कमजोर मानसिकता बोकेको बाहुबली शैलीका नेताको कारण १३ औ महाधिबेशनको सदस्यता आएन : सभापति केसी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण २८, बुधबार

जगदिश्वर नरसिंह केसी

नेपाली काँग्रेस नुवाकोट झण्डै ८ बर्ष अगाडीको क्रियाशिल सदस्यताले अहिले सम्म चलिरहेको छ । १२ औं महाधिवेशनका लागि नुवाकोट आएको क्रियाशिल सदस्यताकै भरमा अहिलेसम्म नुवाकोट काँग्रेस चलिरहेको छ । नुवाकोट काँग्रेसको आन्तरिक कलह, केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुकै कारण नयाँ सदस्यता बिबादमा पर्दै आएको हो । 
नुवाकोट काँग्रेसमा क्रियाशिल सदस्यता विवादका कारण पुरानै सदस्यताले काम चलाउँदै आएको हो । नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटिसकेको छ । तर १२ औं महाधिवेशनमा आएको क्रियाशिल सदस्यता पछि नुवाकोटमा नयाँ सदस्यता भित्रन सकेको छैन । 
नेपाली काँग्रेसको केन्द्रमा पहुँच राखेका चार नेताहरुका कारण कार्यकर्ताको नयाँ क्रियाशिल सदस्यता नआएको केहि दिन अगाडी पार्टि कार्यालय बिदुरमा नुवाकोट काँग्रेस सभापती जगदिश्वर नरसिंह केसीले बताउनु भएको थियो । नुवाकोटबाट केन्द्रमा प्रतिनिधित्व गर्ने ४ जना नेताहरुकै कारण नुवाकोटमा १२ औँ महाधिबेसन देखि सदस्यता नआएको उहाँले आरोप लगाउनु भएको थियो । 
१३ औ महाधिबेशनमा बिधिबिधान सम्मत रुपमा ७ हजारभन्दा बढि केन्द्रमा बुझाएको नयाँ क्रियासिल सदस्यहरुको सदस्यता अझै नआउनाले अहिले झनै समस्या उत्पन्न भएको सपापति केसीले बताउनुभएको छ । 
पार्टि भित्रको शक्ति सन्तुलनका कारणले नुवाकोट जिल्लाका केहि कमजोर मानसिकता बोकेको नेताको बाहुबली शैलिको कारण १३ औ महाधिबेशनमा केन्द्रमा बुझाएको सदस्यताको बिषयमा टुङ्गो नलागेको सभापति केसीको आरोप रहेको छ । जसका कारण अहिले सदस्यता बितरणमा समस्या आएको छ ।
    
काँग्रेस त्यागेर नेकपाबाट वडामा निर्वाचित अध्यक्षहरुलाई समेत काँग्रेसले आफ्नो क्रियाशिल सदस्यता कायमनै गरेको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेस त्यागेर तत्कालिन एमाले र माओवादीबाट निर्वाचित भएका वडा सदस्यहरु पनि छन् । तर उनीहरुको नाम पनि नुवाकोट काँग्रेसको सूचीमा क्रियाशिल सदस्यकै रुपमा अहिलेसम्म रहेको छ ।