विकास बिरोधी तत्वहरु काम रोक्न खोज्दैछन : मेयर पण्डित, जनप्रतिनिधिलाई जनताको काम गर्नबाट नरोकौ : साँसद खतिवडा 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ भाद्र ३१, बुधबार

सञ्जु पण्डित

बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नै पार्टि भित्रका नेताहरु आफुलाई सिध्याउन हात धोएर लागेको बताउनुभएको छ । 
आसन्न स्थानिय निर्बाचनमा बिदुर नगरपालिकाको प्रमुखको टिकट हत्याउने भन्दै प्रमाणित नहुने बिषयमा मानमर्दन हुनेगरी बोल्न थालेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको हो । तत्कालिन नेकपा माओबादीका केन्द्रिय उपाध्यक्ष स्वर्गिय पोष्ट बहादुर बोगटीको  स्मृति दिबसको सन्दर्भमा आयोजित कार्यक्रममा उहाँले आफुलाई नेकपाकै नेताहरुले काम गर्न नदिने गरि षडयन्त्र गरीरहेको बताउनु भयो ।

त्यहि कार्यक्रममा पोष्ट बहादुर बोगटीको योगदान स्मरण गर्न र सहभागीहरुलाई स्वागत गर्नका लागी मन्तब्य राख्न बोलाईएका नेताहरुले नै फरक फरक प्रसङ्गमा अभिब्यक्ति जाहेर गर्ने र जनप्रतिनिधिहरु माथि छेडछाड गर्न थालेपछी उहाँले आफ्नो बोल्ने पालोमा जबाफ फर्कानु भएको हो । 
जनमुखि काममा अहोरात्र आफुहरु खटिरहदा सहयात्रि नेताहरुले नै उछित्तो काटेको र पदिय मर्यादा समेत ख्याल नगरी जथाभाबि अभिब्यक्ति सार्बजानिक गर्न थालेको प्रती प्रमुख सञ्जु पण्डितले दुख ब्यक्त गर्नुभयो । विपक्षि दलले सहयोग र सराहाना गरिरहेको बिषय र काममा नेकपामा गुटगत राजनिती गर्नेहरुले असहयोग गरेको उहाँको भनाई छ । 
कुनै समयमा पार्टीमा आबद्ध भएको बाहानामा पैसा र मिडियाको फुर्ति लगाउँदै अब हुनेवाला मेयर मै हुँ भन्दै केहि मानिसहरु आफुलाई मान मर्दन गरी खुईल्याउन लागेको प्रमुख पण्डितले बताउनुभएको छ । 
जनताको पक्षमा काम गर्दै आउदा जनबिरोधी केहि तत्वहरुले जनताको काम गर्नबाट रोक्ने र अहिलेको अबस्थामा जनताको स्वास्थ्यमाथी खेलवाड गर्ने तत्वहरु सक्रिय हुँदै आफ्नो बदनाम गर्दै हिडेको आरोप उहाँको रहेको छ । 
नगर परिषदले आफनो लागी सवारी खरिदमा छुट्याएको पैसा रकमान्तर गरी नगरवासीको खानेपानीको समस्या समाधान गरेकोमा केहि विकास बिरोधी तत्वहरुले अफवाह फैलाएर मानमर्दन गरेकोप्रति उहाको असन्तुष्टी रहेको छ । 
त्यसलगत्तै, कोरोना परिक्षणको लागी साँसद नारायणप्रसाद खतिवडाको पहलमा विदुर नगरपालिकाले पछि सोधभर्ना गर्नेगरी पिसिआर मेसिन खरिद गर्ने पक्रिया अन्तिम चरणमा पुगेपछि जनपक्षिय कामको बिरोध गर्दै केहि जनबिरोधी तत्वहरु आफ्नो पछाडी लागेर मानमर्दन गरेको प्रति प्रमुख पण्डितले आपत्ती जनाउनुभएको छ । 
कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले काम गर्न चाहने जनप्रतिनिधिलाई हतोत्साहि गर्नेगरी पार्टी भित्रै भैरहेको खेलको बिरोध गर्नुभएको छ । अनियमितता भएको प्रमाणित गर्नसक्ने र लगाईएको आरोप पं्रमाणित गर्न सक्ने भए पार्टी भित्र बसेर बहस गर्न पनी उहाँले चुनौती दिनुभएको छ । जनपक्षिय काममा समर्पित जनप्रतिनिधिहरुलाई सामाजिक रुपमा कमजोर बनाउनको लागी भैरहेको चलखेल नेकपालाई स्विकर्य नहुने उहाँको भनाई छ । 
बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकामा नेकपाको प्रष्ट बहुमत रहेकाले नेकपाकै नेताहरुले भनेजस्तो अनियमितता भए उपप्रमुखको नेतृत्वमा बाँकि कार्यकाल सम्पन्न गर्न पनी चुनौति दिनु भएको छ । कहिकतै कमिकमजोरी गरेको प्रमाणित भए आफु जिम्मेवारीबाट पन्छिन समेत तयार रहेको उहाँले बताउनु भयो ।

तर, जनताको कामगर्दै गर्दा मनोबल गिराउने गरी, सामाजिक मर्यादा खस्कने गरी नियोजित रुपमा काठमाण्डौमा बसेका केहि र नगरपालिकामै चुनाब हारेका केहि नेकपाका नेताहरुले सुनियोजित रुपमा गरेको षडयन्त्र सफल नहुने उहाँले बताउनु भयो । 
बिदुर नगरपालिकाले तय गरेको निति तथा कार्यक्रम र सञ्चालीत योजनाहरुमा पछिल्लो समय नेकपाकै नेता कार्यकर्ताहरुले आलोचना गर्दै आईरहेका छन् । नगर प्रमुख सञ्जु पण्डितको बिरुद्धमा नेकपा भित्रै तयार भएको गुटले सतहमा देखिने गरी असहयोग गर्दै आईरहेको छ ।