गरे के हुन्न ? : पाखा बारिमा ९ सय कालिजका चल्लाहरु हुर्कदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र २९, सोमबार

किस्पाङ गाँउपालिका

नुवाकोटको किस्पाङ गाँउपालिकाका एक युवाले कालिज पालन सुरु गरेका छन् । 
गाउपालिकालाई पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले ५ महिना अगाडि देखि भाल्चेका युवा सुकबहादुर घलेले  किस्पाङ वाइल्ड लाइफ एन्ड एग्रो प्रालि नामक कृषि फर्म दर्ता गरी  कालिज पालन ब्यबसाय  सुरु गरेका छन् । 
उहाँको यो ब्यबसाय १५ रोपनी जग्गामा फैलिएको छ भने ९ सय कालिजका चल्लाहरु हुर्कदै छन । प्रती चल्ला १ हजार ४ सयका दरले खरिद गरी ब्यबसाय सुरु गर्नुभएका उहाँले आबस्यक पर्ने दाना भने बुटवल बाट ल्याउने गरेको बताउनुभएको छ । 
स्थानिय ५ जना युवाहरुको साँझेदारीमा सञ्चालित कालिज पालन ब्यबसायबाट पहिलो बर्षमानै लगानी उठ्ने उहाँले बताउनुभएको छ । 

 

किस्पाङ गाँउपालिका

लाखौ रुपैयाँ खर्चिएर विदेशी भुमिमा पसिना बगाउने युवाहरुको लागी आफ्नै गाँउमा बसेर कृषि पेशामा फड्को मार्न सकिने गतिलो उदाहरण समेत भाल्चेका सुकबहादुर घलेको समुहले दिएको छ । 
कोरोना भाईरसका कारण गरिएको लकडाउन हटेपछी आफै ह्याचिङ मेसिन जडान गरी आफै चल्ला उत्पादन गर्ने  उहाँको योजना रहेको छ । उहाँले सुरु गरेको कालिज ब्यबसाय निकै नै ठुलो सम्भावना बोकेको ब्यबसाय रुपमा रहेको भन्दै स्थानीयहरुले प्रोत्साहित गर्ने गरेका छन् । 
लकडाउन हटेपछी चल्ला उत्पादन गर्ने र नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाहरुमा चल्ला बिक्रि गर्ने योजना रहेको उहाँले बताउनुभएको छ । 

किस्पाङ गाँउपालिका