घ्याङ्फेदी पहिरोको उच्च जोखिमको सिसिपु बस्ती स्थानान्तरण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २९, सोमबार

सिसिपु बस्ती स्थानान्तरण 

बाध्यता : पहिरोका कारण जन्मघर छोडेका दिदिबहिनी टेण्टको घर नियाल्दै

दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ सिसिपुमा आएको पहिरोका कारण जोखिममा परेको बस्ती स्थानान्तरण गरिएको छ । 
जिल्ला विपद व्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी पहिरोबाट संभावित जनधनको क्षति न्यूनिकरणका लागि पहिरोबाट प्रभावित  परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न १ सय १४ थान टेण्ट व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ । 
पहिरोको जोखिममा परेका १ सय ३४ घरपरिवार मध्ये १० घरपरिवारलाई यर्पापानी, ९ घर परिवारलाई यूल्टुम, ६ घरपिरवारलाई पोलोखर्क र बांकी घर परिवारलाई वोल्छोडाँडा, पाङडाँडा र घ्याङडांडामा स्थानान्तरण गरिएको गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । 

सिसिपु बस्ती स्थानान्तरण 


२०७२ सालको विनाशकारी भूकम्पपछि खानी तथा भूगर्भ विभागले उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको रिर्पोट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेश गरेको थियो । पहिरोको उच्च जोखिममा रहेको भन्ने उल्लेख हुँदा समेत उक्त स्थानका घर परिवार जोखिम बस्तीमा बस्दै आएका थिए । 
तर, पहिरोको जोखिममा रहेका नागरिकहरुले भने आफ्नो बस्ती पहिरोको जोखिममा रहेको भन्ने जानकारी नदिएको गुनासो गरेका छन् । पहिरो पिडित स्थानिय राजु तामाङका अनुशार भूगर्भ विभागले के कस्तो रिर्पोट तयार गरेर बुझायो हामीलाई पत्तै भएन । बस्ती असुरक्षित छ भन्ने जानकारी पनि नगराएको उहाँको आरोप रहेको छ । 
 

सिसिपु बस्ती स्थानान्तरण 


उक्त स्थानमा राहत वितरणमा एकद्धार नीति अनुरुप सम्बद्ध निकायहरुसंगको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिबाट प्रभावित परिवारलाई खाद्यान्न वितरण गर्ने तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ । 

सिसिपु बस्ती स्थानान्तरण