अब उप्रान्त पार्टिको निर्देशन विपरित कार्य गरेमा कारबाही गरिन्छ ः नेकपा नुवाकोट 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार २८, आईतबार

नेकपा नुवाकोट 

नेकपा नुवाकोटले बिज्ञप्ति जारी गरेर केन्द्रिय तहलाई बिधि र पद्धतिको अनुशरण गर्न आग्रह गरेको छ ।
केन्द्रिय स्थाई समितिको बैठकमा पार्टिका नेतृत्व पङित एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएकोमा कार्यकर्तामा निराशा आएको भन्दै पार्टिले अङ्गिकार गरेको मुल्य मान्यता र पद्धतिको अनुशरण गर्न आग्रह गरेको हो । 
शनिबार नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा र सचिब नारायण प्रसाद खतिवडाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेकपाको नेता तथा कार्यकर्ताहरु सामाजिक सञ्जालमा एक अर्कामा भनाभन, एक पक्षिय नेताको लागी सडकमा नारा जुलुस र व्यक्तिको पक्ष र विपक्षमा भएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण गरिएको छ । अब उप्रान्त पार्टिको निर्देशन विपरित जनतामा निराशा छाउने गरी एकपक्षिय आन्दोलन र नाराजुलुस जस्ता गतिबिधि गरेमा पार्टिको बिधान अनुशारको अनुशासनको कारबाहि गरिने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । 
नेकपाको केन्द्रिय नेतृत्वले पार्टि एकताको मर्म र भावना अनुसार अगाडी बढ्नुपर्ने, नेतृत्व देखि सडकसम्म भैरहेको आन्तरिक बिरोध र समर्थनका कार्यहरु बन्द गर्नुपर्ने माग बिज्ञप्ति मार्फत गरिएको छ । 
सम्बृद्धि मुलुक निर्माणको लागी तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच भएको सहमतीको कार्यान्वयन हुनुपर्ने, पार्टि नेतृत्व पङितमा देखिएको टकराव अन्त्य हुनुपर्नेलगायतका माग गरेको छ ।

You may also like: