अजम्बरी कृषि सहकारीका सदस्यहरुलाई टनेल निर्माण सामग्री बितरण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार २४, बुधबार

अजम्बरी कृषि सहकारी

विदुर नगरपालिकाको वडा नम्बर १० र ११ लाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको अजम्बरी साना किसान कृषि सहकारी सस्था लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई टनेल निर्माण सामग्री बितरण गरेको छ ।  
साना किसान विकाश लघुबित्त बित्तीय सस्था धादिङको आर्थिक सहयोगमा बिदुर नगरपालिका वडा नम्बर १० र ११ का अजम्बरी साना किसान कृषि सहकारी सस्था आबद्ध रहेका १७ जना कृषकलाइ टनेल निर्माण सामाग्री बितरण गरेको सहकारीका प्रबन्धक निराजन प्याकुरेलले जानकारी दिनुभएको छ । 
टनेल निर्माण सामग्री बितरण कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष गणेशकुमार नेपाल र ११ का अध्यक्ष तोयानाथ तिमल्सिनाको उपस्थिति रहेको थियो । टनेल निर्माण सामाग्री प्राप्त भएपछि किसानहरुमा खुसी छाएको छ । 

You may also like: