दुइपिपल इन्भेस्टमेन्ट कम्पनीद्धारा घरबारबिहिनलाई राहत बितरण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १६, शुक्रबार

दुइपिपल इन्भेस्टमेन्ट

नुवाकोट जिल्लाको बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाका कारण पहिरोमा परि घरबारबिहिन भएकाहरूलाई राहत बितरण गरिएको छ । 
दुइपिपल इन्भेस्टमेन्ट कम्पनीले बुधबार एक कार्यक्रम गर्दै पहिरोबाट घरबारबिहिन भएका वडा  ५ र ६ का ५ घरपरिवारलाई प्रती घर १० हजार रुपैयाँका दरले राहत बितरण गरिएको दुइपिपल इन्भेस्टमेन्ट कम्पनीका सचीव राजेन्द्र  बांस्कोटाले जानकारी दिनुभयो । 
राहत पाउनेहरुमा बेलकोटगढी नगरपालिका वडा ५ का तुलसी दास श्रेष्ठ, लालबहादुर श्रेष्ठ,रामकृष्ण श्रेष्ठ लक्ष्मी बर्देवा र वडा ६ का उद्धव नेपाल रहेका छ्न । सचिव बांस्कोटाका अनुसार कम्पनीले यसअघि पनि उक्त नगरपालिकाका विभिन्न गाउँहरुमा कोरोना भाइरस ( कोभिड १९) बारे जनचेतना मुलक कार्यक्रम तथा माक्स,पन्जा,सेनिटाइजर बितरण  गरिएको पनि जानकारी दिनु भयो ।
आफ्नै गाउँठाउँमा आपत बिपत पर्दा,तथा सामाजिक कार्यमा केही सहयोग गर्ने उदेश्यले नै उक्त क्षेत्रबाट काठमाडौमा आइ आआफ्नो पेशा गर्ने युवाहरुले कम्पनी स्थापना गरेर सामाजिक कार्य गर्दै आइरहेको सचिव बांस्कोटाले बताउनुभएको छ । 
कार्यक्रममा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष नवराज गर्तौला,कोषाध्यक्ष मंगलबहादुर श्रेष्ठ,सचीव राजेन्द्रप्रसाद बांस्कोटा, सल्लाहकार दशरथ लामिछानेलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गत शनिबार रातभर भएको अविरल बर्षाका कारण आएको पहिरोले घर भत्किदा बेलकोटगढी नपा –८ हर्रेमा ६८ बर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको थियो ।
यस्तै बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल डबली नजिकै रहेको मांझ गाउँमा पाँच घर पुरिएको थियो भने २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको थियो । पहिरोको कारण उक्त क्षेत्रमा रहेका ४० घर भन्दा बढी जोखिममा परेको छ ।
 

दुइपिपल इन्भेस्टमेन्ट

You may also like: