बैकुण्ठ न्यौपानेको पहिलो लोकदोहरी गित ‘लायौ नजर’ बजारमा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण २८, बुधबार

लायौ नजर

महेन्द्र अधिकारी, काठमाडौँ  
नुवाकोटको बेल्कोटगढी नगरपालिका कुमरीकाका वैकुण्ठ न्यौपानेको पहिलो लोक दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । न्यौपानेको लोक दोहोरी गीत ‘लायौ नजर’ डिजिटल बजारमा सार्वजनिक भएको हो । 
कुमरीका वैकुण्ठ न्यौपाने र कोपिला न्यौपानेको पहिलो प्रस्तुतिको रुपमा रहेको लोक दोहोरी गीत सार्वजनिक भएको हो । मिलन फ्लिम्स प्रालिको बजार व्यवस्थापनमा बजारमा आएको यो गीतमा विष्णु तामाङ र कोपिला न्यौपानेको आवाज रहेको छ ।
बैकुण्ठ न्यौपानेको शब्द संगीत रहेको गीतलाइ विष्णु तामाङ्गले एरेन्ज गरेका छन भने म्युजिक भिडियोमा सन्जीव ठकुरी र आयुष्मा कार्कीले अभिनय गरेका छन् ।