कोभिड–१९ को आइसोलेसनबाट 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र ५, शुक्रबार

जगदीश खनाल

जगदीश खनाल
विश्व महामारी कोभिड–१९ (नोबेल कोरोना भाइरस) ले जुन रुप लिइरहेको छ, म घरीघरी यसको पक्ष र विपक्षामा बहश गर्दै आइरहेको छु । एक दिन पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल (नाताले मेरो दाई)संग भने– तलाई थाहा छ यो कोरोना भाइरस भन्ने नै छैन नी ! उ केही बोलेन मतिर पुलुक्क हेर्यो मात्रै । 
लकडाउन, निषेधाज्ञा, चर्को माघ, लामो मसय देखि काम नियमित काम गर्न छाडेकोले लाग्ने अल्छी । यस्तै यस्तै कुराहरुले आजभोली खासै बाहिर जानै मन लाग्दैन । उल्ले त (कपिलले) भन्दै थियो ‘भोलि हिड पिसिआर चेक गरुँ, मलाई त कोरोना संक्रमण छ जस्तो लागिरहन्छ ।’ तर म कोरोना नै छैन यो संसारमा भन्ने मान्छे किन जानु । जान्न भन्दिएँ । 
साउन २८ गते बट्टारमा पिसिआर परीक्षणका लागि कपिल र पत्रकार बहिनी प्रितिका थापा जान लागेका रहेछन् । अघिल्लो दिनदेखिनै कपिलले ज्वरो आउलाजस्तो भयो भन्दै थियो । महासंघका कोषाध्यक्ष सुनिल विष्ट पनि केहि अनइजी फिल गरिरहेका रहेछन् । उनीहरु तीन जना चेक गराउन जाने भए । मलाई पनि अन्तिममा जाउँ जाउँ लाग्यो र संगै गएँ । बट्टारमा परिक्षण गर्ने स्वास्थ्यका टोली आइपुगेकै रहेनछन् । देविघाटमा सक्काएर आउने जानकारी पाएपछि हामी उही गयौं पिसिआर परिक्षण गराउन । 
सिमित मान्छेहरुले गरेको पिसिआर परिक्षण गर्दा भित्र मनमा चााही केही नयाँ गरियो वा रमाईलो भयो जस्तो पनि लाग्दो रहेछ । त्यसपछि कामका सिलसिलामा भेटिने मान्छेहरुलाई आफु त पिसिआर गरेको मान्छे भन्दै अंगालो पनि हालियो । सरी ल उत्तम सर (वकिल उत्तम घिमिरे), प्रकाशदाई (व्यवसायी प्रकाशचन्द्र पाठक) ? के थाहा र मलाई नै संक्रमण छ भनेर ? संसारमै नभएका मान्ने गरेको कोराना कहाँ मलाई हुन्छ भनेर अल्लिबढिनै जिस्काए, छोएँ । 
स्वावपरिक्षणमा गएको आठदिनमा भदौ ३ गते दिउँसो म संसार भरी फैलिएको कोरोनाको शिकार भएको थाहा पाएँ । धेरै बेर त पत्यार लागेन । तर अब त कसरी नपत्याउनु र ! म कोरोना संक्रमित भएको खबर लिएर कपिल र सुजित (पत्रकार सुजित भण्डारी) आइपुगेको थियो । मलाई त साच्चिकै कोरोना लागेकै जसरी उनीहरुले सम्झाउन र भन्न थालेपछि बल्ल ‘म संक्रमित हुँ’ भन्ने महशुस गर्न थाले । तर अचम्म त्यसबेलासम्म मलाई कोरोना हुँदा यसो यसो हुन्छ भनेर तयार गर्ने गरिएको एउटै पनि लक्षण छैन त !
बिहानै आएको रिर्पोटको जानकारी मलाई स्वास्थ्य कार्यालयले दिनुपर्छ भन्ने लागेको थियो । तर कार्यालयले दिएन । आफ्नै घरको तल्लो तलामा मलाई आवश्यक सामग्री सहितको कोठा तयारी परिवारले गरे । म सुरक्षित भएर बस्नै पर्ने भएको थियो । दोहो¥याएर मेरो स्वाव परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट चाँही केही घण्टामै आउनेवाला रहेछ । पहिलो परिक्षणमा म संक्रमित ठहरिसकेको रहेछु । बेलुका ५ बजेतिर म आफैले कल गरे । स्वास्थ्यकार्यालयका सूचना अधिकारी उत्तमदाई (उत्तमराज खनाल)लाई 
म : दाई नमस्ते
दाई : ए बाबु के छ तेरो खबर । सञ्चै छस नि हैन ? तेरो रिर्पोट के भनेर आयो आयो । कसरी तेस्तो आयो भन त ? त कहाँ गएँको थिस् ? काठमाडौं गएको थिस् हो ?
म : दाई, धेरै दिन अगाडी गएको थिएँ । तर मान्छेसंग खासै भेटघाट गरेको थिईन । एउटा अफिसमा १ घण्टा जती बसेको थिएँ ।
दाई : हो त्यहि हो । आजभोली काठमाडौं गयो कि कोरोना लागिहाल्यो । काठमाडौंको अवस्था तेस्तो छ । नआत्ती अब । तैले कोरोना जितिसकेको छस्? अब कहाँ कसरी बस्ने भन्ने बारेमा ल हाकिम सा’पसंग कुरा गर् । (स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरे)
सागर सर : जगदीश सर लौन तपाईको यस्तो रिर्पोट कसरी आयो ? तपाई यस्तो हेल्दी मान्छे ।
म : खै सर कसरी कसरी ।
सागर सर : जे जसरी भयो भयो । तपाइको यस्तो रिर्पोट आएको जानकारी पछि तपाईलाई सिधै भन्दा कसरी लिनु होला, त्यसबाट तपाईलाई केही असर पर्ला भनेर नै अफ्ठयारो लाग्यो । तपाईसम्म खबर पु¥याउनको लागी सजिलो माध्यम कपिलजी हुनसक्ने भन्दै उहासंग समन्वयन गरेका छौ । 

पिसिआरदेखि आईसोलेसनसम्म
पोजेटिभ रिर्पोट आईसकेपछि परिवार, साथीभाई, छरछिमेक, समुदायलाई सुरक्षित बनाउन तर्फ लाग्नु मेरो कर्तव्य हुन्छ । एक त सबैलाई सुरक्षित रहनको लागी रेडियोमा फलाक्ने आफै । मेरो दायित्व र कर्तव्य पनि हुन्छ । साउन २८ गते पिसिआर परिक्षण गरिएको तस्विरहरु साथीभाई, आफन्त र चिनजानका व्यक्तिसम्म पु¥याउन फेसबुकमा हाँसिमजाक गरेर पोष्ट गरिसकेको थिए । 
घरमा एम्बुलेन्स आईपुग्न लागेको ४० मिनेटको समयअबधिमा आईसोलेसन कक्षमा बस्नुपर्ने सबै सामग्रीको तयारी । मैले सम्हालेका कार्यालयको कामहरुको हस्तान्तरण । परिवारको मन खिन्नताको सम्झाई बुझाई । साथीभाई सुभचिन्तकहरुको फोन रिसिभ । छरछिमेकिको सुरक्षाको चुनौतीको सामना । केके केके को बाबजुत पनि मसंग जानी नजानी सम्पर्क भएका सम्पुर्णलार्ई सहि सूचना दिनु मेरो कर्तव्य र जिम्मेवारी सम्झी फेरिपनि एम्बुलेन्स गुड्दागुड्दै सामाजिक सञ्जालमा सुरक्षित बस्न र सबैलाई पिसिआर चेकजाँच गर्न सार्वजनिक रुपमा आग्रह गरे । 

 

जगदीश खनाल

आईसोलेसन कक्षको बसाई र खाना
भदौ ३ गते बुधबार बेलुकी ६ बजेतिर अस्पताल आईपुगेपछि आईसोलेसन कक्षसम्म पुग्नको लागी गरिने प्रक्रिया स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अस्पताल प्रशासनले गरेको व्यवस्था सराहानिय रहेको छ । आवश्यक सोधपुछ र स्वास्थ्य अबस्थाको बारेमा लिईने जानकारी पछिको अस्पतालको गेटदेखी आईसोलेसन कक्षसम्म पु¥याउन अस्पतालका कर्मचारी÷डाक्टरहरुले गरेको व्यवहार र बोलिबचन प्रति बयान गर्ने सायद कुनै शव्दनै छैन मसंग । त्यो सम्झिदा त डिस्चार्ज भएपछि पनि फेरि आउँ आउँ लागिरहन्छ । 
आईसोलेसन बेडमा बसेको संक्रमित व्यक्तिसंग प्रत्येक ३÷४ घण्टामा फोन मार्फत गरिने सम्पर्क र नियमित ३ थरीको चेकजाँचको रिर्पोटको लागी गरिने आग्रहमा पनि कम्ता मिठासछैन । अस्पतालको प्रत्येक कलमा स्नेह आफन्तपन पाइरहेको छु । 
बिहान ७ बजेतिर आउने एक कप कालो चिया र अण्डा । पौने १० बजेतिर दाल भात र तरकारी । दिउँसो २ बजे आउने खाजा र बेलुका साढे छ बजेतिर आउने दाल भात तरकारी । मेरो घरमा खाएको खानाको स्वाद र यस खानाको स्वादमा कुनै फरक छैन । ३ छाकसम्म एक थाल खाना खाईरहेको थिए । अब त बढि भोक लाग्ने छाँटकाँट देखिएपछि डा. मधुकर दाहालसंग सम्पर्क गरेर अर्को एक थाल भात सहित दाल र तरकारी बढाएको छु । सायद खानामा पाएको स्वाद र यहाँको प्रेमले बढि रुचिरहेछ । कोठामा एउटा परिवारलाई बस्नका लागि के के आवश्यक पर्छ त्यो सबै यो आइसोलेसन रुममा छ । 
 

जगदीश खनाल

माया र हौसला 
कोरोना रिर्पोट पोजेटिभ आयो । कसरी पो आयो । आजसम्म (स्वाव संकलन गरेको १० दिन) शरिरमा कुनै लक्षणहरु देखापरेको छैन । न ज्वरो, न रुघाखोकी, न घाँटीमा समस्यालगायतका अन्य समस्याहरु । केही पनि छैन । कोरोना लागेको व्यक्तिमा देखिने लक्षणहरु यो यो हुनसक्छ भनेर जति सुनिएको छ जति बाहिर भनिएको छ । कुनैपनि लक्षणहरु नहुँदा र नदेखिदा कसरी रिर्पोट चै पोजेटिभ आयो होला ? सबैजसोबाट यस्तै र यिनिहरुनै भनाई आईरहेको छ ।
पुराना पत्रकार, छोरो पढ्ने स्कुलका हेडसर बाबुराम लामिछानेबाट यस्तै कुरा आयो । ‘तपाईमा कुनै लक्षण छैन, स्वास्थ्य ठिक छ भन्नुहुन्छ । यसो भन्दाभन्दै के भनेर तपाईको कस्तो खालको स्वास्थ्य लाभको कामना गरौ म जगदीश सर ।’ एकछिन दुवैको हाँसो बराबर भयो । केहिबेरपछि मुकुन्दराज अर्याल सर (पत्रकार महासंघका सदस्य)को फोन आयो । उहाँलाई पनि यहि कुरा सुनाएँ । उहाँसंग पनि फोनमा लगभग एक मिनेट मिठै हाँसियो ।
बागमती प्रदेशका उपसभामुख दिदि राधिका तामाङ म भन्दा २ दिन अगाडीदेखी आईसोलेसनमा हुनुहुन्छ । वेथा एउटै, उहाँ हेटौडामा हुनुहुन्छ । दिदिले फोन गर्नुभयो । धेरै लामो गफ भयो । अनुभव साटासाट ग¥यौ । स्वास्थ्य क्षेत्रमा राज्यले तय गरेको नीतिका कुराहरु गर्नुभयो दिदीले । केही कुराहरुमा हाँसाहाँस ग¥यौ । कोरोना पोजेटिभ आएपछि सामाजिक रुपमा भोग्नुपर्ने व्यवहारको बारेमा पनि कुराहरु भयो ।
आदरणिय दाजु काँग्रेसका नेता अर्जुननरसिंह केसीले फोन मार्फत् धेरैनै स्वास्थ्यका टिप्सहरु दिनुभयो । घरायसी उपचारको बारेमा सम्झाउनु भयो । साथै योगा र प्राणायामलाई निरन्तरता दिने हौसला र प्रेरणाका साथै स्वास्थलाभको कामना गर्नुभयो । 
प्रदेश सांसद आदरणिय दाजु बद्री मैनालीले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै नआत्तिन र खानपिनमा ध्यान दिई हाम्रै घर वरपर पाईने जडिबुटी र तातोपानीको सेवनबाट कोरोना परास्त पार्न सकिन्छ भन्दै हौसला दिनुभयो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको पनि मलाई उच्च हौसला रहिरह्यो । 
मलाई छिनछिनमा फोन गरेर हौसला प्रदान गर्नुहुने किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्रबहादुर लामा, सुर्यगढी गाँउपालिकाका अध्यक्ष सन्तबहादुर घले, पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, म्यागङ गाँउपालिकाका उपाध्यक्ष शान्ति गुरुङ लामा, म कार्यरत रेडियो जालपाका अध्यक्ष पुर्णलाल श्रेष्ठ, आदरणिय दाजु बसन्तबहादुर बस्नेतलगायतले मेरो शरिरमा भएको संक्रमण नै मिल्छ भने आधाआधा नै भाग लगाएर आफु पनि सहन तयार भएको सुनाई रहनुहुन्छ । 
प्रमुख जिल्ला अधिकारी आदरणिय सर झंकनाथ ढकालबाट केहि घुर्की लगाएको आभाष हुनेगरी दिएको स्वास्थ्यका टिप्सहरु र खाना खानुअघि र पछि पनि योगाका विभिन्न आसनहरु नियमित गर्नको लागी भएको अनुरोध मेरालागि गुरुमन्त्र भएका छन् । उहाँले घुर्काएर मलाई दिलाउनुभएको आत्मियता कोरोना जित्नका लागि अर्को हतियार बनेको छ । तर सर सरि पनि भनिहाल्छु ल । अहिलेको अबस्थामा स्वास्थ्य सुरक्षामा केही चुनौतीहरु थपिदिएको छु । 
 

मन दुखेका कुराहरु
मेरो जन्मघर (तादी गाउँपालिका–५ नर्जामण्डप)मा ९१ बर्षको हजुरआमा हुनुहुन्छ । ३ बर्षदेखी शरिरको ६५ प्रशित भाग नचल्ने अबस्थामा आधा शरिर आफ्नै भाग हो कि खाट हो भन्ने पनि थाहा नपाउने गरी सुतिरहनुहुन्छ । हजुरआमालाई २० दिन अगाडी नाती घरमा आएर ढोगेको रहेछ, अहिले उस्लाई कोरोना लागेको छ तपाई घर बाहिर ननिस्कनु होला भन्ने उर्दी भएछ । त्यो पनि वडा नं. ६ को अध्यक्षले । कोही मैले कखरा सिकेको स्कुलका आदरणिय गुरुहरु पनि यस्तै भनिरहनुहुन्छ रे ! कस्तो खल्लो लाग्यो यो सुनेर । कोरोनाको संक्रमण कसरी फैलिन्छ तपाईहरुलाई भनिरहनु पर्ला र भन्या ! प्यारालाइसिस भएको हजुरआमा कहिल्यै गाउँ डुल्न जानुहुन्न । मेरो हजुरआमा बाहिर निस्किन्छिन् कि भनेर ढुकेर बस्नै पर्दैन । बरु काठमाडौंबाट अहिले पनि दिनहुँ मोटरसाईकलमा गाँउ छिरेकाहरु तर्फ ध्यान दिऔं । किन भने मलाई अस्ती उत्तमदाई (स्वास्थ्य कार्यालयका सूचना अधिकारी)ले भनिसक्नु भयो कि ः आजभोली काठमाडौं गयो कि कोरोना लागिहाल्यो । 
म आईसोलेसनमा बसेको तेश्रो दिन विदुरस्थित घरबाट भिडियो कलगर्दै कान्छो छोरा : बाबा घरको बाहिर बरण्डामा निस्कदा पनि उ त्या पर सडकमा उभिएको पुलिस दाईले ‘भित्र जा’ भन्नुभयो । किन यस्तो भनेको ?
म : अहिले बाहिर ननिस्क । भित्रै बस् । टिभी हेर् । होमवर्क गर् । म पर्सी आउछु अनी ति पुलिसहरु सबै भगाईदिन्छु (छोराको मन हलुको बनाउन मात्र)
छोराको प्रश्नको उत्तर त खासमा म फर्केर आएपछि नेपाल प्रहरीका जिल्ला प्रमुख र सशस्त्र प्रहरी जिल्ला प्रमुखसंग मागिहाल्ने छु नि । छाराको पो चित्त बुझाएँ त मेरो चित्त कहा बुझाउन सकेको छु र । मेरै घरको ३ तलाको माथीको बरण्डामा निस्कदा कोरोना विदुरभरि पोखिन्छ हो ?


