कोरोना भाइरस रोकथामको लागि नुवाकोट प्रहरीको सचेतनामुलक प्रर्दशन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १५, विहिबार

सचेतनामुलक प्रर्दशन

फोटो फिचर

समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत नुवाकोट प्रहरीले बिहिबार सचेतनामुलक प्रर्दशन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा बिश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएको तर माहामारीको प्रकोप भने कम नभएको भन्दै महामारीबाट बच्न अपनाउनुपर्ने सामान्य स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको बारेमा सम्पुर्ण जिल्लाबासीलाई सजक गराउनको लागि प्रहरीले सचेतनामुलक प्रर्दशन गरेको हो ।
 

सचेतनामुलक प्रर्दशन सचेतनामुलक प्रर्दशन

बिदुरको लोकतान्त्रिक चोकबाट शुरु भएको र्र्याली बट्टार बजार हुँदै हावाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । सचेतनामुलक कार्यक्रममा माक्स नलगाई हिँड्ने नागरिकहरुलाई माक्स समेत वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका पमुख सन्ज्तमान तामाङले माक्सको प्रयोगले कोरोना भाईरसको संक्रमणबाट बच्न सकिने भएकाले सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । आफुसँगै सम्पर्क भएकाहरुलाई समेत माक्सको प्रयोगले सुरक्षित गराउने भएकाले आम नागरिकह्रुले प्रयोग गर्न सुझाउनु भयो । 

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष झंकनाथ ढकालले मास्क प्रयोगको लागी  जनजागरण अभियान सचालन गरेको भएको बताउनुभएको छ । उहाँले सिमित दिनको लागी मात्रै प्रहरी प्रशासनले जनजारण अभियानमा लागेपनि कोरोना भाईरस फैलदो अवस्थामा रहेकाले प्रशासन र राज्यको आग्रहलाई अक्षरसं पालना गर्न नागरिकहरुलाई आग्रह गर्नु भयो ।

सचेतनामुलक प्रर्दशन सचेतनामुलक प्रर्दशन

शुक्रबारदेदी मास्क नलगाउने लाई संक्रमण रोग ऐन अन्तर्गत कारबाहि गर्ने उहाँले बताउनु भयो । 
कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्ले, सशस्त्र प्रहरी गुल्म १९ का जनक सापकोटा, विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, उद्योग बबाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाललगायतको सहभागिता रहेको थियो ।

सचेतनामुलक प्रर्दशन सचेतनामुलक प्रर्दशन