विदुर नगरपालिकाले नगरभित्रका व्यवसायिलाई कर र सेवा शुल्कमा छुट दियो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १०, बुधबार

विदुर नगरपालिका

बिदुर नगरपालिकाले नगरपालिका भित्र सञ्चालित ब्यबसायहरुको कर र सेवा शुल्कमा छुट दिने भएको छ । लामो समयसम्म भएको बन्दाबन्दिले सबै क्षेत्र प्रभाबित भएको भन्दै नगरपालिकाले नगरभित्रका नागरिकहरुलाई स्थानिय तह मार्फत हुने सेवा सुविधामा सहजिकरण गर्न अग्रसर रहेको नगरप्रमुख सञ्जु पण्डितले बताउनुभएको छ ।
 
उहाँले नगरपालिका भित्र ब्यबसाय सञ्चालन गर्दै आएकाहरुमा ब्यबसायको प्रकृति हेरेर सहजिकरणको योजना ल्याउने बताउनु भयो । लामो समय सम्म भएको बन्दाबन्दिका कारण नागरिकरुहको जनजिबिकामा ठुलो असर परेको भन्दै ब्यबसायिक कर छुट, सेवा शुल्कमा छुट लगायतको योजना नगरपालिकाले ल्याएको उहाँले बताउनुभएको छ ।

बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको प्रकोपसँगै सबै क्षेत्र अहिले नराम्ररी प्रभाबित भएको छ । दैनिक ज्यालादारीमा काम गर्ने, निजि क्षेत्रमा काम गर्ने नागरिकहरुले रोजगारी गुमाएका छन् । उनिहरुको जिबिको पार्जनमा समेत नगरपालिकाले सहजिकरण गर्ने बताईएको छ । 
नगरपालिकामा अहिले निषेधाज्ञा हटेता पनी पुर्ण रुपमा पुरानै अबस्थामा फकिर्ने अबस्था रहेको छैन् । बिदुर नगरपालिकाकै सिफारिसमा नगर क्षेत्रमा टाईम कार्ड समेत लागु भएको छ । 
ब्यबसायको प्रकृति हेरेर केहि ब्यबसायलाई सहज बनाएको नगरपालिकाले जनाएको छ । सुरुमा ७ दिनको लागी टाईम कार्ड मार्फत सहजिकरण गरेको नगर प्रमुख पण्डितले बताउनु भयो । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरुको जनजिबिकामा सुधार ल्याउन बिभिन्न योजना ल्याउन थलोको हो । 
अत्यावश्यक कार्य वाहेक घर बाहिर ननिस्कने तथा अनावश्यक हिँडडुल नगर्ने र घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, न्यूनतम भौतिक दूरी कायम गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।