कोरोना संगै गृह जिल्ला फर्किएका युवा शक्तिलाई कसरी प्रयोगमा ल्याउने ?  

जगदीश खनाल
जगदीश खनाल

२०७७ श्रावण १६, शुक्रबार

युवा शक्ति

नुवाकोटमा विदेश गएका युवा गाउँ फर्किने क्रम बढेसँगै बेरोजगारीको समस्या देखिन थालिसकेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण आफ्नै घर फिर्ता भएका युवाशक्तिलाई गाँउमै रोजगारको व्यवस्था नभए भयावहको अवस्था नआउला भन्न सकिन्न । स्थानिय सरकारले युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिएको देखिन्छ तर कार्यान्वयमा ल्याउन भने चुनौती देखिएको छ । 
भारत लगायतका अन्य मुुलकमा रहेका नुवाकोटका नागरिकहरु हजारौको संख्यामा फिर्ता भैसकेका छन भने त्यतिकै रफतारमा फर्किने क्रम पनि जारी नै छ । तथ्याङकअनुशार भारतलगायत अन्य मुलुकमा रहेका १ हजार २ सय ८८ जना नागरिक गृह जिल्ला नुवाकोट आएका छन् । सरकारले घोषण गरेको बन्दाबन्दीपछि १ हजार १ सय १२ पुरुष र १ सय ७६ महिला कोरोना भाइरसको कारण गाउँ फर्किएका हुन् । 
जिल्लाको १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी तार्केश्वर गाउँपालिकामा भारतबाट ३ सय ५८ जना र अन्य देशबाट २१ जना गरी ३ सय ७९ जना नागरिक फर्किएका छन् । 
यस्तै, विदुर नगरपालिकामा भारतबाट २ सय ४ जना, अन्य देशबाट ८७ जना, बेलकोटगढी नगरपालिकामा भारतबाट १ सय १६ जना, अन्य देशबाट २२ जना, पञ्चकन्या गाउँपालिकामा भारतबाट २३ जना, अन्य देशबाट २३ जना, म्यागङ गाउँपालिकामा भारतबाट १ सय १२ जना, अन्य देशबाट ३० जना र किस्पाङ गाउँपालिकामा भारतबाट ८ जना र अन्य देशबाट २२ जना नागरिक आएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार दुप्चेश्वर गाउँपालिकामा भारतबाट ७२ जना, अन्य देशबाट १३ जना, शिवपुरी गाउँपालिकामा भारतबाट १९ जना, अन्य देशबाट ८ जना, लिखु गाउँपालिकामा भारतबाट १५ जना, अन्य देशबाट १८ जना, ककनी गाउँपालिकामा भारतबाट २२ जना अन्य देशबाट १७ जना, तादी गाउँपालिकामा भारतबाट ३२ जना अन्य देशबाट ९ जना र सूर्यगढी गाउँपालिकामा भारतबाट १७ जना र अन्य देशबाट २० जना आएका छन् ।
वैदेशिक रोजगारीमा गएका युवा शक्तिहरु आफ्नो गाउँ फर्किने क्रम जारी नै रहेकोले बेरोजगारीको समस्या बढ्ने र अर्थतन्त्रमा गिरावट आउन सक्ने भन्दै स्थानीय तहहरुले युवा लक्षित कार्यक्रमहरु चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेस गरी बजेट समेत ल्याइसकेको छ । तर कार्यान्वयन कसरी होला ? चुनौतीको बिषय बनेको छ । 
नुवाकोटको म्यागङ गाउँपालिकाले ५० प्रतिशत अनुदान उपलव्ध गराउने गरी उत्पादनमा युवा भन्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले छुट्टै स्वरोजगार नीति बनाउने तयारी गरिरहेको छ । 
 

युवा शक्ति

उपाध्यक्ष शान्ति लामा गुरुङका अनुसार बाहिरबाट फर्केका युवाको सीप र अनुभवलाई स्वदेशमा उपायोग हुनेगरी युवालाईनै लक्षित गरि माग र आवश्यक्तालाई आधार बनाएर कार्याबिधि बनाउने तयारीमा रहेको बताउनुहुन्छ । 
युवा लक्षित स्वरोजगारको लागि ५० प्रतिशत अनुदान दिनेगरी एक करोड रुपैयाँ बराबरको बजेट ल्याएको उहाँले बताएपनि युवाशक्तिको सिप र अनुभवको आधारमा कार्यान्वयमा ल्याउन भने चुनौति देखिएको छ । 
कोरोना भाइरसको कारण गाउँ फर्किएका नागरिकहरुलाई कृषि क्षेत्रमा आकर्षित गराई बाझो जमिनलाई उर्वरायुक्त बनाई कृषिमा निर्भर बनाउन सूर्यगढी गाउँपालिकाले जमिन अनुशारको बिउविजन उपलब्ध गराइ अनुदानको समेत व्यवस्था गरेको अध्यक्ष शनतबहादुर घलेले बताउनुभएको छ । उहाँका अनुशार सुर्यगढीको कतिपय स्थानमा कार्यान्वयमा आएको पनि छ । यसैगरी, विदुर नगरपालिका,, दुप्चेश्वर गाउँपालिका, तादी गाँउपालिकालगायतले अनुदान दिने कार्यक्रम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका छन तर छिट्टै निति बनाएर कार्यान्वयनको पाटोतर्फ लाग्नको लागी समयमै ध्यान दिनु जरुरी देखिन्छ ।