बल र शक्तिको पहुँचमा सदस्यता बाँडफाँड भयो, पुरानो प्रमाणित नभएसम्म नयाँ फारम नबुझाउने : सभापति केसी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १६, शुक्रबार

जगदीश्वर नरसिंह केसी

नेपाली काँग्रेस नुवाकोटले पुरानो सदस्यता प्रमाणित नभएसम्म नयाँ सदस्यता फारम नबुझाउने भएको छ । 
१३ औँ र १४ औँ महाधिबेसनको लागी क्रियाशिल सदस्यता फारम भरी पठाएकाहरु सबैको प्रमाणित भई आएमा मात्रै नयाँ सदस्यता फारम पठाउने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभएको छ । 
बल र शक्तिका आधारमा मात्रै सदस्यता बाँडफाँड नगर्न पार्टीको नेतृत्वलाई सभापति केसीले सुझाव दिनुभएको छ । अन्यथा समेत अन्य कदम चाल्न पछि नपर्ने चेतावनी उहाँले दिनुभएको छ ।
नयाँ कायम गर्नको लागी केन्द्रिय कार्यालयबाट प्राप्त भएको फराम क्षेत्रिय समिति मार्फत वडा तह सम्म पठाएको छ । नेपाली काँग्रेस नुवाकोट सभापती जगदिश्वर नरसिंह केसीले दुई वटा महाधिबेसनको लागी नुवाकोटबाट पठाएको क्रियाशिल सदस्यता नआएसम्म नयाँ सिफारिस नहुने स्पष्ट पार्नुभएको छ । 
जिल्लाबाट केन्द्रमा पँहुच राख्ने काँग्रेस नेताहरुकै कारण १३ औँ महाधिबेसनमा क्रियाशिल सदस्यता नआएको उहाँले बताउनुभएको छ । 
दुई वटा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा हाल ८ हजार क्रियाशिल सदस्यता रहेका छन् । काँग्रेसको १३ औँ महाधिबेसनमा झण्डै ६ हजार क्रियाशिल फारम सिफारिस भएता पनी प्रमाणिकरण नभई महाधिबेसन भएको थियो । यस बर्ष भने पुरानो सिफरिस भएको सदस्यता प्रमाणिकरण नभएसम्म् नयाँ सदस्यता सिफरिस नहुने नेपाली काँग्रेस नुवाकोटले जनाएको छ ।