नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो, सुर्यगढी गाँउपालिकामा निषेधाज्ञा जारी  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १२, सोमबार

सुर्यगढी गाँउपालिकामा निषेधाज्ञा जारी

नुवाकोटको सुर्यगढी गाँउपालिकामा १ जना कोरोना संक्रमित थपिएसंगै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल गर्नको लागी निषेधाज्ञा जारी गरेको हो । 
सुर्यगढी गाँउपालिकाको वडा नम्बर २ र ३ को पहरेथोक तथा बागेश्वरी माध्यामिक बिद्यालयको वरपरको चारकिल्ला भित्रको क्षेत्रमा आईतबार राती १२ बजेपछि सूचना जारी गरी निषेधाज्ञा गरिएको छ । 
अर्को सूचना नआएसम्मको लागी निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाईएको छ । 
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ जना पुगेको छ । सुर्यगढी गाँउपालिकाको क्वारेनटाईनमा बस्दै आएका ब्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्याललय नुवाकोटका सुचना अधिकारी उक्तम खनालले बताउनुभएको छ । कोरोना संक्रमित भेटिएका व्यक्ति केहि समय अगाडी बिदेशी मुलुक साउदीअरब बाट आएर क्वारेन्टाईनमा बसेको सुर्यगढी गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिनुभएको छ । पछिल्लो समय लकडाउन अन्त्य भएसँगै संक्रमणको जोखिम भने थपिएको छ । नागरिकहरुको भिडभभाड हुने हुने, चहलपहल, सार्बजानिक यातायातका सबारी सञ्चालन लगायतका कारण कोरोनाको जोखिम बढेको उहाँले बताउनु भएको छ । 
अहिले जिल्ला अस्पताल त्रिशुली नुवाकोटको आईसोलेसनमाा २ जना संक्रमित रहेका छन् । आईसोलेसनमा संक्रमण पुष्टि भएका पुरुषलाई त्रिशुली अस्पतालमा आईसोलेसनमा राखिएको छ । 

You may also like: