स्टे सेफ नुवाकोट, भौतिक दुरी कायम गर्दै स्वस्थ्य र सुरक्षित रहौ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण २४, शनिबार

स्टे सेफ नुवाकोट

म सल्मा बेगम हाल काठमाडौं । पेसाले एक स्वस्थ्यकर्मी र माइतिघर नुवाकोट । अध्ययन,जागिर अनि पारिवारिक र घरायसी ब्यस्तताले खासै घर माइती गइरहन गाह्रो पर्छ । निकै समय र योजना मिलाएर हिड्ने  साइत जुर्छ । 
पछिल्लो पटक नुवाकोट गएको सायद बर्सौ भएको अनुमान लगाउछु । कोरोना माहामारीको प्रकोप खेपिरहेका हामी र त्यसैबिच लामो समयको लकडाउन, सरकारको जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहने आदेशको पुर्ण पालना गर्दै काठमाडौ छोडेर कतै जाने कुरै भएन । लकडाउन अलि खुकुलो भयजस्तो भयपछि समय मिलाएर ब्यक्तिगत साधनको ब्यबस्था गरेर मैले नुवाकोट माइतीघर जाने मौका पाए । फोनमा कुराकानी र हालखबर त दिनहुुँ जस्तो हुन्थ्यो परिवारजन र इस्टमित्रसङ  तर अब भौतिक सम्पर्क र समिप्य हुनेवाला छ भनेर मन प्रफुल्लित पनि थियो ।
लामो दुरिको यात्रा बाइकमा गरेको बानी खासै थिएन । पहिलो पटक बाइकमा लामो दुरिको यात्रा त्यो पनि कोरोना माहामारीको समय हातमा बनाइएका पास र स्वस्थकर्मीको आइडी कार्डले मात्र म सुरक्षित छु भन्ने अवस्था पक्कै थिएन । तरपनि नाक मुख छोप्ने एन ९५ मास्क, हातमा एक जोडा सर्जिकल ग्लोब्स, आँखाम  पावर वाला चस्मा,टाउको देखि घाटि अनि छाती सम्म छोप्ने हिजाब (स्कार्फ)ले  भने केही हदसम्म सुरक्षा पक्कै दिन्छ भन्ने कुरा मा बिस्वस्त थिए । 
लामो समय पछि खुल्ला आकासमा स्वास्थ हावामा हिड्न पाउँदा आजाद पन्छी भन्दा पनि स्वतन्त्र अनुभव भैरहेको थियो, पहिलेको जस्तो घन्टौ जाम पनि हैन,गाडी र मान्छेको भिड्बाड पनि छैन,फाट्टफुट्ट ह्याब्बी र ट्याक्सीको आवातजावत देखिए पनि सडक नै मेरै हो जस्तो अनुभव भैरहेको थियो । 
यसै खुसिका बिच मनमा कताकता डर पनि थियो, त्यहि कोरोनाको,अह कोरोनाको मात्र हैन कतै समुदायले जिल्ला बाहिरबाट आएकी भनेर क्वारेन्टाइनमा राख्दिने होकि, तेइमाथी स्वास्थकर्मी कोरोना सार्ने होकि भनेर मलाइ  घर या समुदायमा छिर्न निषेध गर्ने होकि,कोहि मेरा नजिक आउन,म सङ बोल्न पनि नबोल्ने होकि,यस्ता सामान्य डरहरु उत्पन्न हुनु स्वभाबिक थियो, र केही यस्तै भइदिए मैले नियम अनुसार स्वबिबेकी भएर नियम पालना गर्नु मेरो कर्तव्य पनि थियो ।
नुवाकोट ,बिदुर नपा वडा न्रम्बर १ त्रिसुली बजार मेरो घर करिब साडे दुई घन्टाको यात्रा पछि पुगियो मलाइ देख्न न्यासृत अनुहारहरु, ममताले भरिएका आँखाहरुलाई सलाम (अभिबाधन) गरी घरभित्र पसे,मास्क खोले, हातको पन्जा खोले, हिजाब खोले, साबुन पानीले हातखुट्टा पखाले, त्यतिले चित्त बुझेन, घरमा वृद्ध र साना बालबालिकाहरु समेत रहेका हुँदा, खल्ल स्नान गरेर लुगा बदलेर मात्र भेट्घाट गर्नु ठिक लाग्यो,तेसै गरे,गर्मीले भिजेको पसिना पखाल्न र काठमाडौ जस्तो पानीको मुस्किल रहेको ठाउँ पनि होइन,केही समयमा फ्रेस भएर सबै सङ भेटघाट ,सन्चो बिसन्चो,यस्तै काममा दिनहरु बिते ।
माहोल धेरै नै अचम्मित थियो,लगभग एक साताको नुवाकोट बसाइमा जे देखे त्यो अहिलेको समय अनुरुप पक्कै नहुनु पर्ने थियो । व्यापार ब्यबसाय चलाउदै बजारमा बस्दै आयका नुवाकोटबासिमा कोरोनाको डर त्रास छ्दै थियन ।त्यसैले त त्यहाका बासिन्दाले मास्क र स्यानिटाइजर को महत्व नबुझेका होलान । त्यहा न कुनै व्यापारी न ग्राहकका मुखमा मास्क देखिन्थ्यो , न कुनै भैतिक दुरिको अभ्यास नै । 
काठमाडौ ,धादिङ अनि रसुवा छिमेकी जिल्ला रहेको नुवाकोट पनि कोरोना मुक्त जिल्ला पक्कै थिएन । नजिकै रहेको जिल्ला अस्पताल मा पिसिआर एक्टिभ केसहरु, आइसोलेसनमा उपचार गराइरहेका छन,धेरै  देश तथा बिदेश बाट जिल्ला भित्रेका ब्यक्तिहरु क्वारेन्टाइनमा रहेकी जानकारी हुदाहुँदै पनि नगरपालिका सदरमुकामहरुमा समेत नागरिक खुलम्खुल्ला हिडदै थिए । मानौ कि कोरोना भाईरसले नुवाकोटका बासिन्दालाई आक्रमण नगर्ने सुचना दियको जस्तो । यस्तो दृश्य देख्दा मैले फोनमा पटकपटक  घरमा ,पसलमा रहदा मास्क लगायर बस्नु, पसलमा स्यानिटाइजरको ब्यवस्थापन गर्नु, कोइ ग्राहक आएमा स्यानिटाइजर लगायर मात्र भित्र पस्न आग्रह गर्नु , हरेक ग्राहक सङको सम्पर्क पछि, साबुन पानीले हात धुनु,धेरै समय ग्राहकको नजिक नरहनु आदि कुराहरु बालुवामा पानी हाले जस्तै अर्थहिन जस्तो लाग्यो ।
साउन सात गते मध्यरातमा लकडाउन अन्त्य भएको औपचारिक घोषणा र सोही रात त्रिवि अन्तर्गतका कलेजहरु खुल्ने नोटिस पश्चात् काठमाडौ फर्कने बध्यतासङै काठमाडौ फर्किने उपायहरु खोज्न तर्फ लागियो  । जति सजिलो काठमाडौबाट बाहिर जानू थियो त्यतिनै आफ्ठेरो पुन काठमाडौ भित्रनु थियो किन कि सरकारले एक जिल्लाबाट अर्को जिल्ला अथवा लामो दुरिको गाडी चल्न भने रोक नै लागेको थियो । सार्वजनिक सवारी माइक्रोबसले भने यात्रुहरु बोकेर काठमाडौ सम्म पुग्न सकिने खबर पाए पछि मापदण्ड अनुरुम दोब्बर गाडी भाडा र एउटा सिटमा एउटा मात्र  यात्रु,अनिवार्य मास्क र ,ह्यान्ड स्यानिटाइजरको ब्यबस्था हुनुपर्ने र यस्तै नै होला बुझेर नुवाकोटबाट काठमाडौको यात्रामा हिड्यौँ । 
तर  कुकुरको पुच्छर बाह्र बर्स ढुंग्रोमा राखेपनि बाङाका बाङै भने जस्तो, यातायात प्रणालीमा पनि कुनै सुधार देखिन, फेरि तेइ कहानी ,न मुखमा मास्क,न भैतिक दुरि, एक सिटमा एक यात्रुको कुरा त परौ जावोस , सिट भरिएपनि यात्रुहरु उभिएर कोचमकोच गरी यात्रा गरेका थिए, डर ब्यक्ति स्वयंलाई हुनु पर्ने थियो,आफ्नो सुरक्षा आफै गर्नु पर्ने थियो तर ५महिना गाडी चड्न नपायझै, अर्को गाडी पाइएला कि नपाइएला भन्दै , दोब्बर भाडा तिरेर पनि यात्रा गरि हिडे । 
त्रिशुली देखि,धादिङ बोर्डर कोल्पुटार,त्यहा देखि गल्छी,अनि अर्को नागढुङा बोर्डर र अन्तत काठमाडौ प्रबेश प्रस्चात,कष्टकर नुवाकोट देखि काठमाडौंको यात्रा समाप्त भयो । नुवाकोटको यस्तो दुर्दशा देखेर चित्त बुझ्ने कुरै थिएन,आफैमा कोरोना संक्रमण पो भयो कि भन्ने डर पनि भयो ।
गन्तब्यसम्म पुगेपनि यात्रा सुरक्षित  नभएको हुदा मनमा डर र त्रासले डेरा जमाउनु स्वभाबिक नै थियो । नुवाकोट जिल्लाको यस्तो अबस्था देखेपछि छिटै माहामारीले बिकराल  अवस्था  ल्याउन सक्ने अनुमान हरकोही  लगाउन सक्थे । देश तथा बिदेश बाट आएका  नागरिकहरु सजिलै जिल्ला भित्रनु, मास्कको उचित प्रयोग नहुनु, सामाजिक तथा भैतिक दुरि कायम नहुनु,परिक्षण को दायरा न्यून  हुनु,लापरबाहीपन र स्वास्थ सुरक्षाको लागि नागरिक स्वयं सचेत नहुनु  नै कोरोना संक्रमण हावा सरि फैलन सक्ने सम्भावना को एक लक्षण थियो । 


नुवाकोट जिल्लामा पहिलो केस बैशाख ११ गते ककनी गापाको एक पुरुषमा देखिएको थियो र त्यस पछि जेठ २ गते दुई जना भारतबाट फर्किएका एक महिला र पुरुषमा देखिन पुग्यो,एकपछि अर्को गर्दै आजको मिति सम्म पचास भन्दा बढि कोभिड पोजिटिभ केसहरु दर्ता भइसकेका छ्न । समुदाय स्तरमा समेत फैलिसकेको उक्त भाइरस नियन्त्रणमा अझै पनि सचेत नभय जिल्लाले ठूलो मात्रामा मूल्य चुकाउनु पर्ने देखिन्छ । नेपालको हालको अवस्थालाई मध्यनजर गर्ने हो भने दिन प्रतिदिन कोरोना केस बड्दै छ, यसरी नै बड्दै जाने हो भने, देशमा नत उपचार को लागि प्रसस्त  स्रोत र साधन नै छ नत जनताको स्वस्थ्य सुरक्षाको लागि पर्याप्त निति नै छ । 
त्यसैले संक्रमण बाट बच्न र बचाउन नागरिक आफै सचेत हुनु पर्छ । जिल्लाको हकमा कुरा गर्नुपर्दा अब स्थानीय तह पुर्ब तयारिमा जुट्नु पर्ने अवस्था  आएको छ । अब पनि प्रदेश र केन्द्रकै मुख ताकेर बसिरहे जनता को जीवन सुरक्षामा लापरबाही गरिएको कहलिने  छ ।
आफ्नोआफ्नो स्थानीय क्षेत्र नगरबासिको जीवन सुरक्षा प्रदान गर्नु नगर प्रमुखको दायित्व हो । त्यसको साथै प्रमुखबाट आएको आदेसको कडा पालना गर्नुपनि नागरिकको कर्तव्य हो । त्यसैले पुन सुरु भएको लकडाउनको पुर्ण पालाना गर्न अनुरोध गर्दछु । तपाईं सुरक्षित हुनु भनेको तपाइको टोल र समुदाय सुरक्षित हुनु हो । अहिलेको एस्तो संकटको अबस्था छ ,यो भन्दा झन बिकराल अवस्था यदि आइ परेमा हामी कसैलै पनि उचित आबस्यकता अनुसार को उपचार पाइनेछ भनेर हामी कल्पना समेत गर्न सक्दैनौ । 
नेपालको हालत कस्तो छ हामी सबैले बुझेकै छौ,सामान्य भन्दा सामन्य उपचार पनि पाउन नसकी ज्यान गुमायका प्रसस्त उदाहरण हामिले देखिरहेका छौ।त्यसैले अहिले हामिले आफ्नो ठाउँ बाट गर्न सक्ने भनेको आफू बच्ने र अरुलाइ बचाउने नै हो । स्थानीय सरकारबाट पनि यस लकडाउन को सदुपयोग गरेर  द्रुत गतिमा कन्ट्याक ट्रेसिङ गरेर सक्रमितको खोजी गरेर आइसोलेट गर्नु जरुरी छ, जिल्ला भित्र या बाहिर अत्यावश्यक बाहेकका यातायात आवत जावतमा रोक लगाउनु पर्छ, कुनैपनि क्षेत्रमा धार्मिक क्रियाकलाप र जमघटलाई रोक लगाउनु पर्छ, भबिस्यमा हुन सक्ने कुनै पनि अवस्थाको लागि सतर्क र पुर्ब तयारीका साथ रहन जरुरु देखिन्छ । नागरिकलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्नु पर्दछ, पटक पटक साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन निषेध गर्नु पर्छ । 
वृद्धवृद्धा ,बालबलिका ,सुत्केरी  गर्भवती महिला  र दीर्घरोगिको विशेष  रेख्देख र हेरविचार पुर्याउनु पर्छ।सक्तिबर्धक पुसिलो ताजा खानाको प्रयोगमा जोड दिनु पर्छ। प्रत्येक नगर र गाउपालिका मा सबै क्षेत्रलाई पायक पर्ने गरि प्राथमिक स्वास्थ केन्द्र अथवा  हेल्थ्पोस्ट आदि लाई आस्थाइ आइसोलेसन कक्ष तयारी गर्नु पनि उचित  देखिन्छ।कम्तीमा जिल्लामा एउटा पि सि आर मेसिन को ब्यबस्थापन गरेर द्रुत गतिमा परिछ्ण दायरा बदाउनु आजको आबस्यकता हो । त्यसैले जिल्लाबासिमा सकेसम्म घरमै बसेर  सुरक्षित बस्र्नु  कुनैपनि लक्षण देखे वा स्वस्थमा खराबी आएमा अस्पताल गएर जाँच गराइ, भौतिक दुरी कायम गर्दै मास्कको उचित प्रयोग गरेर स्वस्थ्य र सुरक्षित हुन आग्रह गर्दछु ।स्टे सेफ नुवाकोट 

लेखकको निजि बिचार

सल्मा बेगम
बि न पा १ नुवाकोट 
बि एन एस विद्यार्थी 
बिरगंज नर्सिङ कलेज