नुवाकोटमा कोरोनाले भयावह रुप लिदै, एकैदिन ५ जना संक्रमित थपिए, सतर्क रहौँ  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १६, शुक्रबार

कोेरोनाले भयावह रुप लिदै

नुवाकोटमा एकैदिन ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । 
स्वास्थ्य कार्यालय नुवाकोटका अनुशार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि शिक्षक अस्पताल महाराजगञ्जबाट प्राप्त रिपोर्ट अनुसार पीपीआर परीक्षणबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ । 
विदुर नगरपालिकाको वडा नमबर ८ का २७ वर्षिया महिला, बेलकोटगढी नगरपालिकाका २७ बर्षिय पुरुष,  शिवपुरी गाउँपालिकाको २४ बर्षको पुरुष र पञ्चकन्या गाउँपालिकाको ३१ र २४ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ । 
शिवपुरी र बेलकोटगढीका संक्रमितहरु काठमाडौंमा आइसोलेसनमा रहेका छन् भने विदुर र पञ्चकन्याका संक्रमितहरु त्रिशूली अस्पतालको आइसोलेसनमा रहेका छन् । अहिले काठमाडौंमा ३ र त्रिशूली अस्पतालमा ३ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । संक्रमितको अवस्था सामान्य रहेको छ । कोरोना संक्रममित मध्ये ३७ जनाले कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । यता, कोरोना संक्रमित भेटिएपछि विहिबार मध्यरातदेखि लागु हुने गरी विदुर नगरपालिका वडा नम्बर ८ मा निशेधाज्ञा जारी गरिएको छ ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको कोभिड १९ सङ्क्रमण परीक्षण नतिजा अनुसार विदुर नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडाको केउरेनी आसपासको चारकिल्लामा निशेधाज्ञा जारी गरिएको हो । 
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचना अनुसार पूर्वमा सुनाखेती चौतारा, पश्चिममा पिडालुवारी, उत्तरमा टाँडे विसौना, दक्षिणमा केउरेनी पञ्चकन्या मन्दिर क्षेत्रको चार किल्लामा निशेधाज्ञा जारी गरिएको हो ।
उक्त क्षेत्रमा कोरोना सङ्क्रमण फैलन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक ऐन २०२० को दफा २ अनुसार उक्त क्षेत्रमा निशेधाज्ञा जारी गरिएको हो । अत्यावस्यक सेवा बाहेक अन्य कार्य सञ्चालन गर्न नपाइने समेत प्रशासन कार्यालयले जनाएको छ ।
यो सँगै सुर्यगढी गाँउपालिकाको वडा नम्बर २ र ३ मा जारी गरेको निषेधाज्ञा अन्त्य भएको जनाएको छ । संक्रमण पुष्टि भएको ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना नदेखिएपछी निषेधाज्ञा अन्त्य भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

You may also like: