एसिड प्रहार : महिलाको अस्तित्व नै मेटाउने अहंकार  र अहमताको उपज

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १५, विहिबार

एसिड प्रहार

सल्मा बेगम मिया
तपाईलाई तपाइको शरीरको  कुनै अङ्गमा कुनै पनि लापरवाही या दुर्घटनाबस केही तातो बस्तुले पोल्दा वा डाम्मिदा कस्तो अनुभव गर्नु हुन्छ ? पक्कै कसैले गर्नु भएको छ होला, हामी हत्तपत्त हात या शरीर या आङ्ग हटाइहाल्छौ,आथ्था पोल्यो भन्छौ, हतारहतार चिसो पानीमा डुबाउछौ या पखाल्छौ,केही अरु घरेलु उपचार गरिहाल्छौ जस्ले हाम्रो जलनलाई कम गरोस, जलेको या पोलेको प्रकृति हेरेर हामी तुरुन्तै अस्पताल कुदछौ,मलम पट्टि लगाउछौ, डाड्डले यति छ जलेको रैछ भन्नू हुन्छ तेसै अनुसार उपचार सुरु हुन्छ, केही दिन या महिना उपचार चल्छ अन्तत घाइते या बिरामी निको भइ घर फर्कन्छ । 

यो सामन्य बर्न को घट्ना हो, तर आजभोलि हामीले देखेको र सुनेको बर्न केस असामान्य किसिमका छनकेहि अन्जानमा, दुर्घटना बस जलेको नभइ नियतबस योजनाबद्ध रुपले आगो पानी या तातो बस्तुले हैन छाला,कोष,र तन्तु मात्र नभै हड्डी र जोर्नी समेत प्वाल पार्न सक्ने शक्ति भयको पदार्थ एसिड वा तेजाब ले जालाइदिने पद्धति बिकस भएको छ।योजनाबद्ध, खराब नियत बस जल्नु र जलाइनुको धेरै घटनाहरु मध्य समाचारमा शीर्षक बन्ने गरेका धेरै विषय मध्य को एक इसु हो एसिड अट्याकको कुनैपनि ब्यत्तीलाई मार्ने, कुरुप बनाउने वा अङ्गभङ्ग गर्ने उद्देश्यले कुनै पनि अर्को ब्यक्ति को शरीरमा एसिड प्रहार गरेर आफ्नो रिसराग,ब्यक्तिगत रिसिबी को लागि प्रतिशोध लिने जस्ता अपराधिक घटनाहरु बड्दै गएको देख्न सकिन्छ ।
विभिन्न प्रयोजनको लागि प्रयोग गरिने एसिड आजभोली मान्छेको जिन्दगी बर्बाद गर्न,दुख पीडा अनि तड्पियर बाच्न बाध्य बनाउन प्रयोग गरियको बुज्न सकिन्छ । सल्फुरिक, हाइड्रोक्लोरिक,नाइट्रेक एसिड जस्ता कडा खालका एसिडहरुलाइ विशेषगरी युबतिहरुको अनुहारलाई निसाना बनाई  कुरुप बनाइदिने उद्देश्यका साथ फ्याँक्ने गरिएको पाइन्छ ।

