दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २९, सोमबार

दुर्लभ वन्यजन्तु कछुवा

प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा सहित ५ जना रहेका छन् । 
विशेष सूचनाको आधारमा काठमाडौँ महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
गएराती चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौँ ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।