युवा नेता तथा समाजसेवी श्रेष्ठद्धारा आर्थिक सहयोगका साथै स्वास्थ्य सामग्रीहरु बितरण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन ७, बुधबार

समाजसेवी श्रेष्ठद्धारा आर्थिक सहयोग

युवा क्लवलाई आर्थिक सहयोग गर्दै युवा नेता श्रेष्ठ

नेकपा नुवाकोटका युवा नेता तथा समाजसेवी पुर्णलाल श्रेष्ठले विभिन्न सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । युवा नेता श्रेष्ठले लिखु गाँउपालिकाको वडा नम्बर १ ढिकुरेमा स्थापित सामाजिक कार्यगर्ने राममन्दिर युवा क्लवलाई आर्थिक सहयोग गर्नुभएको छ । समाज विकासका लागी हामी भन्ने नारा सहित स्थापना भएको क्लवलाई नेता श्रेष्ठले आर्थिक सहयोग गर्दै कोभिड १९ बाट सुरक्षित रहनको लागी मास्क बितरण गर्नुभएको छ । 
२०७२ को बिनाशकारी भुकम्प, विभिन्न समयमा भएको प्रकृतिक बिपत्तीलगायत अहिलेको कोभिड १९ को महामारीको समयमा नागरिकहरुको सुरक्षाको लागी नेता श्रेष्ठले बिभिन्न सहयोगहरु गर्दै आउनुभएको छ । 

समाजसेवी श्रेष्ठद्धारा आर्थिक सहयोग


सुर्यगढी गाँउपालिकाको कटुञ्जेमा पुगेर बर्षातको समयमा गएको त्यहाँको पहिरोको निरिक्षण गर्नुभएको छ । साथै उहाँले प्रभावितहरुलाई सहयोगको लागी समबन्धित निकायमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँ सहित नेकपाका अर्का युवा नेता केशर सेञ्चुरीको सहभागिता रहेको थियो । उहाँहरुले अहिलेको कोरोना भाईरसको महामारीको समयमा नुवाकोटको विभिन्न गाँउपालिकामा स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको छ । 
साथै युवा नेता श्रेष्ठले अहिलेको बितत्तीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुको लागी जिल्ला अस्पताल त्रिशुली, जिल्ला प्रहरी कार्यालयलगायत अन्य स्थानहरुमा समेत स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको छ । 
 

समाजसेवी श्रेष्ठद्धारा आर्थिक सहयोग