एसिडले शरीरको छाला तथा तन्तुहरुलाइ सखाप पार्दै हाड जोर्नी समेत लाई गहिलो प्रभाव पार्दछ फल स्वरुप संबेदनसिल अङ्ग जस्तै आँखा,नाक ,कान जास्ता अङ्ग मा एक थोपा पनि एसिड पर्न गयमा पर्मानेन्ट्ली ड्यामेज भै अन्दोपन निम्त्याइ नमेटिने दाग छोडेर जान्छ ।
यदाकदा आत्महत्या गर्नको लागि स्व इच्छाले तेजाब को प्रयोग गर्ने गरेको देखियता पनि अधिकांस केसहरु बिबिध उदेश्यले अर्कालाई कुरुप बनाउने उदेश्यले नै अनुहार र जिउमा छ्याप्ने गरेको पाइन्छ।जस्मा सबै भन्दा बदि युबतिहरु पीडित देखिन्छन।नेपालमा बिगत छबर्सको घटनाहरुलाई हेर्ने हो भने विशेष गरि १२बर्ष देखि २६ बर्ष उमेर समूहका ब्यत्तिहरुलाई एसिड छ्याप्ने गरेको देखिन्छ त्यसै गरि बिगत ७ बर्ष यता जम्मा २२ घटनाहरु दर्ता भएको छ जस मध्ये १९जना युवती र ३ जना युबक हरु छन । यसरी यो प्रतिवेदनको सर्सर्ती अध्ययन गर्दा पनि किशोरी तथा युवतीहरु पिडित रहेको पाइन्छ । हालसम्म एसिड आक्रमण  खासगरि योजनाबद्ध रुपमा नै एकतर्फी असफल प्रेम, ब्यक्तिगत रिसिईबी, प्रतिसोधको भाबना, प्रेम प्रस्ताव या विवाद प्रस्ताव अस्विकार गरेको त्यसतै कसैको सुन्दरताको ईष्र्या सुन्दरता प्रतीको घमण्ड गरेको गलत र अपरिपक्व मानसिकताको कारण युवतीहरु माथी छ्याप्ने गरेको देखिन्छ, साथै बिबाहित युवती र बच्चाको आमा समेत लाई पर्याप्त दाइजो नल्याएको ,छोरा जन्माउन नसकेको, अथवा सन्तान जन्माउन नसकेको समान्य घरायसी झै झगडा को कारण पनि एसिड खन्याएर पीडा दिने गरेको खबर पनि सुन्न पाइन्छ।तर पनि एकदम क्रुर मानसिकता  उनी मेरि बन्न नसके अरु कसैको पनि हुन दिन्न भन्ने कुन्ठित सोचाइले यस्ता घटनाहरु निम्त्याएको हामी बुझ्न सक्छौ।यसरी यस्ता घटना हरु केलाउदा एसिड आक्रमण पनि महिला हिंसा कै बिजारोपणको एउटा पाटो भयको अभास हुन्छ ।
हुन त नेपालमा महिलाहरु जल्ने र जलाउने घटना पहिलो र नौलो होइन,परापुर्बक काल देखि नै श्रीमानको लासमाथी (सति)प्रथाको नाममा  जिउदो जल्नु भयका हाम्रा हजुरआमाका आत्माहरु कति रोए होलान, आगोको मुस्लोमा बसेर जल्दै गरेको चीत्कार र आज आफ्नै जिउदो श्रीमानले मट्टीतेल खनाएर जलायको चीत्कार भन्दा कम  त होला तर त्यो भन्दा पीडादाय आफ्नै छिमेकी दाजुभाइले मात्र सुन्दर हुनु र त्यही सुन्दरता उनी हरुको लागि नहुन सक्ने भय पछि महिलाहरु कमजोर र निरहार छन,उनी हरुलाइ कथित पुरुसत्वले दबाउनु पर्छ,जलाउनु पर्छ भन्ने मनसिकताले महिला माथी एसिड प्रहार गर्ने गर्छन् ।

नेपालमा पिडित महिलाको शरीर बिसाक्त पुरुषबादी सोचले आक्रान्त देखिन्छ।अरुको शरीरमा  आफ्नो स्वामित्व जमाउन खोज्ने र आफ्नै इसारामा नचाउनु पर्ने ,यदि यस्तो नभएको खण्डमा महिलाको अस्तित्व नै मेटाउन सक्ने अहंकार  र अहमताको उपज नै हो आज खुलेआम एक मानव ले अर्को मानवलाई जिउदै जलाउने हिम्मत गर्न सक्नु।कुनै पनि महिला माथी एसिड खन्याउदा उस्को सुन्दरता मात्र जल्दैन उस्मा भयको निर्दोसपन,निडरता ,निर्भीक भाबनाको पनि हत्या हुन्छ,शरीरमा लागेको चोट त छदै छ ,उस्को छालाको दाग त रहन्छ नै त्यो भन्दा पनि ठूलो कुरा एउटा ब्यक्ति बाट आत्मबल पनि घाइते हुन्छ,शरीरको सुन्दरता सङै मनको सुन्दरता पनि खलबलिन सक्छ।

