समाजसेवी श्रेष्ठद्धारा स्वास्थ्यकर्मी र प्रहरीलाई सुरक्षा सामाग्री प्रदान

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १०, बुधबार

पुर्णलाल श्रेष्ठ

नेकपा नुवाकोटका नेता एवं समाजसेवी पुर्णलाल श्रेष्ठले त्रिशुली अस्पताल लगायत जिल्ला प्र्रहरी कार्यालय र प्रहरीको अन्य युनिटहरुलाई कोरोना भाईरसबाट सुरक्षित रहनको लागी सुरक्षा सामाग्रीहरु  प्रदान गर्नुभएको छ । 
कोरोना भाईरस नियन्त्रण र रोकथानको लागी अग्रभागमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुको स्वास्थ्य सुरक्षाको लागी आफुले स्वास्थ्य सामाग्री सहयोग गरेको नेकपाका नेता श्रेष्ठले बताउनुभएको छ । उहाँले त्रिशुली अस्पताललाई २० थान पिपिइ सेट, एक सय थान पञ्जा र एक सय थान चश्मा प्रदान गर्नुभएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १५ थान पिपिई सेट र ५० थान चस्मा प्रदान गर्नुभएको छ । 
नेकपा नुवाकोट जिल्ला कार्य समिति सदस्य समेत रहनुभएका श्रेष्ठले चौघडा हेल्थपोष्ट,अस्थाई प्रहरी पोष्ट गुर्जे र हेल्थ डेस्क गुर्जेलाई समेत  स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । पुनःप्रयोग गर्न मिल्ने पिपिई सेट र चस्माले अग्रभागमा रहेर कार्य गर्ने चिकित्सक र प्रहरीलाई भाईरसको संक्रमणबाट जोगाउन मद्धत पुग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नेता श्रेष्ठले यसअघि पनि नुवाकोटको विभिन्न स्थानिय तहमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको थियो । 

पुर्णलाल श्रेष्ठ