यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टले पत्रकारलाई सम्मान गर्ने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण ३, शनिबार

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्ट

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टले आगामी बर्ष देखी क्रियासिल पत्रकारलाई सम्मान गर्ने भएको छ । शनिबार विदुरमा आयोजित सम्मान कार्यक्रममा ट्रष्टका प्रमुख संरक्षक अर्जुन नरिसंह केसी आगामी बर्ष नुवाकोटलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य र शिक्षा क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई नगद रुपैयाँ सहित सम्मान गर्ने घोषणा गर्नुभएको छ । 
कार्यक्रममा सम्बोधन गर्दे प्रमुख संरक्षक केसीले जस्तोसुकै विषम परिस्थितीमा पनि पत्रकार अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पेशाप्रति उच्च सम्मान गर्दे  आगामी बर्षदेखी सम्मान गर्ने घोषणा गर्नुभएको हो । 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता केसीले कोरोना भाईरसले बिश्वलाई त्राहिमाम बनाईरहेको अहिलेको अवस्थामा पत्रकारिता मार्फत समाजलाई सुसुचित गराई आम नागरिकहरुको घरदैलौसम्म चेतना फैलाउनको लागी अहम भुमिका सञ्चार क्षेत्रकै भएको बताउनुभएको छ । केहिबर्ष देखी नुवाकोट र रसुवा जिल्लामा सरकारी बिद्यालयमा अध्ययन गरी एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र छात्रालाई नगद रुपैयाँ सहित सम्मान गर्दै आएको ट्रष्टले आगामी बर्षदेखी पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसीले बताउनुभएको छ ।  
नेता केसीले सञ्चारजगत र पत्रकारिता पेशालाई उच्च सम्मान दिनुका साथै पत्रकारहरुको हकहित र संरक्षणका लागी सदैव अग्रभागमा देखिदै आउनुभएको पत्रकारहरुको भनाई रहेको छ । केन्द्रिय राजनितिमा बिशेष पहुँच राख्नुभएका नेता केसीले नुवाकोट आँउदा जिल्लाको अवस्थाको बारेमा होस या अन्य जानकारीको लागी क्रियासिल पत्रकारहरुसंगको भेटघाटलाई निरन्तरता दिदै आउनुभएको छ । 
आफ्नो बाबुआमाको नाममा स्थापित ट्रष्टमार्फत जिल्लामा क्रियासिल पत्रकारलाई सम्मान गर्ने नेता केसीको घोषणाले पत्रकारिता क्षेत्रमा लागेर जिवन चलाउँदै आएका कलमजिवीहरुलाई उत्साहित बनाएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपलिदेव खनालले बताउनुभएको छ । 

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्ट

You may also like: