दोहोरो प्रतिवेदनले मेयरलाई सास्ती, सवारी खरिदको रकम खानेपानीको समस्यामा खर्चिदा केहि मिडियाले भ्रम छरे 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १७, बुधबार

विदुर नगरपालिका

महालेखा परिक्षकको कार्यालयले तयार पारेको अन्तिम प्रतिवेदन : तस्विर माथी 

महालेखा परीक्षकको कार्यालयले तयार गरेको २०७७ सालको प्रतिवेदनमा नुवाकोटको विदुर नगरपालिका प्रतिको प्रतिवेदन दोहोरो देखिएको छ । असार ३१ गते महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपतिलाई पेश गरेको प्रतिवेदनमा उल्लेख भएको विवरण ‘वेभ साइट’ संस्करण र ‘प्रिन्ट’ संस्करणमा दोहोरो देखिएको हो । विदुर नगरपालिकामा भदौ १२ गते दर्ता भएको महालेखा परीक्षकको अन्तिम प्रतिवेदन र महालेखा परीक्षकको ‘वेभ साइट’मा राखिएको ५७ औं बार्षिक प्रतिवेदनमा विदुर नगरपालिकाको विषयमा औल्याइएको विवरण फरक देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले वेभ साईटमा राखेको प्रतिवेदन (जुन नगरपालिकामा दर्ता छ) : तस्विर मुनि

विदुर नगरपालिका

माहालेखाको ‘वेभ साइट’ संस्करण
विदुर नगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट वडा नं. २ र ४ मा सञ्चालन गरेको बैकल्पिक खानेपानी डिप बोरिङ्ग योजनाको बारेमा महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । अन्तिम प्रतिवेदन अनुसार विदुर नगरपालिकाले ‘हेभि मेसिन’ लगाउनुपर्ने कामका लागि उपभोक्ता समितिलाई जिम्मा दिइएको र उपभोक्ता समितिले निर्माण व्यवसायीलाई काम दिएको उल्लेख छ । यसरी लोडर, स्काभेटर, रोलर, डोजर, ग्रेडर विटुमिन, डिस्ट्रीब्युटर विटुमिन, व्याइलर जस्ता मेसिनहरु प्रयोग गर्नुपर्ने काममा उपभोक्ता समितिसंग सम्झौता नगरी निर्माण व्यवसायी मार्फत गराउन सुझाव दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले विदुर नगरपालिकामा उपभोक्ताको काम व्यवसायीबाट भएको विषयलाई ‘नोट’ गरेको छ । अन्तिम प्रतिवेदन अनुसारको उक्त विवरण महालेखा परीक्षकको कार्यालयले अहिलेसम्म सच्याएको छैन । महालेखाको वेभसाइट संस्करणमा विदुर नगरपालिकाले उपभोक्ता समितिसंग सम्झौता गरेको र उपभोक्ता समितिले कम रकममा निर्माण व्यवसायी मार्फत काम गराएको उल्लेख छ ।

यसरी महालेखा परीक्षकको दुई खाले प्रतिवेदनमा फरक विवरण भएकै कारण डिप बोरिङ्ग आयोजनाको विषयमा भ्रम सृजना भएको विदुर नगरपालिकाले जनाएको छ । महालेखा परीक्षकको अन्तिम प्रतिवेदनको भावन विपरित र प्रतिवेदनको आसय भन्दा फरक रुपमा आयोजनाको टिप्पणी गरिएको प्रति विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आपत्ति जनाएका छन् । ‘महालेखाले हाम्रो विदुर नगरपालिकाकोको सन्र्दभमा यसरी फरक प्रतिवेदन तयार गर्दा गर्दै केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण विवरण आउनु खेदजनक छ’, नगरप्रमुख पण्डितले भने– ‘सवारी साधनको खर्चलाई रकमान्तर गरेर नगरवासीलाई पानी ख्वाउन पवित्र भावनाले गरिएको काममा यो पुर्वाग्रह किन राखियो ?’

प्रमुख पण्डिले भने–‘प्रतिवेदनले उपभोक्ता समितिले गर्न सक्ने काम उपभोक्तालाई र मेसिन प्रयोग गर्नपर्ने काम निर्माण व्यवसायीलाई दिनु भनेको छ, महालेखाको प्रतिवेदनमा त भ्रमपूर्ण समाचारमा आएजस्तो अनियमितताको कुरा छ र ? छैनन नी !’
सम्झौता र खर्चको वास्तबिकता

उपभोक्ता समिति मार्फत नगरपालिकाले वडा नं. २ र ४ मा तीन वटा डिप बोरिङ्ग निर्माण गरेको छ । वडा नं. ४ को दुई वटा देविघाट पुल नजिकै र सोलार प्लान्ट नजिकै तथा वडा नं. २ को नागटारी कर्भड हल नजिक नगरपालिकका डिप बोरिङ्ग तयार गरेको हो । विदुर नगरपालिका वडा नं. २ र ४ का नागरिकहरुलाई पर्याप्त र शुद्ध पिउने पानी उपलब्ध गराउनका लागि नगरपालिकाले यो योजना कार्यान्वयमा ल्याएको हो । विदुर नगरपालिका वडा नं. २ मा गठन भएको बैकल्पिक खानेपानी डिप बोरिङ्ग निर्माण उपभोक्ता समिति मार्फत काम गर्नका लागि विदुर नगरपालिकाले काम लगाएको थियो ।

सम्झौता पत्र

विदुर नगरपालिका

२०७५ साल पुस १५ गतेबाट सुरु भएको उक्त योजना अघिल्लो आर्थिक वर्षमै निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । डिप बोरिङ्ग सम्पन्न गर्नका लागि ५२ लाख ७६ हजार रुपैयाँमा उपभोक्ता समितिसंग नगरपालिकाले सम्झौता गरेको थियो । सो कामको निर्माण सम्पन्न पछिको मुल्याङ्कन अनुसार ४० लाख ८८ हजार २९४ रुपैयाँको कर कट्टा गरी उपभोक्ता समितिलाई ३८ लाख ५६ हजार २६३ रुपैया भुक्तान गरेको छ ।
 ‘सम्झौता भन्दा कम भुक्तान हुनुको कारण अन्तिम कामको मुल्याङ्कन हो, जत्ति काम भएको थियो त्यत्ति मात्रै उपभोक्ता समितिलाई भुक्तान गरेका हौं’ विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेलले भने– ‘सम्पन्न भएको काम र उपभोक्ता समितिले गरेको योजनाको खर्चको आधारमा नगरपालिकाबाट रकम भुक्तानी भएको छ ।’

देविघाट पुल नजिकैको डिप बोरिङ्गमा ४२ मिटर खन्नका लागि लागि चार लाख ७४ हजार ६ सय खर्च भएको छ । त्यस्तै, ६६ मिटरको सोलार प्लान्ट नजिकैको काममा ७ लाख ४५ हजार ८ सय खर्च भएको छ । नागटारीको योजनामा ९० मिटर खन्नका लागि १० लाख १७ हजार रुपैयाँ खर्च भएको छ ।यी योजनाका लागि पम्प, प्यानल बोर्ड केवल लगायतमा ८ लाख १० हजार ३८७, फिटिङ्गमा ३ लाख ५२ हजार ८७०, पाइप लाइन खन्न र जोड्न ७ लाख ५५ हजार ४९१ रुपैयाँ र देविघाट पुल छेउ पम्प हाउस निर्माण गर्न १ लाख ४ हजार ५६ रुपैयाँ खर्च भएको छ ।

नगरपालिकाले तयार गरेको डिप बोरिङ्गको मुल्याड्डकन : तस्विरहरु मुनि

विदुर नगरपालिका विदुर नगरपालिका विदुर नगरपालिका

सवारी किन्ने रकम नगरवासिको खानेपानीको समस्या समाधानको लागी खर्च 

विदुर नगरपालिकाका प्रमुखका लागि सवारी साधन खरिद गर्ने प्रयोजनार्थ नगर परिषद्ले रकम विनियोजन गरेको थियो । विदुर गरपालिकाको घनावस्तिमा देखिएको खानेपानी अभावलाई तत्कालै पुरा गर्नका लागि नगर प्रमुख सञ्जु पण्डितले त्यसलाई रकममान्तर गर्न लगाई बैकल्पिक खानेपानी डिप बोरिङका सञ्चालन गराएका हुन् ।

निर्माण उपभोक्ता समितिले समेत २ लाख ९५ हजार ८८५ रुपैयाँ ब्यहोर्ने गरी यसको सम्झौता भएको छ । लागत अनुमान ५१ लाख २७ हजार १६३ रुपैयाँ गरेर सम्झौता भएको थियो । जसबाट ४०७ घरधुनी र २ हजार ८२ जना लाभान्वित हुने अनुमान उल्लेख गरिएको छ । विदुर नगरपालिकाले वडा नं. २ र ४ मा सञ्चालन गरेको बैकल्पिक खानेपानी योजनामा ३८ लाख ५६ हजार खर्च भएको देखिएको छ । अहिले यो योजनाबाट १२ सय नागरिकले पानी खाइरहेका छन् ।

विदुर नगरपालिका