सङगीता मगर, सिमा बस्नेत,मुस्कान खातुन अनि  पबित्रा कार्की जस्ता महिलाहरु माथी एसिड प्रहार हुनु गरिब ,लाचार,निमुखा भएका कारण होइन,उनिहरु सक्षम थिए आफ्नु उज्ज्वल भबिस्य तर्फ आफ्ना सङ्हर्ससिल पाइला चाल्दै थिय ,स्वभिमानी थिय,स्वबिबेकी थिए तर पितृसत्तात्मक समाजको आडमा एकाधिकारको रबाफ देखाउदै, दानबिय आत्माहरुके उनिहरुको सपनालाइ, स्वतन्त्रतालाई उजाडिएरै छाडे। कितभने अब राज्यले प्रिय महिला दिदीबहिनीहरु तिमी हरु घर भित्रै बस,बाहिर को बाताबरण तिमिहरुको लागि सुरक्षित छैन, महिला घरको चारभित्ता नै बसेको ठिक भनेर रास्ट्रब्यापी घोषणा गर्नु पर्यो,हैन भने नेपाली समाज महिला हिंसाका यस्ता कहालिलाग्दो घट्ना बाट मुक्त हुनु पर्यो ।
 

एसिड प्रहार

एकातिर महिला हक र अधिकारका चर्का नारा मा ताली बज्ने अर्का तिर महिलाहरु नै आफ्नै गाउँ टोल सहरमा नै असुरक्षित हुनु,त्रासपुर्ण जिन्दगी गुजार गर्न कदापी मन्जुर छैन । नेपाली समाजमा भइरहेका जबर्जस्तिकरण,बालात्कार,हत्या,एसिड प्रहार जस्ता घटनाहरु को अन्त्य र अपराधीलाई हदै सम्मको सजायको ब्यबास्था हुनु पर्छ । उच्च शिक्षा हासिल गरी आफ्नै खुट्टामा उभिएका महिलाहरुलाइ पनि महिला को भाग्य  र सहनसिलता को उपदेस दिएर कमजोर र लाचार बनाइनु सिङ्गो समाजलाई नै लज्जास्पद कुरा हो।बेटि पढाउ बेटि बचाउ अभियान मात्रले समाजको यस्तो दुरदर्षा हट्न सम्भब छैन, जब सम्म समाजमा महिला र पुरुष बिच समान अधिकार र स्थान दिन सकिँदैन, तब सम्म मुन्ना र  आलम जस्ता नरपिचासहरु महिलालाई जिउदै जलाइ रहन्छ्न।
नेपाल सरकारले एसिड आक्रमण को घटनाको छानबिन र अपराधीकोलागि बलियो कनुन बनाउन नसक्नु र सहजै रुपमा सस्तो मुल्यमा जहापनी एसिड खरिद गर्न पाउने हुदा यस्ता घटना बड्दै गायको पाइन्छ। हाल सम्म नेपालको मुलुकी अपराध संहिता २०७४ मा एसिड एट्याक सम्बन्धि कानूनी व्यवस्थाको लागि  तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कुरा उल्लेख गरेको छ । 
१. कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।
२. उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ भन्ने कुरा लेखिएको छ भने 
३. उपदफा (२) बमोजिम जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ । कुनै पनि निर्दोष नागरिकलाई जिन्दगी भरको  चोट ,दाग, घाइते बनाइदिने, मानसिक रोगी जस्ता अपराधी लाई यस्तो कानुन मात्र पर्याप्त छ्न त ? अबोध निर्दोश ब्यक्तीको जीवनको मुल्यलाइ जलाइदिने हरुको लागि ५÷८ बर्ष ।

जेलको सजाय दिने अनि फेरि जेल मुक्त भयपछि तेस्तै अर्को लाई पनि एसिड छर्केर आउनु भनेर प्रोत्साहन दियको जस्तो भयन र ??? के ५÷८ बर्षमा एसिड पिडित दिदी बहिनीको अनुहार,मन अनि जिन्दगीमा लागेको दाग राज्यले हटाइदिन सक्छ?उस्लाइ पहिलेको जस्तो बनाइदिन सक्छ?हैन भने अपराधी लाई चै किन छुट ?

एसिड प्रहार जस्ता घटना घटेको केही दिन नेपाली समाजको माहोल तातिएता पनि छिनभर मै स्थिति सेलाइ जाने र अर्को तेस्तै घटना नघटुन्जेल फेरि यो बिसयमा चासो नदिने प्रबितिका कारण पनि आज सम्म राज्य तथा सुरक्षा निकायले खासै यो विषयमा उपलब्धि हासिल गर्न नसकेको पाइन्छ।जब जस्लाइ पर्छ उ मात्र बोल्ने प्रबृत्तिबाट हामी अब बाहिर निस्किनु जरुरी छ।महिला हिम्सा को बिरुद्ध महिला मात्र बोल्नु पर्ने,जातिय विभेद को विरुद्ध तल्लो बर्ग का आवाज मात्र सुनिने र हाल येस्ता एसिड आक्रमण का घटना बिरुद्द पिडित मात्र बोलेर पुग्दैन।उनिहरुको न्याय दिलाउन,उनिहरुको जीवनस्तर सहज बनाउन,उनिहरुका अपराधीलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नु हामी सबैको कर्तव्य हो।जस्ले एसिडको थोपाले अर्काको जिन्दगिको रङ उडाइदियो, कम्तिमा उसलाई  फाँसी को सजाय होस,कम्तिमा आजिबन जेल हुने कानुन होस,नभए जसरी उस्ले एसिड फालेको थियो त्यसरिनैपिडित ले पनि उसमाथी एसिड फालेर तेहि पीडा तेस्तै जलन भोग्नुपर्ने कानुनी प्राबधान बनाउनु पर्छ,तब मात्र सोच्ने छन, काप्नेछन, तिन्का आत्मा जस्ले यस्ता हिम्स्रक र जघन्य अपराधको लागि गर्न प्रयास त के सोच्न पनि सक्के छैनन ।

एसिडले जल्नु आगो या तातो बस्तुले पोलेको जस्तो पक्कै पनि हुदैन,जुन केही समयको उपचार बाट निको होस,एसिडले दीर्घकालीन असर देखाइ रहन्छ । समान्य घाउको जस्तो मलम पट्टी, ड्रेसिङ,एन्टिबायोटिक इन्जेक्सनले मात्र निको हुन्छ भन्ने पनि छैन,यसको उपचार बर्सौ सम्म चलिरहन्छ र धरै सर्जरी,थेरापीहरु गर्नुपर्ने हुन्छ। तरपनी पुर्ण रूपमा पहिलाकै अबस्थामा भने फर्काउनु असम्भव नै छ।

यस्तो अबस्थामा पिडितलाइ धेरै भन्दा धेरै हौसला र आत्मबिस्वास जाग्ने हिसाबले प्ररणा दिनुपर्ने हुन्छ । शारिरिक, मानसिक र समाजिक सबै खालका पीडाबाट छट्पटीरहेका उनिहरुलाइ सान्त्वना मात्र होइन जिन्दगी फेरि नयाबाटो बाट सुरुवात गर्न हौसला दिनु पर्छ । राज्यले पिडितको उपचार खर्चको सम्पुर्ण जिम्मेवारी लिनुपर्छ,उनीहरुलाई पुन सबल र सक्षम बनाउन पर्याप्त अबसर, तालिम ,उच्च शिक्षाको ब्यबस्थापन गर्नुपर्छ आजिबन घरपरिवार मा निर्भर भयर बाच्नुपर्ने बाध्यताबाट उन्न्मुक्त गराइ ससक्तिकृत गर्नु पर्छ । बाकीका नागरिक जस्तै गर्बको साथ आत्मनिर्भर भइ जिबनयापन गर्नसक्नु बनाउन सहयोग गर्नु हामी सबै को दायित्व हो ।

लेखकको निजि बिचार
सल्मा बेगम मिया
जन्मस्थान : नुवाकोट, त्रिशुली
हाल काठमाडौ 
। 

You may also like: