कोरोना रोकथाम र उपचारको तयारीप्रति सरकार अझै गम्भीर छैन : नुवाकोट कांग्रेस

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र १९, शुक्रबार

नुवाकोट कांग्रेस

कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै गम्भीर नभएको नुवाकोट कांग्रेसको आरोप रहेको छ ।  
नुवाकोट काँग्रेस सभापती जगदिश्वर नरसिंह केसीले सरकारले ठोस अध्ययनका आधारमा नभएर हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने काम गरेको बताउनुभएको छ । देशको विभिन्न भागहरुमा बिना अध्ययन निषेधाज्ञा लागू गर्दे यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेको आरोप उहााको रहेको छ । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो रहेको सभापति केसीको भनाई रहेको छ । 
निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदै गएको तर संक्रमण बढ्ने क्रम भने कम नभएको नुवाकोट काँग्रेस सभापती केसीले बताउनु भयो । निषेधाज्ञा लगाउने र नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको उहाको आरोप रहेको छ । 
नेपालि कांग्रेस केन्द्रिंय कार्यसमितिले कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरे पनि सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको केसिले बताउनु भएको हो । 
तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न काँग्रेसले माग गरेको छ ।