नुवाकोटमा पनि ‘ओली सिध्याउन किन यत्रो जोड, भारतिय विस्तारबाद नेपाल छोड’

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार २४, बुधबार

प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन

नुवाकोटमा प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन भएको छ । बुधबार प्रधानमन्त्रि केपि शर्मा वलीको समर्थन गर्दे नेकपा नुवाकोटको पार्टि कार्यालयबाट बिदुर चोक सम्म प्रदर्शन भएको हो । 
¥यालिमा युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।
केहि समय देखि पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठि रहेको समयमा नेकपा निकटकै ब्यक्तिहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड’ जस्ता नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव भने दर्ता भइसकेको छ ।
 

प्रधानमन्त्रि केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन

You may also like: