सडकको अवस्थाका कारण नुवाकोट पछाडी पर्दै  ः प्रदेश सांसद नेपाली

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण ६, मंगलबार

सडकको अवस्थाका कारण नुवाकोट पछाडी पर्दै

वागमती प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेतृ कल्पना नेपालीले विकासको नाममा विनास नित्याएको भन्दै प्रदेश सरकारलाई पर्यावरणीय स्थितिलाई ध्यान दिन अनुरोध गर्नुभएको छ । 
प्रदेशको राजधानी हेटौँडामा जारी वर्खे अधिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले यस्तो सुझाव दिनुभएको हो । प्रदेशको भौगोलिक विशिष्टता, पहिचान र पर्यावरणीय स्थितिलाई हेरेर मात्रै विकासका कार्यहरु अगाडि बढाउनु पर्नेमा सांसद नेपालीको जोड छ ।
सांसदहरुले काम देखाउने होडबाजि चलाएर विकासको नाममा विनास निम्त्याएको टिप्पणी उहाँले गर्नुभएको छ । वागमती प्रदेशको भौगोलिक अवस्थिति हिमाल, पहाड र भित्रि मधेश पर्ने भएका कारण यस कुरालाई नजर अन्दाज गरेर विकास सम्भव नरहेको बताउनु भयो । बिकाससँगै निम्तिने बिनासलाई मध्येनजर गर्दै वागमती प्रदेशका जनताहरुको जिउधनको सु्रक्षाका लागि सरकासँग जोडदार माग समेत गर्नुभएको छ । 
संघीय राजधानी र प्रदेश राजधानीको नजिक भएपनि नुवाकोट विकासमा पछि परेको सांसद नेपालीको दाबी छ । जलविद्युत आयोजनादेखि धार्मिक तथा साँस्कृतिक सम्पदाहरु भरीपूर्ण रुपमा रहेको नुवाकोटलाई जोड्ने सडकको अवस्था नाजुक भएकै कारण नुवाकोट पछाडी परेको उहाँले टिप्पणि गर्नुभयो । 
सांसद नेपालीले नुवाकोट जिल्लालाई शहरको फोहोर मैला जम्मा गर्ने डम्पिङसाइडका रुपमा हेरिएको भन्दै स्थानीय जनता र सरोकारवालाहरु जुरमुराउनु पर्ने बताउनु भयो ।
 

You may also like: