कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी आवश्यक बजेट लेखी पठाउनु : मन्त्री दुलाल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २७, शनिबार

उपसभामुख राधिका तामाङ

नुवाकोटमा कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागी बागमती प्रदेश सरकारले आवाश्यक पुर्बाधार बिकास गर्ने भएको छ । 
हाल बाग्मती प्रदेश सरकारकै सहयोगमा आईसियु कक्ष निर्माण भैरहेको र आवश्यक जनशक्ति ब्यबस्थापनमा समेत बाग्मती प्रदेशले बजेट ब्यबस्थापन गरेको छ । त्रिशुली अस्पतालको निरिक्षण गर्दै बागमती प्रदेशका सामाजिक बिकास मन्त्र युवराज दुलाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी आवश्यक पर्ने बिषयहरु मन्त्रालयमा लेखी पठाउन निर्देशन दिनुभएको छ ।  
अनुगमनका क्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले अनावश्यक अफवाहका कारण कोरोना भाईरसबाट नागरिकहरु शसङिकत भएको बताउनुभएको छ । उपसभामुख तामाङले सामान्य साबधानी अपनाउदा संक्रमणबाट बच्न सकिने भन्दै सबै नागरिकहरुलाई स्वास्थ्यको प्रोटोकललाई अक्षरंस पालना गर्नको लागी आग्रह गर्नुभएको छ ।  पछिल्लो समय नुवाकोटका स्थानिय तह र स्वास्थ्यर्मिहरुले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागी गरेका कार्य उत्साहजनक रहेको बताउदै संक्रमणकालीन अबस्थामा अन्य क्षेत्रमा परेको प्रभाब समेत मुल्याङकन गर्नको लागी उपसभामुख तामाङले आग्रह गर्नुभएको छ ।   

उपसभामुख राधिका तामाङ


कार्यक्रममा कोरोना नियन्त्रण तथा रोकथामको लागी आबाश्यक पर्ने बजेट बाग्मती प्रदेशले उपलब्ध गराउने जनाएको छ । 
कार्यक्रमसहित माग भएमा जतिपनी बजेट प्रदेशले पठाउने जनाएको छ । स्थानिय तह, त्रिशुली अस्पताल, संकट ब्यबस्थापन केन्द्र लगायत सबै निकायले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागी कार्यक्रम र बजेट सहित माग गर्नको लागी बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रि युवराज दुलालले आग्रह गर्नु भयो । बजेट माग नभएमा प्रदेश सरकारले आफैले बुजेर भने बजेट नपठाउने स्पष्ट पार्नुभउको छ ।