नेगीको भिमकाय ढुङगाको ब्यबस्थापनको लागी संघिय सांसदको स्थलगत निरिक्षण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १६, मंगलबार

भिमकाय ढुङगा

जोखिमयुक्र बस्ती र ढुंगा निरिक्षणको क्रममा संघिय साँसद हितबहादुर तामाङ नेगी गाँउमा
दुप्चेश्वर गाउँपालिकाले पहिरोको उच्च जोखिममा परेको वस्ती सुरक्षित स्थानमा सार्ने भएको छ ।
गाउँपालिकाको वडा नंं. १ नेगी स्थित तामाङ बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै वस्ती सार्न लागिएको संघीय सांसद हितबहादुर तामाङले जानकारी दिनुभएको छ । अहिले अस्थायी व्यवस्था गरिएको र चाँढैनै स्थायी रुपमै वस्ती स्थानान्तरण गरिने उहाँले बताउनुभएको छ । 
आईतबार ३५ घरपरिवरका लागि आवश्यक समाग्री लिएर उहाँ लगायतका जनप्रतिनिधि नेगी जानु भएको थियो । पहिरोको उच्च जोखिममा रहेको नेगी स्थित बस्तीलाई अस्थायी रुपमा वडाकै सल्लेरी डाँडामा बसोबासको व्यवस्था मिलाएको हो । संघिय सांसद हितबहादुर तामाङ, गाउँपालिका अध्यक्ष योविन्द्रसिँह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यलगायतकाले स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । 

जोखिमयुक्त बस्ती माथिको ढुंगा

भिमकाय ढुङगा

छिटो भन्दा छिटो बस्ती खाली गर्नुपर्ने भएका कारण ३ दिन भित्रमा सारीसक्न स्थानियलाई आग्रह गरिएको सांसद तामाङले बताउनुभयो । अहिले तत्काललाई टेण्ट वितरण गर्दे सांसद् हितबहादुर तामाङले बस्तीलाई स्थायी रुपमै सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन आफ्नो तर्फबाट आवस्यक पहल भैरहेको बताउनु भयो । 
संघिय सांसद तामाङले तत्कालै भिमकाय ढुङगाको ब्यबस्थापन नभएमा तल्लो तटिय क्षेत्रमा समेत असर पुग्ने बताउनु भयो । डाँडामाथि रहेको ढुङगा खसेमा नेगी खोला थुनिने र वरिपरिका सबै डाँढाहरु बगरमा परिणत हुने बताउनु भयो । दुईतले घर भन्दा टुलो ढुङगा खसेमा त्यसबाट हुने क्षतीको अनुमाननै गर्न नसक्ने उहाँको भनाई छ । 
गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले वस्ती सार्न र खस्ने अवस्थामा रहेको ढुंगा हटाउने कार्य तत्कालै सुरु गर्ने बताउनुभएको छ । जुनसुकै बेलामा पनि पहिरो जानसक्ने भएका कारण छिटो भन्दा छिटो बस्ती सारेर ढुंगा हटाउन जरुरी रहेको उहाँले बताउनुभयो । 

खस्न लागेको ढुंगा मुनिको जोखिमयुक्त बस्ती 

भिमकाय ढुङगा


बस्तीको सिरानमा रहेको भीमकाय चट्टान २०७२ सालको महा भूकम्पका कारण डगमगाएको थियो । उक्त चट्टान यस वर्षको अविरल वर्षाका कारण थप डगमगाए पछि त्यसको ठिक तल रहेको पुरै नेगी गाउँ पहिरोको जोखिममा परेको हो । बस्तीको स्थानान्तरण संगै ढुंगा डिस्पोज अत्यन्त जरुरी देखिएको छ । खस्ने अवस्थामा रहेको ढुंगा व्यवस्थापनका लागि माथील्लो निकायमा पत्राचार गरिसकिएको र सकरात्मक उत्तर आएको गाउँपालिकका अध्यक्ष तामाङले बताउनुभएको छ । 

खस्न लागेको ढुंगा मुनिको जोखिम युक्त बस्ती र बस्ती मुनिको खोला

भिमकाय ढुङगा


व्यवस्थापन गर्नुपूर्व ढुंगा खसेमा त्यसबाट सृजना हुने पहिरोले तादी खोला थुनिन सक्ने देखिन्छ । जसबाट नेगी मात्र नभई तादी खोलाको आसपास रहेका ठूलीखेत, रामती, समुन्द्रटार लगायतका वस्तीहरुसमेत जोखिममा पर्ने देखिएको छ । नेगी र अन्य जोखिममा रहेको स्थानहरुको सुरक्षाका लागि पनि ढुंगाको व्यवस्थापन गर्नु आवश्यक रहेको प्रतिक्रृया गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले दिनुभएको छ । उहाँका अनुसार बस्ती मात्र सार्दा त्यहाँको जिउधनको सुरक्षा त हुन्छ तर पहिरोको जोखिम भने टरेहको छैन । यदि ढुंगा खस्यो भने त्यसबाट सृजना हुने पहिरोले तादी खोला थुनिएर ठूलो विनास गनृसक्ने भएकाले त्यसतर्फ सबैलाई सजग हुन आग्रह गरिएको छ । 
 जोखिमयुक्त बस्तीका पिडितहरु 

भिमकाय ढुङगा

तस्विरहरु : साँसद तामाङको फेसबुकबाट