निजामती कर्मचारीहरुकोे निर्वाचन असोज २४ मा  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन २, शुक्रबार

निजामती कर्मचारी

निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा स्थापना भएको छ । सरकारी वकिलको कार्यालयका प्रमुख गोपालप्रसाद ढकाललाई जिल्ला निर्वाचन अधिकृत तोकिएको छ ।    बिहिवार निर्वाचन अधिकृतको कार्यालय सरकारी वकिलको कार्यालयमा स्थापना भएको छ । असोज ३ गते मतदाता नामावली तयार गरेर केन्द्रमा पठाइने निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १३ गते अन्तिम नामावली प्रकाशन हुने र १४ गते उम्मेदवारी दर्ता हुने छ ।