बिशेष धन्यवाद
को हो म चिन्दिन । ४ गते बिहान ८ बजेतिर फोन आयो । 
उहाँले भन्नुभयो : तिमीलाई कोरोना भएको समाचार हिजो बेलुका रेडियोबाट सुने । तिम्रो नम्बर हिजै देखी खोजेको । कतै पत्ता लगाउन सकिन । आज बिहान अस्पतालमै फोन गरेर पत्ता लगाए । म तिम्रो दिदि हो । मलाई नरमाईलो लागीराछ । भएपनि केहि चिन्ता नलिग । म तिमीलाई केहि औषधीहरु पठाईदिन्छु । कोहि मान्छे अस्पताल आउछन होला । उनिहरुलाई म पठाईदिन्छु । मेरो मोवाईलमा पैसा सकियो अहिले राख्छु है भाई ? 
यति भनेर फोन राखेको आधा घण्टामा पुरै शरिर पिपिई र अन्यथरीले सबै जिउ छोपिएको एकजना दिदि (उहाँले मलाई चिन्नुहुँदो रैछ) ले तपाईको नाम गरेर कसैले पठाईदिएको खानेकुराहरु भनेर ढोका बाहिर छोडेर जानुभयो ।  
अस्पतालले दिएको खाना र खाजा सहित मैले नचिनेको मलाई असाध्यै माया गर्ने दिदिले धेरै दुखका साथ पठाईदिएको जडिबुटि औषधीको सेवन गरिरहेको छु ।
 

जगदीश खनाल

र अन्त्यमा,त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने दाई, अस्पतालका प्रमुख डाक्टर मेडिकल सुररिटेन्डेन डाक्टर रेमकुमार राई, डाक्टर मधुकर दाहालगायत अस्पतालका सम्पुर्ण समुह, स्वास्थ्य कार्यालयका सूचना अधिकारी आदरणिय दाजु उत्तमराज खनाल, मेरा अनन्य मित्रहरु मछिन्द्र नरसिंह प्याकुरेल, दुर्गाराज पाठक, श्रीकृष्ण आचार्य, नवराज सुवेदी, जनकराज ढुङ्गाना, सरोज लामा, रविन दाहाल, रामहरी न्यौपाने, हरिजंग पाण्डे, विजय गुरुङ, सुमन भण्डारी, गणेश लामिछाने, रामधन ढकाल, दिपक थापाभान्जालगायत सम्पुर्ण र आदरणिय दाईहरु देवराज कँडेल, कपिलदेव खनाल, पवन नेपाल, ध्रुवकुमार रावल, देवचन्द्र भट्ट, रामराजा भण्डारी, मुरारी नेपाल, शन्तोष उप्रेती, नरेश पुडासैनी, बैकुण्ठ मिश्र, प्रकाश अधिकारी, दामोदर नेपाल, श्रीराम नेपाल, सुनिल बिष्ट, रघुनाथ रिमाल, शिव देवकोटा, मधुसुदन थपलिया, बिष्णुहरी अर्याल, बिष्णु रिमाल, पुरुषोत्तम सापकोटा, शिषिर लामिछाने, प्रकाश वगाले, लेखनाथ आचार्य, शुदर्सन दुवाल, राजकृष्ण श्रेष्ठ, ईश्वर डंगोल, राधेश्याम डंगोल, मेरो मित ज्यु रामहरी गजुरेल, सशि आचार्य बहिनी एवं सहकर्मी साथीहरु भगवती लामा, शक्तिमाया तामाङ, रुपा अर्याल, पार्वती विक, रमा तामाङलगायत सम्पुर्णबाट मैले यो अबस्थामा पाएको माया र हौसलाको सधै ऋणि हुनेछु । 
मेरो ९१ बर्षिय हजुरआमा, ४ बाहरु र ३ आमालाई त्रिशुली अस्पतालको आईसोलेसनबाट सास्टाङ्ग दण्डवत ।

जगदीश खनाल