मेयर पण्डितको बदनाम गराउन खानेपानी डिप बोरिङ्ग अतिरञ्जित

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २०, शनिबार

डिप बोरिङ्ग

विदुर नगरपालिका वडा नं. २ र ४ मा सञ्चालन भइरहेको बैकल्पिक खानेपानी तथा डिप बोरिङ्ग निमार्ण समितिले आफ्नो योजनाको विषयमा आएका समाचारहरु र त्यसको टिप्पणीको खण्डन गरेको छ । 
शुक्रबार विदुरमा पत्रकार सम्मेलन गरेर समितिले यस विषयमा cभएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले योजना सम्पन्न हुँदासम्मको सम्पूर्ण आम्दानी खर्च समेत पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार यो योजनामा अहिलेसम्म १ करोड १८ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । त्यसमा अझै ६ लाख २० हजार तिर्नै बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ । 
विदुर नगरपालिका वडा नं. २ र ४ का नागरिकहरुलाई स्वच्छ र पर्याप्त पिउने पानी दिनका लागि विदुर नगरपालिकाले दुई वर्ष अघि बैकल्पिक खानेपानी आयोजना कार्यान्वयमा ल्याएको थियो । नगरप्रुमख सञ्जु पण्डितले प्रयोग गर्ने सवारी साधन खरिदका लागि नगरपषिरद्ले विनियोजन गरेको ५० लाख रुपैयाँ रकमान्तर गरेर खानेपानी आयोजना सञ्चालन गरिएको हो । 
उक्त आयोजना ४८ लाखमा उपभोक्ता समितिसंग विदुर नगरपालिकाले सम्झौता गरेको र समितिले ११ लाख ९८ हजारमा अर्को ठकेकेदारलाई दिएको समाचार एक सञ्चार माध्यमले सार्वजनिक गर्दै आइरहेको छ । यसै बिषयलाई महालेखा परीक्षकको कार्यालयले तयार गरेको २०७७ सालको प्रतिवेदनमा निर्माण व्यवसायीनै लगाउनु पर्ने काम उपभोक्ता समितिलाई दिइनु त्रुटी रहेको औल्याएको छ । महालेखाले विदुर नगरपालिकालाई ‘नीतिगत रुपमा दिएको सुझाव’लाई बङ्ग्याएर प्रचार गरिएको भन्दै विदुर नगरपालिकाले आपत्ति जनाइरहेको छ ।  
बैकल्पिक खानेपानी डिप बोरिङ्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले राजनैतिक प्रतिशोध र पद पाउने दाउपेचका कारण यो कामलाई अतिरञ्जित गरिएको बताउनुभएको छ । त्रिशुली नदीबाट बट्टारको दिवाकरडाँडासम्म दुई किलोमिटर पर लगेर डिप बोरिङ्गको दूई वटा योजनाको पानी खसाल्न ११ लाख ९७ हजार ८ सय खर्च हुन्छ र अरु हिनामिना भयो भन्नु ठिक नभएको उहाँले बताउनुभयो । उहाँका नुसार १ करोड १८ लाख रुपैयाँ खर्च भएको छ । यसमा विदुर नगरपालिकाले ४४ लाख ७० हजार उपलब्ध गराएको छ, त्यसबाट डिप बारिङ्गका लागि खाल्डो खन्नका लागि प्रयोग भएको मेसिनको नौं लाख ६० हजार रुपैयाँ तिरेको उहाँले बताउनुभएको छ । 
उपभोक्ता समितिको तर्फबाट भएको खर्चलाई विभिन्न १० वटा बुँदामा अध्यक्ष श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । विदुर नगरपालिका र विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मात्रै यो बैकल्पिक खानेपानी योजना निर्माण सम्पन्न गर्नका लागि आर्थिक र जिन्सी सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको छ । जस अनुसार विदुर नगरपालिकाले ४४ लाख ७० हजार रुपैयाँ नगद र खानेपानी संस्थाले जिन्सी ६२ लाख ११ हजार र नगद ५ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ । 
विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले हिजोका दिनसम्म अपुग र त्रिशुली नदीको धमिलो पानी प्रयोग गरिरहेका नागरिकहरुलाई पिड बोरिङ्गको पानीले सहुलियत मिलेको बताउनुभएको छ । आन्तरिक राजनीतिक कलह र ‘पावर सो’ गर्ने क्रममा डिप बोरिङ्गलाई विवादमा तान्न खोजिएको प्रष्ट भएको उनले दावी गर्नुभएको छ । आयोजनाको आबश्यकता, पारदर्शीता र प्रभावकारिता देखेर नै बैकल्पिक आयोजनासंग विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहकार्य गरेको उहाँले बताउनुभयो । उपभोक्ता समितिलाई खानेपानी संस्थाबाट समेत नगद र जिन्सी गरेर ६७ लाख रुपैयाँ सहयोग गरेको उहाँले जानकारी दिनुभयो । 
बरु एउटालाई खुईल्याएर अर्को हिरो हुने चक्कर चलेको उहाँले दावी गर्नुभएको छ  । यसमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलाई मुछ्नु पर्ने ठाउँ र कारण नै नभएको संस्थाका सचिव रघुनाथ रिमालले बताउनुभयो ।
 

डिप बोरिङ्ग

विदुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष टकलमान श्रेष्ठले यही बैकल्पिक योजनाबाट १२ सय भन्दा बढि नागरिकहरुले दैनिक पानी खाइरहेको बताउनुभएको छ । यस अघि वितरण हुने पानी त्रिशुली नदीको स्वच्छ नभएका कारण खान बाहेक अन्य कुरामा मात्रै प्रयोग हुने गरेकोमा अहिले यो पानी नागरिकहरुले पिउन र खानेकुरामा प्रयोग गरिरहेको उहाँले सुनाउनुभयो । डिपबोरिङ्गमा राख्ने पाइपका लागि दुई ठाउँमा खाल्डो खन्ने मेसिनको ज्याला तिरेको रकममै आयोजना सकिन्छ भनेर भनिनु अपत्यारिलो र खण्डनयोग्य रहेको बताउनुभयो । 
उहाँका अनुसार महालेखा परीक्षकको प्रतिवेदनमा विदुर नगरपाकिलाको यो योजनाको विषयमा यही नै उल्लेख छ । निर्माण व्यवसायी लगाएर गर्नुपर्ने काम उपभोक्ता समितिबाट गरियो र उपभोक्ता समितिले फेरि निर्माण व्यवसायीलाई मसिन प्रयोग गर्ने जत्ति काम दियो । यसैलाई नीतिगत रुपमा उल्लेख गरिएको विषय आर्थिक अनियमितता र लाखौं रकम मेयर आफैले खाए भनेर हल्ला गर्नुएको कुनै आधार र तुक नभएको प्रवक्ता श्रेष्ठले प्रष्ट पारेका छन् । 
पत्रकार सम्मेलनमा बोल्दै बैकल्पिक खानेपानी तथा डिप बोरिङ्ग निमार्ण समितिका अध्यक्ष सञ्जिव श्रेष्ठले आयोजनाका लागि भएका खर्चको सबै आर्थिक विवरण सुरक्षित राखिएकोले दुविधा उत्पन्ने हुने नागरिकहरुले हेर्न सक्ने र जुनसुैक समयमा पनि सम्पर्क गर्दा हुने बताउनुभएको छ । 
विदुर नगरपालिकाले पनि दुई दिन अघि यस योजनामा भएको खर्चको विवरण, सम्झौता, स्टमेट लगायतका सम्पूर्ण कागजात सार्वजनिक गरिसकेको छ ।