पहिरोबाट ज्यान गुमाएका र विस्थापित परिवारलाई नगद सहयोग

रविन दाहाल
रविन दाहाल

२०७७ श्रावण १४, बुधबार

पहिरोबाट ज्यान गुमाएका र विस्थापित परिवारलाई नगद सहयोग

लगातारको अबिरल वर्षाका कारण घर भत्किएर ज्यान गुमाएकाको परिवार र विस्थापित परिवारलाई एक कम्पनीले नगद रुपैयाँ सहयोग गरेको छ । गतसाता बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का अक्कल बहादुर तामाङको आफ्नै भत्किएको घरले च्यापिएर मृत्यु भएको थियो । 
बुधबार नारायणी स्टिल कम्पनीले मृतकको घरमै पुगेर परिवारलाई नगद दश हजार रुपैयाँ सहयोग गरेको छ । सोही कम्पनीले बेलकोटगढी नगरपालिकाकै वडा नम्बर ५ मा पहिरोबाट बिस्थापित परिवारलाई समेत नगद रुपैयाँ सहयोग गरेको छ । 
वडा नम्बर ५ का पहिरोबाट बिस्थापित परिवारहरु तुलसीदास श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लक्ष्मि बर्देवा, रामकृष्ण श्रेष्ठ र वडा नम्बर ६ डडुवाका उद्धब नेपालको परिवारलाई प्रतिपरिवार पाँच हजार रुपैयाँको दरले सहयोग गरेको छ । कम्पनीको तर्फबाट नुवाकोट शाखाका प्रबन्धक अमृत नेपालले सहयोग रकम बितरण गर्नुभएको थियो । 
पहिरोबाट मृत्यु भएका र विस्थापित भएका परिवारहरुलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सहयोग गरेको शाखा प्रबन्धक नेपालले जानकारी दिनुभएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का स्थानिय युवा एवं प्रेस युनियन नुवाकोटका सचिव रबिन दाहालको सहकार्य र पहलमा उक्त रकम सहयोग गरिएको हो । 


 
 

पहिरोबाट ज्यान गुमाएका र विस्थापित परिवारलाई नगद सहयोग

You may also like: