लागी अध्ययन भैसकेको थियो । पिसिआर मेसिन आबाश्यक देखिएपनी जिल्ला संकट ब्यबस्थापन केन्द्रले तत्कालको लागी आबाश्यक नरहेको जनाएको थियो । नागरिक तहको जनदबाब बढेसँगै जिल्ला संकट ब्यबस्थापन केन्द्रले पिसिआर मेसिन आबाश्यक्ताको बिषयमा संभाब्यता अध्यन गर्न कार्यदल समेत निर्माण गरेको थियो । कार्यदलले मेसिनको लागत र ब्यबस्थापनको पाटोमा चुनौती रहेको भन्दै उच्च लागत सहितको प्रतिबेदन केन्द्रको बैठकमा पेस गरेको थियो । बैठकमा पेस भएको प्रतिबेदनमा लागत ब्यबस्थापन मा कठिनाई भएको भन्दै पुनः कोईका र गुड नेभर्सलाई आबाश्यक समन्वयको लागी माग गर्ने निर्णय गरेको थियो । 
स्वास्थ्य कार्यालय नुवाकोटको नेतृत्वमा भएको संभाब्यता अध्ययन समितिले तत्कालै पिसिआर मेसिन ब्यबस्थापनको लागी ३ करोड ३६ लाख रुपैयाँ लाग्ने प्रतिबेदन संकट ब्यबस्थापन केन्द्रको बैठकमा पेस गरेको थियो । 

You may also like: