कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिरहेको अबस्थामा काँग्रेस नुवाकोट टोलटोलमा भिडभाड गर्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १, सोमबार

काँग्रेस नुवाकोट

जिल्ला संकट ब्यबस्थापन केन्द्रको निर्णय बिपरित नेपाली काँग्रेस नुवाकोटले गाँउ गाँउमा भिडभाड गरिरहेको छ । 
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी भएको समयमा क्रियाशिल सदस्यता बितरणको नाममा नेपाली काँग्रेस नुवाकोटले टोलटोलमा भिडभाड गर्दे आएको छ । 
जिल्ला प्रशासन कार्यालय नुवाकोटले संक्रमण रोग ऐन अनुसार जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा अत्याबश्येक बाहेक अन्य कुनै पनी कार्यमा सहभागी हुन बन्देज गरेको छ । तर नेपालदी काँग्रेसले भने ८८ वटै वडामा क्रियाशिल सदस्यता बितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
केहि दिन अगाडी जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकमै तादी गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद  पाण्डेले काँग्रेसको क्रियाशिल सदस्यता बितरण कार्यक्रमले जोखिम निम्तिएको भन्दै रोक्नुपर्ने बताउनु भएको थियो । उहाँ आफै काँग्रेस तादी गाँउपालिकाका संयोजक हुनुहुन्छ । 
नुवाकोटमा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलन थालेपछी संकट ब्यबस्थापन केन्द्रको बैठकले अत्याबश्यक मानिएका बाहेक सबै बन्द गर्न निर्देशन गरेको छ । मानिसहरुको सामान्य भिडभाड हुने स्थलहरु मन्दिर, पाटिपौवामा समेत नजान आग्रह गरेको समयमा नेपाली काँग्रेसले भने वडा वडामा भेलागरी क्रियाशिल सदस्यता बितरण गर्दे आएको छ । जिल्ला संकट ब्यबस्थापन केन्द्रमै यसको बिषयमा आबाज उठेपनी कुनै निर्णय हुन सकेको छैन् । 
सामाजिक दुरी र स्वास्थ्यको मापदण्ड पालना गरी क्रियाशिल सदस्यता बितरण गर्ने नेपाली काँग्रेसको योजना रहेतापनी सदस्यताको लागी एकै स्थानमा सयौँको भिड हुन थालेको छ ।