खुडा प्रहार गर्ने क्रसर सञ्चालकलाई कारबाहिको माग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण ३, शनिबार

क्रसर सञ्चालक

नेकपा लिखु गाँउपालिका संगठन कमिटिले अबैध रुपमा नदिजन्य पदार्थ उत्खननको बिरोधमा उत्रिएका स्थानिय माथी खुडा प्रहार गर्ने क्षेत्रपाल क्रसर उद्योग सञ्चालक र अपराधिक घटनामा संलग्नलाई कारबाहि गर्न माग गरेको छ । 
अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिब बिबेक ढकालले बिज्ञप्ति जारी गर्दे नदीमा अबैध उत्खनन् र कानुन बिपरितका कार्य तत्काल रोक्न र दोषिमाथी कारबाहिको माग गरेका छन् । कानुनले बर्जित गरेको बिषयलाई अबैध रुपमा नदी उत्खनन् गर्नेहरुले समाजमा गुण्डागर्दि गर्दै शान्ति सुरक्षामा खलल पुराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
अबैध उत्खनन् र अपराधिक घटनामा संलग्न भएकाहरुलाई तत्कालै कारबाहि गर्दै सुरक्षा अमनचयनको ब्यबस्था मिलाउन समेत अनुरोध गरेको छ ।
 

You may also like: