मन्त्री दुलालबाट नुवाकोटको अस्पतालको निरिक्षण, स्वास्थ्य क्षेत्र बागमती प्रदेश सरकारको पहिलो प्राथमिकतामा 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २७, शनिबार

नुवाकोटको अस्पतालको निरिक्षण

बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले नुवाकोटको त्रिशुली अस्पताल, खरानिटार अस्पताल र समुन्द्रटार स्वास्थ्य चौकीको निरिक्षण गर्नु भएको छ । 
अस्पतालको निरिक्षण गर्दै उहाँले सेवा प्रबाहमा चुस्तता ल्याउन आवश्यक सहयोग प्रदेश सरकारले गर्ने बताउनुभएको छ । 
त्रिशुली अस्पताललाई यसै आर्थिक बर्षबाट १ सय शैयाको जनरल अस्पतालको रुपमा बिस्तर कार्य सुरु हुने बताउनुभएको छ । त्रिशुली अस्पतालले नुवाकोट, रसुवा, धादिङ, महेन्द्र राजमार्ग र गल्छि त्रिशुली मार्गमा हुने संभाबित दुर्घटना जोखिम न्युनिकरणका लागी समेत सहयोग पुग्ने भन्दै जनरल अस्पतालको रुपमा प्रदेश सरकारले बिकास गर्न सुरु गरेको उहाँले बताउनु भएको छ ।


यस्तै मन्त्री दुलालले तादी गाँउपालिकामा रहेको खरानीटार अस्पतालको निरिक्षण गर्दै अस्पतालको भवनमा केहि समसया देखिएकाले भवनको सुरक्षाको लागी गाँउपालिकाले बिषेश कदम चाल्नको लागी निर्देशन दिनुभएको छ । साथै अस्पतालको विकासको लागी तादी गाँउपालिका र अस्पताल टिम संग छलफल गरी थप सुदृढ बनाउनको लागी निर्देशन दिनुभएको छ । 
नुवाकोटको पुर्वी भेगमा रहेको नागरिकहरुको सेवाको लागी खरानीटार अस्पताल उपयुक्त स्थानमा रहेकाले आवश्यक सहयोगको लागी प्रदेश सरकार सकारात्मक रहेको उहाँले बताउनुभएको छ ।  
बाग्मती प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको बताउदै नुवाकोटको दुबै अस्पतालले आबाश्यकता महसुस गरेका सबै बिषयलाई प्रदेश सरकार।ले सम्बोधन गर्ने उहाँले बताउनु भएको छ । अस्पतालको लागी आबाश्यक पर्ने औजार उपकरणहरु यसै आर्थिक बर्षमा खरिद गरी ब्यबस्थापन गर्न प्रदेश सरकारले ठुलो बजेट बिनियोजन गरेको बताउनु भएको छ । 
बाग्मती प्रदेश अन्तर्गत रहेको त्रिशुली अस्पतालमा यसै आर्थिक बर्षमा लोकसेवा आयोग मार्फत आबाश्यक जनशक्तिको ब्ष्यबस्थापन हुने उहाँले जानकारी दिनु भएको छ ।  साथै, खरानिटार अस्पतालमा आबाश्यक सहयोग बागमती सरकारले गर्ने र स्थानिय तहले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको उहाँले बताउनु भएको छ । नुवाकोट जिल्लामा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको लागी आईसियु र भेन्टिलेटर सहितको व्यवस्थालाई थप सुदृढ बनाउने निष्कर्षमा प्रदेश सरकार रहेको उहाँले बताउनुभएको छ । 
 

नुवाकोटको अस्पतालको निरिक्षण


नुवाकोटको पुर्वी भेगमा रहेको नागरिकहरुको सेवाको लागी खरानीटार अस्पताल उपयुक्त स्थानमा रहेकाले आवश्यक सहयोगको लागी प्रदेश सरकार सकारात्मक रहेको उहाँले बताउनुभएको छ ।  
बाग्मती प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहेको बताउदै नुवाकोटको दुबै अस्पतालले आबाश्यकता महसुस गरेका सबै बिषयलाई प्रदेश सरकार।ले सम्बोधन गर्ने उहाँले बताउनु भएको छ । अस्पतालको लागी आबाश्यक पर्ने औजार उपकरणहरु यसै आर्थिक बर्षमा खरिद गरी ब्यबस्थापन गर्न प्रदेश सरकारले ठुलो बजेट बिनियोजन गरेको बताउनु भएको छ । 
बाग्मती प्रदेश अन्तर्गत रहेको त्रिशुली अस्पतालमा यसै आर्थिक बर्षमा लोकसेवा आयोग मार्फत आबाश्यक जनशक्तिको ब्ष्यबस्थापन हुने उहाँले जानकारी दिनु भएको छ ।  

नुवाकोटको अस्पतालको निरिक्षण

साथै, खरानिटार अस्पतालमा आबाश्यक सहयोग बागमती सरकारले गर्ने र स्थानिय तहले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको उहाँले बताउनु भएको छ । नुवाकोट जिल्लामा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको लागी आईसियु र भेन्टिलेटर सहितको व्यवस्थालाई थप सुदृढ बनाउने निष्कर्षमा प्रदेश सरकार रहेको उहाँले बताउनुभएको छ ।