ईन्जिनियर दिबसमा ३७ जना दाताद्धारा रगत दान 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण ४, आईतबार

ईन्जिनियर दिबस

५८ औँ ईन्जिनियर दिबसको अबसरमा जिल्ला अस्पताल त्रिशुलीमा बृहत रक्तदान कार्यक्रम भएको छ । कोभिड १९ कोरोना भाईरसको कारण भएको लकडाउनमा रगतको अभाब हुन नदिन बिभिन्न स्थानमा रक्तदान गर्दै आएको ईन्जिनियर एसोसिएसनले शनिबार जिल्ला अस्पताल त्रिशुललीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  
नेपाल ईन्जिनियर एसोसिएसन बाग्मती प्रदेश कार्यकारीणि समिति र प्रस्ताबित बिदुर केन्द्रले ५८ औँ दिबसको अबसरमा रक्तदान कार्यक्रम मार्फत रक्तदान गरिएको ईन्जिनियर सागर न्यौपानेले बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र भक्तपुरबाट रगत संकलन तथा परिक्षण भएको थियो । कार्यक्रममा ३७ जना दाताहरुले रगत दान गरेको रक्तदाल अभियानका एक अभियन्ता श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ । 
 

ईन्जिनियर दिबस

You may also like: