उदाहरणीय सीडिओ बन्दैछन झंकनाथ ढकाल, अशक्तता भएका ब्यक्तिलाई घरमै गएर सेवा दिदै 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १७, शनिबार

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल

जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक अशक्तता भएका ब्यक्तिहरुलाई घरमै गएर सेवा दिन शुरु गरेको छ ।
स्वास्थ्यको कारण स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने ब्यक्तिहरुलाई घरमै पुगेर सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 
यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ पाटीपानीका ८० बर्षिय विष्णुमाया कसाईलाई उहाँकै घरमा पुगी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । 
शारिरीक अपाङ्गता र उमेरका कारण कार्यालयमा आएर सेवा लिन नसक्ने भएकाले घरमै पुगेर सेवा प्रबाह गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ । 
उहाँका अनुशार अशक्त, स्वास्थ्यको कारण कमजोरी, बृद्धबृद्धा, अपाङ्गालगायत प्रशासन कार्यालयसम्म आईपुग्नको लागी कठिन अवस्थाका नागरिकहरुको लागी  घरमै पुगेर सेवा पु¥याउनको लागी कार्यालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल

यसअघि, उहाँ नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आउनुभएपछि नागरिकहरुको सुबिधालाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकहरुले लिने सेवामा अब निवेदन दिनुपर्ने झण्झट हटाउनुभएको थियो । प्रशासन कार्यालयले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाटै सूचित गरेको थियो । 
जिल्ला प्रशासन कार्यालयबाट लिनु पर्ने सेवाका लागि नागरिकहरुले अन्य कागजात र सिफारिससंगै निवेदन पनि पेश गर्नुपर्ने दोहोरो कागजी झण्झटलाई अन्त्य गरिएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रशासनको आन्तरिक सुधार र नागरिकहरुको सुबिधाको लागी गर्नुभएका नयाँ कार्यको शुरुवातको प्रशंसा हुन थालेको छ । 
ढकाल यस अघि लम्जुङ्गको प्रजिअ हुँदा पनि प्रशासनले दिने सेवामा निवेदन लेख्नु पर्ने व्यवस्था हटाउनुभएको थियो । त्यहाँ हरेक साता सावाग्राहीको समेत निःशुल्क सुगर र प्रेसरको परीक्षण गर्ने व्यवस्था पनि उहाँले गराउनुभएको थियो । राहदानी फारमको शुल्क त्यहाँ ५०० रुपैयाँबाट ३२५ रुपैयाँ गराइएको थियो ।  

 

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल