नुवाकोटमा एकैदिन ७ जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना निको भएर घर फर्किए 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २९, सोमबार

कोरोना संक्रमण

नुवाकोटमा शनिबार र  आईतबार मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा थप ९ जना संक्रमित थपिएको जनाएको हो । यससँगै नुवाकोटमा संक्रमितको संख्या १ सय १६ पुगेको छ । संक्रमण पुष्टि भएकाहरुमा ८ जना पुरुष रहेका छन् । भने एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  विदुर नगरपालिकाको वडा नम्बर १३ का २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै त्यस क्षेत्रमा निशेषज्ञा जारी गरिएको छ । 
नुवाकोटमा हालसम्म कोरोना संक्रमित भएका मध्ये ८५ जनामा संक्रमण निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार १ सय १६ जना संक्रमित मध्ये ८५ जनामा संक्रमण निको भएको जनाएको छ । संक्रमण निको हुनेमा १९ जना महिला र ६६ जना पुरुष रहेका छन् । ४ हजार ४० जनाको स्वाब परिक्षण गर्दा १ सय १६ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।   

कोरोना संक्रमण


सुरुवाती चरणमा कोरोना संक्रमित मुलुकबाट आएका नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको थियो । संक्रमणले भयाबह रुप लिएसँगै नुवाकोटमा जिल्ला संकट ब्यबस्थापन केन्द्रले सुरक्षा सतर्कतालाई मजबुत बनाउन थालेको छ । थपिएका संक्रमितहरु केहि काठमाडौमा रहेका छन् । जिल्ला भित्रै रहेकाहरुको टे«सिङगरि अस्पतालको आईसोलेसनमा राखिएको छ । 
थपिएका ९ जना बाहेक अहिले पनी नुवाकोटका २१ जना संक्रमितहरु आईसोलेसनमा रहेका छन् । अझै पनी नुवाकोटको १ सय ९६ जनाको स्वाब परिक्षण नतिजा आउन बाँकि रहेको छ । नुवाकोटबाट संकलन भएको स्वाब परिक्षण गर्दा फेला परेका संक्रमित मध्ये १८ जनाको काठमाण्ढौबो बिभिन्न् अस्पतालमा उपचार भएको थियो । यस्तै, भरतपुर चितवनबाट समेत एकना संक्रमित ब्यक्ति नुवाकोट सम्म सम्म भागेर साईकल चढेर आईपुगेका । उनलाई त्रिशुली अस्पतालको आईसोलेसनमा राखेर उपचार गरिएको थियो ।
नुवाकोट प्रबेस गर्ने प्रत्येक नागरिकहरुलाई च्वाडि पब्लिक माध्यामिक बिद्यालयको क्वारेनटाईनमा राखिदै आएको छ । स्थानिय तहको सिफरिस र जिल्ला प्रशासन कार्यालयको पास नभएका प्रत्यक ब्यक्तिहरुलाई क्वारेनटार्यनमा राखेर स्वाब परिक्षण गरे पस्चात मात्रै घर पठाउने गरेको छ ।   
कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै सबै स्थानिय तहले अहिले १० बेडको आईसोलेसन अनिबार्य तयार पारेका छन् । भौतिक संरचना र आबाश्यक उपकरण भएका स्थानिय तहले आबाश्यक्ता अनुसार आईसोलेसन तथयार बनाएको जिल्ला संकट ब्यबस्थापन केन्द्रले जनाएको छ । 
नुवाकोटको त्रिशुली अस्पताल, म्यागङको देउराली प्राथमिक स्वास्थ्य केन्द्र, खरानिटार अस्पताल, ककनी प्राथमिक स्वास्थ्य केन्द्र लगायतमा आईसोलेसन रहेका छन् । यस्तै, बिभिन्न स्वास्थ्य संस्थाहरुलाई आबाश्यक रुपमा आईसोलेसन बनाउन स्थानिय तहले थालेका छन् । जिल्ला संकट ब्यबस्थापन केन्द्रको निर्णय अनुसार नुवाकोटका सबै स्थानिय तहले १० बेडको आईसोलेसन तयार बनाएको हो । 
यस्तै, बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेको च्वाडि पब्लिक माध्यामिक बिद्यालयलाई जिल्ला स्तरिय क्वारेनटाईनको रुपमा बिकसित गरेको छ । दुप्चेश्वर गाँउपालिका समुन्द्रटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई गाँउपालिकाले होल्डिङ् सेन्टरको रुपमा निर्माण गरेको छ । 
नुवाकोटका सबै स्थानिय तहले कोरोना संक्रमण न्युनिकरण तथा रोकथामको लागी उल्लेखनिय काम गर्दै आएको जिल्ला संकट ब्यबस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिाकरी झंकनाथ ढकालले बताउनुभएको छ ।
यता, पञ्चकन्या गाँउपालिकाले बाहिरि जिल्लाबाट पालिका प्रबेस गर्दा अनिवार्य पिसिआर रिपोर्ट देखाउनुु पर्ने जनाएको छ । गाँउपालिका भन्दा बाहिरबाट आएका तथा काठमाण्डौबाट पालिका भित्रिने प्रत्येक नागरिकहरुले कोरोना संक्रमण मुक्त रहेको पिपिसआर परिक्षण रिपोर्ट देखाउनु पर्ने कार्यपालिकाले निर्णय गरी कार्यान्वयन गरेको गाँउपालिकाका अध्यक्ष तेज बहादुर तामाङ रमेशले बताउनुभएको छ । 
नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर ७ शिबपुरी गाँउपालिकाको केहि क्षेत्र र जिल्ला प्रबेस नाकाहरुमा अहिले पनी निषेधाज्ञा जारी गरेको छ । जिल्ला भित्रिने शिबपुरी गाँउपालिकाको गुर्जेभञ्ज्याङ, ककनी गाँउपालिकाको ओखरपौवा र बेल्कोटगढी नगरपालिकाको कोल्पुटार क्षेत्रमा पुर्ण रुपमा निषेधाज्ञा लगाईएको छ ।
जिल्ला भित्रका १२ वटै स्थानिय तहका सिमित क्षेत्रबाहेक अन्य स्थानमा सबै खुल्ला रहेका छन् । बिद्यालय, धार्मिक स्थलहरु, सभा सम्मेलन र सार्बजानिक यातायातका साधन बाहेक अन्य क्षेत्रमा सिमित मापदण्ड बनाएर खुल्ला गरेको छ ।