घ्याङ्फेदी बिरुद्ध बिपत्ती, भगवान भरोसामा नागरिकहरु

जगदीश खनाल
जगदीश खनाल

२०७७ भाद्र २६, शुक्रबार

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ

पहिरो प्रभावितलाई टेन्ट बितरण गर्दै संघिय साँसद हितबहादुर तामाङ सहित अन्य नेताहरु

लगातार पानी पर्ने र बस्ती माथिबाट बग्न थालेको पहिरो नरोकिएपछि घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँबाट स्थानीयहरु लाखापाखा लागेको शुक्रबार चार रात पाँच दिन पुग्यो । 
१ सय ३४ परिवार आफ्नो घर छाडेर गत २३ गते नै हिडेका थिए । उहाँहरु कोही छिमेकी गाउमा आश्रम लिएर बसेका छन् भने डेढ सय भन्दा बढि मानिसहरुले ओढारमा रात काट्न समेत बाध्य भएका थिए । 
बर्षैपिछे केहि न केहि विपत्तिहरुको सामना भोगिरहेको घ्याङ्फेदीका नागरिकहरुको लागी सुरक्षाका लागी संघिय साँसद हितबहादुर तामाङ, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ अग्रपंगिता रहदै आउनुभएको छ । 
२०७२ को बिनाशकारी भुकम्प, गत बर्षको २८ जनाको ज्यान जानेगरी भएको आईचर दुर्घटना, अघिल्लो बर्ष बस्तीको दुई छेउबाट पहिरो गएपछि थुनिएको बस्तीको नागरिकहरुको उद्धारलगायतकाको अन्य बिपत्तीहरुमा उहाँहरु स्थलगत रुपमै खटिनुभएको छ । 
यसबर्षको बर्षातको समयमा पनि प्राकृतिक बिपत्तीले घ्याङ्फेदीलाई फेरी पनि छोडेन । सिसिपु र स्योलालो गाउँबाट १ सय ३४ परिवार विस्थापित नै हुनेगरी पहिरोको चपेटामा परे भने घ्याङ्फेदीको तल्लो भागको नेगी बस्तीको स्थानियहरुलाई त्रसित बनाउँदै भिमकाय ढुङ्गाले आफ्नो स्थान छोडेको छ । यस्ता बिपत्तीहरुको सामना गरिरहेका नागरिकहरुका लागी शुक्रबार अस्थायी बासको लागी टेन्ट उपलब्ध भएको छ । 

पहिरो प्रभावितलाई उपलब्ध टेन्टहरु

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ


पहिरोबाट प्रभाबित भएका १ सय ३४ घरधुरीलाई संघिय साँसद हितबहादुर तामाङको पहलमा टेण्टलगायतका सुरक्षित आवासको सामाग्रीहरु उपलब्ध गराईएको छ । नुवाकोटको दुर्गम भेगमा रहेको दुप्चेश्वर गाँउपालिकाको माथिल्लो क्षेत्रमा रहेका नागरिकहरुलाई गाँउपालिककै अन्य स्थानमा सुरक्षित स्थानमा स्थानान्तरणको लागी राज्यको अन्य निकायसँग पहल भैरहेको संघिय संसद तामाङले बताउनुभएको छ । 
साथै साँसद तामाङले २०७२ को बिनासकारी भुकम्प लगत्तै भएको भुर्गभबिद्हरुको अध्ययनले तत्कालै बस्ती सार्नुपर्ने अध्ययन प्रतिबेदन दिएकामा समयमै कार्यान्वयन नँहुदा स्थानीय नागरिकहरुले ठुलो समस्या भोग्नु परेको समेत बताउनुभएको छ । 
उहाँले केहि दिनमै अत्याधुनिक उपकरण सहितको भुगर्वविदहरुको टोलीबाट जमिनको पुःन सर्बेक्षण गरेर सुरक्षित स्थानमा स्थान्तरणको लागी पहल भैरहेको बताउनुभएको छ । 

शुक्रबारनै बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले पहिरोबाट प्रभावित भएका नागरिकहरुको समस्या बुझ्नको लागी घ्याङ्फेदी पुग्नुभएको छ । नागरिकहरुको तत्कालको समस्या समाधानको लागी टेन्ट बितरण गर्दै मन्त्री दुलालले बस्ती स्थानान्तरणको लागी छिट्टै निर्णय गर्ने आश्वासन दिनुभएको छ । 
तत्कालै अस्थाई बस्तीको ब्यबस्थापनको लागी टेण्ट र त्रिपाल लिएर घ्याङ्फेदी पुग्नु भएका सामाजिक बिकास मन्त्रि दुलालले बिस्थापित भएका नागरिकहरुलाई जनता आबास कार्यक्रम अन्तर्गत सम्बोधन गर्ने बताउनुभएको छ ।  बर्षातको पानि कम भएसँगै बाग्मती प्रदेशले भुगर्भबिद्हरुको टोली पठाएर बस्तिको बिषयमा बिस्तृत अध्ययन गरी आबाश्यक निर्णय लिने उहाँले बताउनुभएको छ । 

पहिरो प्रभावितसंग सामाजिक बिकासमन्त्री भलाकुसारी गर्दै

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ

अस्थाई बासस्थान निर्माणको लागी आबाश्यक सामाग्री बितरणको लागी घ्याङ्फेदी पुग्नु भएका बाग्मती प्रदेश सभाका उपसभामुख राधीका तामाङले लगातार बर्सातले नागरिकहरुमा त्रास फैलाएर बस्नुपर्ने बानध्यता हटाउन प्रदेश सरकार अग्रसर रहेको बताउनुभएको छ । 
तिनै तहको सरकारसँग समन्वय गर्दै नागरिकहरुलाई सुरक्षित बनाउने तर्फ प्रदेश सरकार सचेत रहेको उहाँको भनाई रहेको छ । नुवाकोटको कर्णाली भनेर चिनिने घ्याङ्फेदीमा हरेक बर्ष केहि न केहि विपत्तीहरु परिरहेकाले नागरिकहरुलाई सचेत रहन आग्रह गदै उपसभामुख तामाङले नागरिकहरुको दुःखमा आफु सदैव अग्रभागमा रहेर समस्या समाधानमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले घ्याङ्फेदीका पहिरो प्रभावित नागरिक र नेगीको ढुङ्गा हटाउनको लागी बिशेष पहल भैरहेको बताउनुभएको छ । 

पहिरो प्रभावितसंग सामाजिक बिकासमन्त्री र उपसभामुख राधिका तामाङको भलाकुसारी

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ


दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिङ तामाङले पहिरो र अन्य कारणबाट प्रभाबित भएका नागरिकहरुलाई  सुरक्षित स्थानमा राख्ने काममा गाँउपालिका लागीरहेको बताउनुभएको छ । गाँउपालिका भित्र रहेका सबै बस्तिहरुको जोखिम मुल्याङकनका लागी गाँउपालिकाले भुगर्भबिदहरुलाई ल्याउने र त्यस पछीको प्रकृया अगाडी बढाउने उहाँले बताउनुभएको छ । 
साथै, नेगीको ढुङगा ब्यबस्थापनको लागी जिल्ला बिपद् ब्क्यबस्थापन समिति मार्फत प्रक्रिया  भैरहेको उहाँले बताउनुभएको छ । 
पहिरोबाट प्रभाबित भएका स्थानिय राजु तामाङले भुकम्प लगत्तै भएको अध्ययनको बारेमा नागरिकहरुलाई जानकारी नगराउनु र बस्ती स्थानान्तरण गर्नुपर्ने उल्लेख गरेपनी कार्यान्वयनमा नआउनाले समस्या भएको गुनासो गनु्ृभएको छ । 

पहिरो प्रभावितहरु टेन्ट बोकेर सुरक्षित स्थानतर्फ जादै

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ

पटक पटक भएको अध्ययनले बस्ति जोखिममा रहेको जनाएपनी बस्ति स्थानान्तरणमा ढिलाई हुँदा पहिरोबाट क्षती बेहोर्न बाध्य भएको उहाँले दुखेसो पोख्नुभएको छ । साथै राज्यले जतिसक्दो छिट्टै घ्याङ्फेदीका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागी पहल नगरे ठुलो जनधनको क्षति हुने आँकलन समेत गरिएको छ । 
लगातार ४ दिन परेको अबिरल बर्सातका कारण  दुप्चेश्वरमा १ सय ३४ घर जोखिममा रहेका छन्. । अहिले उनिहरु सबैलाई सुरक्षित स्थानमा अस्थाई रुपमा राखिएको छ । १ सय ३४ घरमा ४ सय ८८ जना परिवार संख्या रहेका छन् ।

टेन्टको घर निरिक्षण गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ

जन्मघर पहिरोको चपेटामा परेपछि टेन्टको नयाँ घर नियाल्दै दुई दिदि र एक भाई 

घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ घ्याङ्फेदीको सिसिपु र स्योलालो गाउँ