पिसिआर मेसिन खरिदका लागी रसुवाको बजेट नुवाकोटमा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार २८, आईतबार

पिसिआर मेसिन

रसुवाका जनप्रतिनिधीहरुले पुर्बाधार बिकास कार्यक्रम अन्तर्गत बचत भएको बजेट रसुवाका स्थानिय तह मार्फत नुवाकोटमा पठाउने बताएका छन् । 
रसुवामै पिसिआर मेसिन खरिदका लागी बिनियोजन भएको बजेट नुवाकोटमा पठाउन लागेको हो । रसुवामा मात्रै पिसिआर मेसिन खरिद गर्दा सञ्चालनमा समस्या हुने भन्दै नुवाकोटको त्रिशुली अस्पतालमा पिसिआर सञ्चालन गर्ने बताईएको छ । नुवाकोट, रसुवा र धादिङ गरी तिनवटै जिल्लालाई पायक पर्नेगरी नुवाकोटमा पिसिआर परिक्षण केन्द्र स्थापना गर्नको रसुवाले झण्डै ४६ लाख रुपैयाँ सहयोृग गर्ने जनाएको  छ 
रसुवाका जनप्रतिनिधीहरुको पहलमा ४६ लाख रुपैयाँ जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध हुने बताईएको छ । सहयोग रकम उपलब्ध गराउनको लागी जिल्ला समन्वय समिति मार्फत प्रक्रिया सुरु भैसकेको बताईएको छ । 
कोईकाको आर्थिक सहयोगमा गुड नेबर्स ईन्टरनेसनलले नुवाकोटको लागि स्वाब परिक्षण मेसिन उपलब्ध गराउन लागेको छ । 
मेसिन खरिदका लागी स्वास्थ्य सेवा बिभाग र स्वास्थ्य मन्त्रालय मार्फत स्विकृति लिईसकेको गुड नेबर्स ईन्टरनेसनलले जनाएको छ । २०७२ सालको बिनासकारी भुकम्प पछी जिल्ला अस्पताल त्रिशुलीको भौतिक संरचना र आबाश्यक उपकरण उपलब्ध गराउने सहमती भएको थियो । हाल कोईकाले त्रिशुली अस्पतालको ५० शैयाका लागी आबाश्यक भौतिक संरचनाको निर्माण सम्पन्न गरिसकेको छ । 
अस्पतालको लागी आबाश्यक उपकरण खरिदको लागी कोईकाले १६ करोड रुपैयाँ खर्च गर्ने जनाएको थियो । अहिले महामारिको रुपमा आएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागी कोईाले नै पिसिआर मेसिन खरिद गरि उपलब्ध गराउने भएको हो । 
जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्ला अस्पतालमा पिसिआर मेसिन उपलब्ध गराउन कोईका र गुड नेबर्स ईन्टरनेसनललाई पत्रचार गरेको थियो । संकट ब्यबस्थापन केन्द्रको निर्णय र पत्रचारको आधारमा कोईकाको आर्थिक सहयोगमा मेसिन उपलब्ध गराउन लागेको गुड नेबर्स ईन्टरनेसनलका प्रतिनिधि राम नरेसले जानकारी दिनु भयो । 
यससँगै नुवाकोटमा पिसिआर मेसिन सञ्चालनका लागी रसुवाले समेत सहयोग गर्ने भएको छ ।  
कोरोना भाइृरसको प्रकोप बढेसँगै नुवाकोटका नागरिक समाजले पिसिआर मेसिन खरिद गर्न दबाब दिएका थिए । नागरिक समाजको दबाबसँगै संभाब्यता अध्ययन गरि कोईका मापर्mित मेसिन उपलब्ध हुने प्रकृयामा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
गुड नेबर्स ईन्टरनेसनलले मेसिन उपलब्ध गराउनको लागी कागजी प्रकृया पुरा गरि खरिद प्रकृयामा पुगेको गुड नेबर्स ईन्टरनेसनलले जनाएको छ । दैनिक ७६ जनाको स्वाब परिक्षण गर्न सकिने मेसिन उपलब्ध गराउन लागेको हो । अबको २ सातामा जिल्ला अस्पताल त्रिशुलीमा मेसिन उपलब्ध भैसक्ने गुड नेबर्स ईन्टरनेसनल काप्रतिनिधि राम नरेसले जानकारी दिनुभयो ।

You may also like: