यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टद्धारा दुई जिल्लाका बिद्यार्थीहरु सम्मानित

अनिता ढुङ्गाना
अनिता ढुङ्गाना

२०७७ श्रावण ३, शनिबार

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टद्धा

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने नुवाकोटका र रसुवाका ७ जना बिद्यार्थीहरुलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ । ट्रष्टले २०७४ र ७५ सालमा सरकारी बिद्यालयबाट एसईई परिक्षमा उत्कृष्ट अंक ल्याउने नुवाकोटका रस्मी पनेरु, निशा गजुरेल, अनुप कोईराला, श्रीकृष्ण ओझा, शैलजा गजुरेललाई नगद रुपैयाँ सहित सम्मान गरिएको हो । यसैगरी, रसुवाका बिक्रम राण तामाङ र सौगात वस्तीलाई नगद रुपैयाँ सहित सम्मान गरिएको ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभएको छ ।  

ट्रस्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल नुवाकोटको पृथ्वी माध्यामिक बिद्यालय, च्वाडी पब्लिक माध्यामिक बिद्यालय, सुन्दरादेवी माध्यामिक बिद्यालय र रसुवाको निलकण्ठ माध्यामिक बिद्यालयलाई पनि प्रमाणपत्रद्धारा सम्मान गरेको छ । साथै उक्त बिद्यालयका प्रधानाध्यापकहरु बाबुराम लामिछाने, टिका खरेल, पुर्णचन्द्र भट्टराई, नारायणप्रसाद देवकोटा र मकुन्दप्रसाद रिजाललाई दोसल्ला ओडाएर सम्मान गरेको छ । बिगतका वर्षहरुदेखी उत्कृष्ट अंक ल्याउने छात्र÷छात्रा, प्रधानाध्यापक र विद्यालयलाई गर्दे आएको सम्मान  कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको हो । 

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टद्धा


सम्मान तथा पुरस्कार प्रदान गर्दै ट्रस्टका प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले आफ्नो बाबुनानीलाई पढाएर नोकरी गरेर मालिक गराउने उद्धेश्यले भन्दापनि आफै उत्पादक क्षेत्रमा काम लाग्ने प्रबिधि र शिक्षाको विकासनै अहिलेको आवश्यकता रहेकाले सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ । 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका ट्रस्टका प्रमुख संरक्षक केसीले विश्व हाक्ने मेरुदण्डनै शिक्षित व्यक्तिबाट उत्पादन हुने भएकाले सम्पुर्ण शिक्षक र अविभावकहरुलाई बिद्यार्थीको रुची अनुशारको अध्यापनमा ध्यान दिनको लागी सुझाव दिनुभएको छ । 
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, ट्रस्टका संरक्षक नारायण नरसिंह खत्री, अध्यक्ष केदार नरसिंह केसी, महासचिव जगदिश्वर नरसिंह केसी, उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, नेपाली काँग्रेस नुवाकोटका प्रबक्ता राजु थापा, पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, नारायणप्रसाद देवकोटालगायतले शिक्षा विना मानब जिवनको कल्पना गर्न नसकिने उल्लेख गर्नुभएको छ । 

यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टद्धा


उहाँहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा यसोदा देवि भगवान सिंह केसी मेमोरियल ट्रष्टले पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । 
एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई शनिबार सम्मानित भएका बिद्यार्थीहरुले ट्रष्टद्धारा गरिएको सम्मानले अध्ययनमा थप हौसला मिल्नुका अन्य बिद्यार्थीहरुमा अध्ययनको लागी थप उर्जा प्रदान भएको बताएका छन् । 
इसै अबशरमा ट्रस्टले बेलकोटगढी नगरपालिकाको सम्पुर्ण स्वास्थ्य चौकीहरुको लागी एन ९५ मास्क र सावुन समेत उपलब्ध गराएको छ ।      
 

You may also like: